कटहरी गाउँपालिका अध्यक्ष चौधरीलाई कारवाहीको माग, कारवाही नगरे पार्टीबाट राजिनामा दिने चेतवनी
आइतबार, ०४ चैत, २०८०,
न्यूज विराट
विराटनगर । मोरङ कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पार्टीका नेताहरूलाई बेवास्ता गरेको र उनीहरूको कामलाई असहयोग गरेको भन्दै कारवाहीको माग राखेका छन् ।
गाउँपालिकाभित्र रहेका क्षेत्रीय र प्रदेश प्रतिनिधि, पालिका सभापतिसहित पदाधिकारी, सातवटै वडाका सभापतिसहितको शनिबार बसेको संयुक्त बैठकले यस्तो निर्णाय गरेको हो । अध्यक्ष चौधरीलाई पार्टीले कारवाही नगरे नेपाली कांग्रेसका जिम्मेवार पालिकास्तरका नेताहरूले सामुहिक राजीनामा दिने निर्णय पनि गरेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार भई कटहरीको अध्यक्षमा निर्वाचित भएदेखि चौधरीले पार्टीका नेताहरूलाई बेवास्ता गरेको र उनीहरूको कामलाई असहयोग गरेको अध्यक्ष चौरधीमाथि आरोप लगाएको छ । बैठकले हुलाकी राजमार्गमा संघर्ष समितिसँगको सम्झौता अनुसार काम नभएर दुर्घटना हुने गरेको, पार्टी गाउँपालिका उपसभापति गोकर्ण भट्टराईसँग भ्रमणका लागि भन्दै आर्थिक सहयोग माग गरेको निर्णयमा उल्लेख छ । रकम नदिएकाले कटहरीका कर्मचारी रहेका भट्टराईका भाइको जागिर खाइदिने धम्की दिएको, कटहरी पार्टी सभापति रामकुमार कामतकी छोरीको सरूवा गरेको, वडा पार्टी सभापति संजय मण्डलको कामलाई अवरोध गरेको, पार्टी प्रदेश प्रतिनिधि गणेश मुखियाको ट्याक्टर नियन्त्रणमा लिएर दैनिक ५ हजार रूपैयाँको क्षति गरेको आरोप चौधरीलाई पार्टीले लगाएको छ । हुलाकी सडकमा भएको दुर्घटनाको बिरोधमा रहेका ११ जनालाई मुद्दा चलाएको, अंग्रेजी माध्यमको शिक्षाका लागि नियुक्त शिक्षक हटाएको, प्रमुख प्रशासकीय अधिकृत मनोज साहसँग मिलेर आर्थिक चलखेल गरेको, हुलाकी राजमार्ग र रेलवेमा हटिया लगाएर आफन्त मार्फत अवैध रकम उठाउने गरेकाले चौधरीलाई कारवाही हुनु पर्ने पार्टीले निर्णय गरेको छ । चौधरीले बुहारीलाई कर्मचारीमा नियुक्त गरेको बिरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिने बैठकले निर्णय गरेको छ । बैठकले वार्षिक ४० लाख रूपैयाँमा ठेक्का लाग्ने गरेको हटिया हटाउन चौधरीले नेपाल प्रहरी र सशस्त्र प्रहरी मार्फत दमन गराएको निर्णय गर्दै कारवाहीका लागि माग गरेको नेपाली काँग्रेस कटहरी गाउँपालिका २ का वडा सभापति सन्जय मण्डलले बताए । बैठकमा नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्ति माझी, क्षेत्रीय सभापति विनोद बस्नेत, जिल्ला सदस्य गोपाल साहलगायत सहभागी थिए ।
काठमाडौं, १२ जेठ । नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज विराटनगर सिटी एफसीका प्रशिक्षक यान ललाई अनुशासन कारबाही स्वरुप एक वर्षको प्रतिबन्ध लगाइएको छ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्टले बुधबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको...
कोरोना भाइरस संक्रमणबाट बच्न १ वर्षभन्दा कम सजाय पाएर जेलमा रहेका कैदीलाई रिहा गरिने भएको छ । सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकले १ वर्षभन्दा कम सजाय पाएर जेलमा रहेका कैदीलाई कैदवापतको रकम लिएर कैदमुक्त...
विराटनगर । जोगवनी –४ ईन्द्रानगर स्थित रहेको हनुमान मन्दिरको पहिलो वार्षिक उत्सव कार्यक्रम भव्य रुपमा मनाउने तयारी भईरहेको छ । जोगवनीको रेलवे स्टेसनको पश्चिम तर्फ एक वर्ष अगाडि प्राण प्रतिष्ठा गरिएको हनुमान मन्दिर र शनि...
जनकपुर, माघ ४–सरकारी सवारी साधन मनपरि चलिरहेका अवस्थामा प्रदेश २ मा मन्त्रीकै गाडी ट्राफिक कारबाहीमा परेको छ । ट्राफिक नियम उल्लंघन गरेपछि प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको...
विराटनगर । वि.सं. १९८६ मा स्थापित विराटनगरस्थित आदर्श माविले ९५ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले वर्ष शिक्षकका रुपमा भगिरथ...
काठमाडौं, ११ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाबीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले श्रृंगलाले प्रधानमन्त्री...
एजेन्सी, जेठ २८-अफगानिस्तानको चर्चित मजार ए शरीफ मस्जिदमा पालिएका करिब एक हजार सेतो परेवा मरेका छन् । लकडाउनका कारण मस्जिदमा खानेकुरा नपाउँदा सो मस्जिदमा पालिएका ति परेवाको मृत्यु भएको हो । लकडाउनका कारण लामो समयसम्म...
विराटनगर, १ फागुन । झापाको भद्रपुर नगरपालिका-६ नँया बस्तीबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-६ का २४ बर्षीय मुगालाल माझी रहेका छन । आज बिहान साढे ६...