सुन्दरहरैचामा हात्तीको आक्रमण, दुई जना घाइते

 न्यूज विराट
सुन्दरहरैचामा हात्तीको आक्रमण, दुई जना घाइते

विराटनगर । मोरङमा जंगली हात्तीको आक्रमणबाट आइतबार साँझ दुईजना घाइते भएका छन् । हात्तीले आक्रमण गर्दा सुन्दरहरैँचा नगरपालिका–६ का ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार घाँस काट्न शिवम् साझेदारी वन गएका बेला जंगलमा जम्काभेट हुँदा श्रेष्ठ र रायलाई साँझ ५ बजेतिर हात्तीले आक्रमण गरेको हो । हात्तीले श्रेष्ठको खुट्टामा कुल्चिएको र रायलाई सुँडले हानेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार जंगली हात्ती १५र२० वटाको संख्यामा देखा परेका थिए ।

त्योमध्ये एउटा हात्तीले आक्रमण गरेको हो । घटनापछि हात्तीको बथान जंगलतर्फ लागेको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र रायको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

भारतबाट आएका आमालाई वडाध्यक्षले नै क्वारेन्टाइनबाट जबर्जस्ती घर लगे

रुपन्देही, २६ वैशाख-रुपन्देहीको समरीमाई गाउँपालिका-१ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन् । समरीमाई-७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा २ दिनदेखि रहेकी ४८ वर्षीया सावित्री यादव ३ दिनअघि भारतबाट लुकिछिपी...

हङकङद्वारा नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध

काठमाडौं, २९ माघ । हङकङले नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । रोयटर्सका अनुसार आगामी मार्च ४ सम्म प्रतिबन्ध लागू हुनेछ । नेपालसहित अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने...

अमेरिकन आइडलमा दिवेश भए दोस्रो

एजेन्सी, जेठ ५-अमेरिकन आइडलमा नेपाली मूलका (आर्थर गन) दिवेश पोख्रेल दोस्रो भएका छन् । आइडलको उपाधि भने जस्ट सामले जितेकी छन् । उनको वास्तविक नाम सामन्था डियाज हो । सोमबार बिहान भएको फिनालेमा उनी अन्तिम...

परिवारको साथमा लगाए प्रधानमन्त्री देउवाले दसैंको टीका

प्रधानमन्त्री शेरबहादुर देउवाले दसैंको टीका लगाएका छन्। शुक्रबार बिहान १०:०२ बजेको शुभ साइतमा प्रधानमन्त्री देउवाले टीका लगाएका हुन् । श्रीमती आरजु राणा देउवा, छोरा जयवीरसिंह देउवाको साथमा प्रधानमन्त्री देउवाले टीका लगाएको तस्वीर सार्वजनिक गरेका छन् । साथमा प्रधानमन्त्रीका...

डेन्टल एसोसिएसन मोरङमा डा. प्रेक्षा दली र महासचिवमा डाक्टर मिरा आचार्य निर्वाचित

विराटनगर, ५ भदौ । डेन्टल चिकित्सकहरूको संस्था नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्षमा डा. प्रेक्षा दली निर्वाचित भएकी छिन् । डा. प्रेक्षा गोलाप्रथाद्वारा निर्वाचित भएकी हुन् । विराटनगरमा शनिबार सम्पन्न भएको निर्वाचनमा डा. प्रेक्षा र उनकी...

प्रदेश सरकारको मध्यावधी पुस्तक सार्बजनिक

विराटनगर, २८ असोज–प्रदेश नं १ सरकारको पाँच वर्षे कायकलको आधा अवधि पुरा गरेको अवसरमा आज मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरिएको छ । प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलव्धिलाई जनता...

प्रदेश १ बाट एकै दिन ७० जनाले जिते कोरोना

विराटनगर , असार ११–प्रदेश १ बाट आज ७० जना संङ्क्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरंगका १२, झापाका २९, सुनसरीका २०,...

विराटनगरमा यसरी मनाइयो गाईजात्रा (तस्बिरहरू)

विराटनगर । झी : पुच विराटनगरले गाईजात्रा पर्व मनाएका छन् । विराटनगरमा मंगलबार सामुहिक गाईजात्रा निकालेको हो । नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ । एक वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्