सगरमाथामा एसइइ परीक्षा दिने विद्यार्थीलाई अभिमुखिकरण
बुधबार, १४ चैत, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीहरूलाई एक दिने अभिमुखिकरण तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ । यस वर्षको एसइइ परीक्षा दिने १ सय २५ जना विद्यार्थीहरुलाई स्कुलले मंगलबार एक कार्यक्रम आयोजना गरी अभिमुखिकरण तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो ।
परीक्षामा दिने विद्यार्थीहरुलाई कसरी परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सकिन्छ त्यस विषयमा शिक्षकहरुले विद्यार्थीहरुलाई जानकारी गराए । परीक्षामा सामेल हुनेदेखि परीक्षाको मर्यादा कायम गर्ने, परीक्षामा दिएको प्रश्नहरुको हल कसरी गर्ने लगायतको विषयहरुको स्कुलले अभिमुखिकरण गर्नुका साथै शुभकामना दिएको स्कुलका प्रिन्सिपल त्रिलोचन गौतमलले बताए । विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल गौतम, भाइस प्रिन्सिपल रोहिणी रमण दवाडी र शिक्षकहरुले अभिमुखिकरण तथा शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल गौतमलले वर्षभरीमा सिकेको ज्ञान व्यवहारमा उतार्दै उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीहरुलाई शुभकामना दिए ।
विराटनगर, ७ फागुन । सुनसरी इटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार १६स३० बजे सोही स्थानको लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले...
विराटनगर, ८ भदौ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी र सञ्चार क्लव उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई पुरस्कृत गर्ने भएको छ । महासंघका पूर्व अध्यक्ष निष्ठुरीलाई कोषराज रेग्मी...
विराटनगर, २२ भदौ–पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र...
काठमाडौं, १५ वैशाख-९ चैतपछि लकडाउनका कारण कार्यालय जान नपाएका सबै कर्मचारीलाई सरकारले बिदा दिने भएको छ। गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरी लकडाउनका कारण कार्यालय जान नसकेका कर्मचारीको ९ चैतयताको बिदालाई सार्वजनिक बिदामा परिणत गरेको हो...
जनकपुर, १९ जेठ-चट्याङ लागेर धनुषा र महोत्तरीमा २ जनाको मृत्यु भएकाे छ । चट्याङ लागेर धनुषाको मिथिला नगरपालिका-७ऽ केमलीपुरकी ४८ वर्षीया छिनमाया काफ्ले र महाेत्तरीकाे महोत्तरी गाउँपालिका-१ का ४५ वर्षका इन्दल यादवको मृत्यु भएको हाे...
काठमाडौं, २८ कात्तिक-वायु सेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकामा बन्दाबन्दी गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएको छ । विगत छ महिनाको बन्दाबन्दीपछि थोरबहुत जुर्मुराएको अर्थतन्त्रलाई फेरि शिथिल बनाउने अवस्थामा थप...
कोभिड-१९ संक्रमितलाई आवश्यक पर्ने रेम्डेसिभिरलाई कालोबजारी गर्ने एक व्यक्ति काठमाडौंको बसुन्धराबाट पक्राउ परेका छन् । ३० हजार पर्ने ६ थान रेम्डेसिभिर १ लाख २० हजारमा बिक्री गर्न खोज्ने गोरखा आरुघाट-४ भर भई काठमाडौंको टोखा बस्ने २५...
काठमाडौं, १८ कात्तिक-नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । कोरोना संक्रमणबाट नेपालमा थप २० जनाको मृत्यु भएसँग मृतकको संख्या १००४ पुगेको हो । नेपालमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि...