मापदण्ड विपरीत खोला उत्खनन गर्ने सप्लायर्सलाई कटहरी गाउँपालिकाद्धार एक लाख जरिवना

 न्यूज विराट
मापदण्ड विपरीत खोला उत्खनन गर्ने सप्लायर्सलाई कटहरी गाउँपालिकाद्धार एक लाख जरिवना

विराटनगर । मापदण्ड विपरीत खोला उत्खनन गर्ने ठेकेदार कम्पनीलाई कटहरी गाउँपालिकाले जरिवना गरेको छ ।
गाउँपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले मापदण्ड विपरीत खोला उत्खनन गर्ने विराटनगर ६ स्थित श्री आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिलाई १ लाख रुपैयाँ जरिवना गरिएको हो ।

कटहरी गाउँपालिका – ६ चतारी घाट र सतार बस्तीका सयौं घरपरिवारलाई असर पुग्ने गरी लोहन्द्रा खोलामा गरिएको अवैध उत्खनन पुर्नुपर्ने निर्णाय पनि कार्यपालिका बैठकले गरेको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए । ‘मापदण्ड विपरीत उपकरणहरु खोलामा पसाएर गरिएको उत्खननले थुप्रै खाडलहरु बनेको छ । त्यो खाडल पुरेपछि कार्यपालिकाले गरेको निर्णाय अनुसार १ लाख रुपैयाँ जरिवना गरेपछि मात्रै बरामद गरिएको ट्याक्टर र उत्खननमा प्रयोग भएको उपकरण दिने हो,’ अध्यक्ष चौधरीले भने, ‘खाडल नपुरेसम्म र जरिवना रकम तोकेसम्म हामी उपकरण दिने छैनौं ।’

२३ फागुनमा श्री आर. सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिले मापदण्ड विपरीत उपकरणहरु प्रयोग गरी उत्खनन गर्दै गरेको अवस्थामा गाउँपालिकाले ट्याक्टरसहित उत्खननमा प्रयोग भएको उपकरण बरामद गरेको थियो ।
दैनिक अवैध उत्खननले कटहरीको चतारी घाट र सतार बस्तीका दुई सय सय बढी घरिपरिवार उच्च जोखिममा छन् । कटहरी गाउँपालिकाका अध्यक्ष देबराज चौधरीको नेतृत्वमा प्राविधिकसहित स्थलगत निरीक्षणको क्रममा ठेकेदार कम्पनीले १० देखि १५ फिट गहिरो उत्खनन गरेको पाइएको थियो । जुन मापदण्ड विपरीत रहेको कटहरी गाउँपालिका अध्यक्ष चौधरीले बताए । ‘आइईइ प्रतिवेदन र सहमति विपरीत ठेकेदार कम्पनीले उत्खनन गरेको पाइएको छ ।

१० देखि १५ फिट गहिरो खाडल बनाएर उत्खनन गरेको हामीले अनुगमनको क्रममा भेटिएको छ । उपकरणहरू उत्खननमा प्रयोग गर्न नपाइने लिखित सम्झौता गरिएको छ । तर, यहाँ तीन मिनेटमा ट्याक्टर र टिपरमा लोड गरिने उपकरणहरू भेटिएको छ,’ अध्यक्ष चौधरीले भने ।

धनपालथान र कटहरी गाउँपालिकामा पर्ने लोहन्द्रा खोला बलुवा र भरौट झिक्ने ठेक्का २०८० मंसिर ८ गते ठेक्का लागेको हो । श्री आर सी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिले १ करोड ३२ लाख १६ हजार ५९२ रुपैयाँमा ठेक्का लागेको छ । ठेक्का सम्झौता अवधि २०८१ जेठ मसान्तसम्म रहेको छ । सम्झौता पत्रमा सप्लायर्सको तर्फबाट प्रतिनिधी रामकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । श्रेष्ठ हस्ताक्षर गरेपनि खोला ठेक्का भने कटहरीका स्थानीय नेपाली काँग्रेस कटहरी २ का सभापति युवा नेता सन्जय मण्डलले लिएका हुन् ।

सम्बन्धित समाचार

सप्तरी र उदयपुरमा कोरोना सङ्क्रमति भेटिएपछि सिरहाका सबै नाका सिल

सिरहा, ३० वैशाख-कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा...

सडकको विषयलाई लिएर उपभोक्ता समिति अध्यक्षमाथि कुटपिट 

विराटनगर, २९ जेठ-विराटनगरमा निर्माणाधिन सडकको सिमाना टुंगो लगाउने विषयमा विवाद हुँदा सडक उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट भएको छ । विराटनगर-११ पंचमुखी चोकस्थित धरणीधर मार्गमा निर्माण गर्न लागिएको सडक र नालाको सिमानाका बिषयमा विवाद हुँदा निर्माण...

आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छैनः मुख्यमन्त्री राई

विराटनगर, १ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । बुधबार प्रदेशसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग राईले गठबन्धनमा आवद्ध दलहरूबीच छलफल भइरहेको जानकारी दिँदै चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिइने...

गगन थापा भन्छन् : सरकार ! अब त चेतौँ

नेपालका एक स्थानीयमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएपछि नेपाल कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले सरकारलाई सचेत हुन आग्रह गरेका छन् । उनले कोरोना भाइरसको नमुना परीक्षणको दायरा फराकिलो बनाउन, परीक्षणको गति र...

कृषिमा नयाँ व्यवस्था आउँदै छ : मन्त्री भुसाल

झापा, ७ असोज-कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिक्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या...

मेरील्याण्ड कलेजमा भब्य भयो अभिमुखीकरण

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका कक्षा ११ का...

भोजपुर अस्पतालको प्रसुती सेवा ७ महिना पछि पुनः सुचारु

भोजपुर, फागुन १६–कर्मचारी अभावमा भोजपुरमा रहेको एक मात्र जिल्ला अस्पतालमा गत श्रावण महिनाबाट बन्द भएकोे शल्यक्रियाबाट गरिने प्रसुती सेवा सात महिना पछि पुनः सुचारु भएको छ । जिल्ला अस्पतालमा कार्यरत एनेस्थेटिक सहायक सुरेश थापा कर्मचारी...

नेपाली सीमा चौकीमा आक्रमणको प्रयासः भारतीय पक्षले माग्यो माफी

झापा, २४ वैशाख-झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मंगलबार माफी मागेको छ । झापा गाउँपालिका-४ सुकुम्वासी बस्तीमा १५० को संख्यामा घरेलु हतियारसहित आएका भारतीय नागरिकले १३१ नं सीमास्तम्भ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्