दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

 न्यूज विराट
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् ।

प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीको नयाँ मदिरा बेचबिखन सम्बन्धी नीतिमा चलखेल गरेकाे आराेप लगाउँदै मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो ।

ईडीको टोली बिहीबार साँझ ७ बजे १० औं ’समन’ र सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो । दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएकाे छ ।

आज मात्र उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेको थियो । उनले अदालतबाट इडीमा सोधपुछका लागि गएमा आफूलाई गिरफ्तार नगर्ने आश्वासन मागेका थिए ।

मदिरा नीति मुद्दामा केजरीवाललाई २७ फेब्रुअरी, २६ फेब्रुअरी, २२ फेब्रुअरी, २ फेब्रुअरी, १७ जनवरी, ३ जनवरी र २०२३ मा २१ डिसेम्बर र २ नोभेम्बरमा समन पठाइएको थियो ।

तर, उनी एकपटक पनि सोधपुछका लागि उपस्थित भएका थिएनन् । केजरीवालको गिरफ्तारी पस्चात दिल्लीकी मन्त्री तथा आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालले दिल्लीको मुख्यमन्त्री पदबाट राजिनामा नदिने बताएकी छिन् । उनले जेलबाटै दिल्लीको सरकार चलाउने उनको भनाई छ ।

ईडीका अधिकारीहरु उनको निवासमा पुगेको थिए । हाल डिल्ली प्रहरीले उनको निवास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

सम्बन्धित समाचार

निगमले किन्ने पेट्रोल र डिजेलको खरिद मूल्य घट्यो

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य सूची घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट नेपाल आयल निगमलाई मूल्य घटाएर पठाइएको हो । शनिबार आएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १५...

मोरङमा खुकुलो बनाउँदै असार १४ गतेसम्म निषेधाज्ञा थप

विराटनगर, ७ असार । मोरङमा जारी निषेधाज्ञा केही खुकुलो पार्दै एक साता लम्ब्याइएको छ । ८ गते राती १ बजेदेखि लागू हुने गरि असार १४ गते राति १ बजेसम्मका लागि थप गरिएको हो । यस...

सत्याग्रही ‘ई:’ भेट्न प्रधानमन्त्री ओली पुगे अस्पताल

काठमाडौं, १८ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले इनफ इज इनफ समूहका सदस्यलाई भेट्न अस्पताल पुगेका छन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले इनफ इज इनफ ग्रुपका अनशनकारी इशान अधिकारी ‘ई:’लगायतका युवाहरूलाई ह्याम्स अस्पतालमा पुगेर भेट...

आफूमाथिको आरोप प्रमाणित गर्न सांसदलाई मन्त्री सुनारको चुनौती

काठमाडौं, २६ जेठ-युवा तथा खेलकूदमन्त्री जगत बहादुर सुनारले एकजना सांसदले आफ्नो प्रतिष्ठामा आँच पुरयाउने अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्तिलाई प्रमाणित गर्न चुनौति दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदले राखेको...

पश्चिम सेती निर्माणका लागि काठमाडौंमा ‘संगीत संघर्ष’

डडेल्धुरा, माघ २८–७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको माग गर्दै अभियान चलाइरहेको बोलन्या थली धनगढीले ‘संगीत संघर्ष’ कार्यक्रम आयोजना गर्ने भएको छ । बोलन्या थलीले बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि दबाब...

शक्ति बाँडफाँटका लागि ओली तयार

काठमाडाैं, १५ वैशाख-प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीको आन्तरिक विवाद मिलाउन शक्ति बाँडफाँटका लागि तयार भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाललाई ओलीले यस्तो सन्देश पठाएका हुन् । अध्यादेश...

पाँच दिन स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन नहुने

काठमाडौं, ६ कात्तिक-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड-१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको छ । बडादसैँका कारण पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन...

जर्ज फ्लोइडको मृत्यु ‘मानव हत्या’ : पोष्टमार्टम रिपोर्ट

एजेन्सी, जेठ २०-अमेरिकामा गत सोमबार मृत्यु भएका जर्ज फ्लोइडको मृत्यु मानव हत्या भएको पोष्टमार्टम रिपोर्ट आएको छ । आधिकारिक पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण ‘होमोसाइड’ अर्थात मानव हत्या भएको उल्लेख गरिएको छ । अमेरिकाको मिनेशोटा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्