राशिफल

भोजपुर अस्पतालको प्रसुती सेवा ७ महिना पछि पुनः सुचारु

 न्यूज विराट
भोजपुर अस्पतालको प्रसुती सेवा ७ महिना पछि पुनः सुचारु

भोजपुर, फागुन १६–कर्मचारी अभावमा भोजपुरमा रहेको एक मात्र जिल्ला अस्पतालमा गत श्रावण महिनाबाट बन्द भएकोे शल्यक्रियाबाट गरिने प्रसुती सेवा सात महिना पछि पुनः सुचारु भएको छ । जिल्ला अस्पतालमा कार्यरत एनेस्थेटिक सहायक सुरेश थापा कर्मचारी समायोजन ऐन अनुसार सरुवा भएर गएपछि गत श्रावण १९ गतेबाट सेवा बन्द गरिएको थियो ।

अस्पतालमा कार्यरत डाक्टर कैलाश बिकले एनेस्थेटिक सेवाका लागि तालिम लिएर आएकाले अब सेवा नियमित सुचारु हुने जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पतालबाट सेवा नपाइने भए पछि प्रसुती सेवाका लागि गभर्वती महिलाहरुलाई तराईका सुबिधा सम्पन्न अस्पतालहरुमा जानु पर्ने बाध्यता थियो ।

स्वास्थ्य जस्तो संवेदनशील बिषयमा कर्मचारी सरुवा हुदाँ सेवा बन्द गर्नु पर्ने अवस्था दुर्भाग्य भएको बताउँदै जिल्ला अस्पताल प्रमुख डाक्टर पवित्रा श्रेष्ठले पुनः सेवा शुरु भएकाले अवका दिनमा गर्भवती आमाहरुलाई राहत मिल्ने बताइन् । जिल्ला अस्पतालमा हाल शल्यक्रियाका लागि एमडिजिपी डाक्टर अमितेशराज पाण्डे छन् ।

जिल्ला अस्पतालका सुचना अधिकारी राजेन्द्र राउतले कर्मचारी समायोजनका कारण देखिएको समस्या लामो प्रयास पश्चात समाधान गरिएकाले अव सेवा नियमित हुने बताए । जिल्ला कै मुख्यमन्त्री, राष्ट्रपति, सांसद, नेता हुदाँ पनि जिल्ला अस्पतालको सेवा शुरु गर्न यत्रो समय लागेको बताउँदै जिल्लावार्सीले अब सेवा नियमित हुने गरी स्वास्थ्यकर्मीलाई टिकाई राख्नु सवैको दायित्व भएको बताएका छन । भोजपुरमा शल्यक्रियाबाट गरिने प्रसुती सेवा २०६७ सालबाट शुरु भएको भए पनि स्वास्थ्यकर्मीका कारण पटक पटक बन्द हुदै आएको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...