भव्य भयो मेरिल्याण्डको वार्षिकोत्सव : शिक्षकलाई ‘रेगुलारिटी’ अवार्ड र विद्यार्थीलाई सम्मान
शुक्रबार, ०९ चैत, २०८०,
न्यूज विराट
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्दै आएको विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजले आफ्नो २१ औँ वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । कलेज परिसरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
सोही अवसरमा कलेजले शिक्षकलाई रेगुलारिटी सम्मान र विद्यार्थीहरूलाई पुरस्कार पनि प्रदान गरेको छ । वर्षभरि आयोजना गरिएका विभिन्न अतिरिक्त क्रियाकलापहरुमा विजयी तथा शैक्षिक उत्कृष्ट कक्षा ११, १२ र विविएस का विद्यार्थीहरुलाई नगद पुरस्कारले सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका प्रमुख जीवन गडतौलाले मेरिल्याण्डले व्यवस्थापन शिक्षामा खेलेको भूमिका पूर्वमा मात्र नभई देश र विदेशमै अतुलनीय योगदान पु¥याएको बताए । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै रोजगारमुखी शिक्षा प्रदान गरेर मेरील्याण्डले दक्ष जनशक्ति उत्पादन गरेर राष्ट्रिय निर्माण ठलो योगदान पु¥याएको बताए । आजको शिक्षा प्रविधियुक्त र रोगजारमुखी शिक्षा हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा कलेजका उपाध्यक्ष प्रा.डा. पि.के. झाले मेरिल्याण्डका विद्यार्थी विश्व स्तरमा बिक्ने खालको दक्ष जनशक्ति उत्पादन गरेको कारणले जुनसुकै ठाउँमा रोजगारी पाउने बताए । कार्र्यक्रममा कलेजका निर्देशकहरू डा. मनोज गुप्ता, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्रदीप भगत र नन्द किशोर अग्रवालले सिप, संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले मेरील्याण्ड विद्यार्थी र अभिभावको रोजाइमा परेको बताए । अभिभावक मनोज यादवले गुणस्तरीय शिक्षा सँगै अतिरिक्त क्रियाकलपाहरु पनि मेरील्याण्ड उत्कृष्ट रहेकोले छोरीलाई कलेजमा पठाएको बताए । ‘मरिल्याण्ड कलेज पढाएको कारण छोरी उत्कृष्ट हुँदै काठमाण्डौंमा अहिले पनि उत्कृष्ट हुँदै आएकी छिन् । छोरी यसरी उत्कृष्ट हुनुमा मेरिल्याण्डलाई श्रेय जान्छ ।’
सोही अवसरमा कलेजले शिक्षकहरुलाई पनि सम्मान गरेको छ । वर्षभरि एकदिन पनि अनुपस्थित नरही अनवरत रुपमा कलेज आउने शिक्षक चिरञ्जीवी कोइराला, सोमनाथ तिम्सिना, महेश कट्वाल, भोजकुमार श्रेष्ठ र विनोद साहलाई नगदसहित सम्मान गरिएको छ । उनीहरुलाई एक महिनाको तलव बराबर रकम प्रदान गरिएको छ ।
कलेजले ‘रेगुलारीटी अवार्ड’ प्रत्येक वर्ष प्रदान गर्दै आएको छ । पुरस्कृत भएका मध्ये एक शिक्षक चिरञ्जीवी कोइरालाले मेरिल्याण्ड कलेजबाट गरिने यस्तै नयाँ –नयाँ प्रोत्साहनहरुले बजारका उत्कृष्ट मानव स्रोतहरु मेरिल्याडमा पढाउन आतुर हुने गरेको बताए । कार्यक्रममा कक्षा – १२ को बोर्ड परीक्षा, कक्षा –११ को हिसान परीक्षा तथा कलेजको आन्तरिक, अतिरिक्त क्रियाकलाप र खेलकुदमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरियो ।
कार्यक्रममा कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले मेरिल्याण्ड कलेज व्यवस्थापन शिक्षामा सधै उत्कृष्ट नतिजा ल्याउने गरेको बताए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा सँगै रोजगारमुखी शिक्षा दिएर कलेज अगाडि बढेको उनले बताए । गुणस्तरीय शिक्षा प्रदानमा कलेजले कुनै पनि कसुर बाँकी नराखेको उनले बताए । आउँदा वर्षहरुमा थप नयाँ कार्यक्रमहरुसँगै समय सापेक्षा शिक्षा प्रदान गरी कलेज अगाडी बढने उनले बताए । मेरिल्याण्डले २०७८ सालमा छात्रा दीया अग्रवालले कक्षा १२ को वोर्ड परीक्षामा उत्कृष्ट ३.९६ जिपिए ल्याई नेपाल प्रथम भएकी थिइन । गत वर्ष पनि मेरिल्याण्डले विराटनगरमै उत्कृष्ट ९५.३७ प्रतिशत रिजल्ट ल्याउन सफल भएको थियो ।
उदयपुर, ५ वैशाख-कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रोक्न ११ चैतदेखि मुलुक लकडाउनमा छ । लकडाउन अझै कति दिनसम्म चल्छ भन्ने टुंगो छैन ।यस्तो अवस्थामा दैनिक औषधि सेवन गरिरहेका बिरामीको समस्या मध्यनजर गर्दै उदयपुरको बेलका नगरपालिकाले...
एजेन्सी, बैशाख १७-बलिउड अभिनेता इरफान खानको निधन भएको छ ।उनको आज बिहान मुम्बईको कोकिलाबेन धिरूभाई अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी २ वर्षदेखि न्युरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । गत वर्ष बेलायतमा उपचार गराएर फर्केपछि...
काठमाडौं,३० वैशाख -सेयरबजार परिसूचक नेप्से खुलेको डेढ घण्टा हुन नपाउँदै २५ अंकले घटेर सर्किट लागेको छ । नेप्से परिसूचक २५.३० अंकले घट्दा १२२६.१५ अंकमा पुगेर कारोबार बन्द भएको हो । मंगलबार ८७ कम्पनीको १ लाख...
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् । उपमेयर इन्दिरा कार्कीमार्फत राजीनामा बुझाएको प्रेस सल्लाहाकार कौशल निरौलाले बताए । काठमाडौंमा रहेका पराजुलीले विराटनगर आएलगत्तै राजीनामा बुझाएका हुन् । राजीनामा पत्रमा पराजुलीले...
विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले ठूलो परिमाणमा गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले रंगेलीले २ सय ३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको हो । रंगेली नगरपालिका २ चेका खोला स्थित गहुँबारीमा...
पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै कोरोना कोषमा २ करोड रकम दिनका लागि हिमानी कोषमा बुझाइसकेको...
स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यान्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयतमा वृद्धि भएको छ । गत साताबाट पुनः सञ्चालनमा आएको सो नाकाबाट आइतबार सबैभन्दा धेरै ४ कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ...
विराटनगर, १८ असोज । प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना संक्रमण भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास...