धनुषा र महोत्तरीमा चट्याङ लागेर २ जनाको मृत्यु - News Birat

धनुषा र महोत्तरीमा चट्याङ लागेर २ जनाको मृत्यु

न्यूज विराट

जनकपुर, १९ जेठ-चट्याङ लागेर धनुषा र महोत्तरीमा २ जनाको मृत्यु भएकाे छ । चट्याङ लागेर धनुषाको मिथिला नगरपालिका-७ऽ केमलीपुरकी ४८ वर्षीया छिनमाया काफ्ले र महाेत्तरीकाे महोत्तरी गाउँपालिका-१ का ४५ वर्षका इन्दल यादवको मृत्यु भएको हाे ।

घाँस ल्याउन जंगल गएको बेला परेको चट्याङ लागेर काफ्लेकाे घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए ।

यस्तै, भैँसी चराउन गएको बेला यादवको मृत्यु भएको हाे । बिहानै भैँसी चराउन गाउँनजिकै चौरमा गएको बेला चट्याङ लागेर यादवको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles