विराटनगरमा तिज विशेष कार्यक्रम, एकल नृत्य प्रतियोगितामा उमा भइन् प्रथम

 न्यूज विराट
विराटनगरमा तिज विशेष कार्यक्रम, एकल नृत्य प्रतियोगितामा उमा भइन् प्रथम

विराटनगर । नेपाल उद्योग तथा व्यवसायी महासंघ विराटनगर महानगर कमिटिले तिज विशेष कार्यक्रम आयोजना गरी मनाएको छ । विराटनगरमा शुक्रबार भव्य कार्यक्रम आयोजना गरी महिलाहरुको पर्व तीज मनाएका हुन् ।

उनीहरुले दिनभरी रमाइलो कार्यक्रम आयोजना गरे । तीज विशेष सांगीतिक गीतमा छमछमी नृत्य गरी रमाइलो गरे । सहभागिहरुले गीत प्रस्तुत गरी थप रमाइलो गरे ।

एकल नृत्य प्रतियोगितामा उमा मगर प्रथम भएकी थिइन् । द्धितीय इशा ढकाल र तृतीय सलिना बस्नेत भइन् । म्यूजिकल चियरमा खुस्बु मण्डल प्रथम भइन् । नृत्य प्रतियोगिताको निर्णायकहरुमा पूर्वाञ्चल डान्सिङ्ग सेन्टरका सागर साह, हेमा साह रहेकी थिइन् ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निरला कार्कीको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा बोल्दै उनले यस्ता चाडपर्वहरुले समाजमा भाइचारा कायम गर्दै अगाडी बढन मधत पुग्ने बताइन् । घरेलु तथा साना उद्योग महासंघ मोरङका चेतन निरौलालगायतको कार्यक्रममा उपस्थीति रहेको थियो ।

कार्यक्रमको संयोजक ममता प्रधान रहेकी थिइन् । कार्यक्रम संचालन उर्मिला तिम्सिनाले गरेकी थिइन् ।

सम्बन्धित समाचार

‘संसदीय मूल्य र मान्यतालाई व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्छ’  

काठमाडौं, १६ असार-प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मूल्य र मान्यतालाई व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्नेमा जोड दिएका छन् । संसद दिवसको अवसरमा आज...

मोरङ व्यापार संघ ट्रेड एक्स्पो सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन

विराटनगर । मोरङ व्यापार संघ ट्रेड एक्स्पो सुरू भएको छ । विराटनगर २ स्थित शंकरपुर मार्गमा शुक्रबारदेखि एक्स्पो सुरू भएको हो । एक्स्पोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे । पुस १६ गतेसम्म सञ्चालन हुने...

कोभिड-१९ उच्चस्तरीय समितिको बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

काठमाडौं, १३ वैशाख-सरकारले आज कोरोना नियन्त्रणका लागि लकडाउनकाे म्याद थप्ने/नथप्नेबारे निर्णय गर्ने भएको छ ।तेस्रो पटक लम्ब्याइएको लकडाउन सोमबार (१५ वैशाख) सकिने भएकाले सरकारले आज लकडाउन थप्नेनथप्नेबारे निर्णय गर्ने भएको हो । लकडाउनलाई कसरी अगाडि...

रंगेलीमा २८ संक्रमित थपिए

विराटनगर, ३० साउन–समुदाय स्तरमै संक्रमण फैलिएको मोरङको रंगेली नगरपालिकाका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार आएको नतिजा अनुसार सो नगरपालिकाका ९ महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको हो । आइतबार...

सगरमाथा स्कुलमा नयाँ विद्यार्थीहरूको स्वागत तथा नयाँ मनिटर चयन

विराटनगर । विराटनगर– ११ स्थित सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलले एक विशेष समारोहको आयोजना गरी नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै नवनियुक्त कक्षा मनिटर तथा सहायक मनिटरहरुलाई औपचारिक रुपमा ब्याज प्रदान गरिएको छ...

प्रदेश १ मा २१६ जनामा कोरोना संक्रमण

विराटनगर, २ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण भएको छ । ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

भलिबलको उपाधि इडेनवर्ग कलेजलाई

विराटनगर । विराट खेलकुद क्बलले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि विराटनगरस्थित इडेनवर्ग कलेजले जितेको छ । विराटनगरमा बुधबार सम्पन्न भएको फाइलनमा महेन्द्र मोरङ क्याम्पसलाई १४–१५, १७–२५, २२–२५ को सोझो सेटले हराउँदै इडेनवर्ग कलेजले उपाधि जितेको...

विराटनगरको अरनीको स्कुल देशभरीमै टप ट्वान्टीमा पर्न सफल

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय सेकेण्डरी स्कुल देशभरीको टप ट्वान्टी भित्र पर्न सफल भएको छ । जुकेशन समाचारले गरेको सर्वेक्षण अनुसार अरनिको स्कुल देशभरीको ‘टप थटीन’ भित्र पर्न सफल भएको हो । एजुकेशन समाचारले हालै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्