विराटनगर । इलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । सुन्दर हरैचना र बेलबारीबाट बुधबार प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता राई,सुन्दरहरैचा नगरपालिका ३ गछिया बस्ने २३ बर्षिय प्रज्वल सुवेदी र सोही स्थान बस्ने २० बर्षिय आशिष ठाकुरलाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकराी दिए ।
प्रहरीले सुनिताको घरमा लागू औषध बिक्री बितरण भई रहेको भन्ने बिशेष सूचनाको आधारमा लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले सुनिताको घर खानतलासी गर्ने क्रममा १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ, ३.५ केजी अवैध लागू औषध गाँजा र नेपाली नगद ५ लाख ३८ हजार २ सय ५०, डिजिटल तराजु २ थान र विभिन्न कम्पनीको मोवाईल २ थान समेत बरामद गरिएको छ । त्यसै गरी सुन्दरहरैचा नगरपालिका ३ गछिया स्थितमा सोही स्थान बस्ने प्रज्वल र आशिष ठाकुरले आफ्नो पाईन्टको गोजीमा फेनारग १० थान, डाईजेपाम १० थान, एभिल १० थान र लुपिजेसिक १० थान सहित पैदल हिडि रहेको अवस्थामा पक्राउ गरिएको छ । सोही मितिमा सुन्दरहरैचा नगरपालिका–५ बलिया स्थितमा सोही स्थान बस्ने २४ बर्षिय संगम आचार्यलाई प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले १० थान डाईजेल्याव, ४ थान लुपिजेसिक र २ थान एभिल सहित पक्राउ गरी मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा दिन ४ (चार) म्याद थप गरी विस्तृत अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
विराटनगर । राज्य संवेदनशील नभएसम्म जलवायु परिवर्तन र यसको असर न्यूनीकरण गर्न नसकिने सरोकारवालाहरुले बताएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सोमबार आयोजित जलवायु परिवर्तन र शासन बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुको यस्तो भनाई आएको हो...
आशिका लम्साल विराटनगर स्थित महेन्द्र मोरंङ क्याम्पस विराटनगरबाट पत्रकारितामा स्नातक गरेर जनप्रशासन अध्यरत छिन् । आशिका जुझारु मात्र नभएर प्रस्ट सचेत चेत भएकी निडर र सक्रृय बिद्यार्थी हुन् । कक्षा ११ देखी नै पत्रकारिता पढेर...
विराटनगर । नेपाल उद्योग तथा व्यवसायी महासंघ विराटनगर महानगर कमिटिले तिज विशेष कार्यक्रम आयोजना गरी मनाएको छ । विराटनगरमा शुक्रबार भव्य कार्यक्रम आयोजना गरी महिलाहरुको पर्व तीज मनाएका हुन् । उनीहरुले दिनभरी रमाइलो कार्यक्रम आयोजना...
काठमाडौं, २० असार-आज बिहान बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज स्थायी कमिटी बैठक स्थगित भएको छ ।बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएकाे बैठक सोमबारसम्मका लागि स्थगित गरिएकाे हो । बिहीबार पनि...
काठमाडौं, १३ असार-आज नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदैछ । पार्टीनिकट अन्य संस्थाहरूले आज विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदै छन् । स्व. भण्डारीको जन्मजयन्ती भएका कारण आज बस्ने भनिएको नेकपा स्थायी...
विराटानगर, ९ जेठ । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकारले खोपको दुरुपयोग गरेको आरोप लगाएको छ । नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा भण्डारण गरिएको कोरोनाविरुद्धको खोपको...
काठमाडौं, १४ भदौ-नेपाल सरकारले ३ वटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्चस्तरीय ब्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने...
विराटनगर, १६ वैशाख-प्रदेश १ सरकारले काेरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युटले १ लाख २० हजार रुपैयाँ योगदान गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित पोलिटेक्निक इन्स्टीच्युटले...