कान्तिपुर स्कुलको भव्य भयो वार्षिकोत्सव र अभिभावक दिवस

 न्यूज विराट
कान्तिपुर स्कुलको भव्य भयो वार्षिकोत्सव र अभिभावक दिवस

विराटनगर । विराटनगरस्थित कान्तिपुर स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । विराटनगरमा सोमबार एक भव्य कार्यक्रम आयोजना गरी स्कुलको वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो ।

कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक प्रसाद गौतमले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको चौतर्फी विकासमा विद्यालयहरुले ध्यान दिनुपर्ने बताए । विद्यार्थीहरुलाई व्यवहारिक शिक्षासँगै आजको आवश्यकता नैतिक शिक्षा भएको जानकारी दिदै उनले त्यसतर्फ विद्यालयहरु जानुपर्ने उनले बताए । कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले विद्यार्थीहरुलाई सिप, संस्कार र नैतिक शिक्षासँगै प्रविधिसँग जोडेर गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए । ‘राष्ट्रि निमार्णमा निजी विद्यालयहरुको भूमिका उल्लेखिनय रहेको छ । दक्ष जनशक्तिहरु उत्पादन गरेको छ । अबको शिक्षा भनेको स्वरोजगारमुखी शिक्षा आजको आवश्यकता हो,’ अध्यक्ष सुवालले भने । हिसान मोरङ अध्यक्ष अमित ढकाल विद्यालय, विद्यार्थी र अभिभावकले त्रिकोणात्मक र समन्वयात्मक भूमिका निर्वाह गरेमा शिक्षा क्षेत्रले फट्को मार्ने बताए ।

कार्यक्रममा बोल्दै कान्तिपुर स्कुलका प्रिन्सिपल भुवन नेपालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेको कारण कान्तिपुर सबैको रोजाइमा पर्दै गएको बताए । नयाँ व्यवस्थापकीय टिम आएपछि विद्यालयलाई नयाँ उचाइमा पुर्याउन सफल भएको उनको भनाई छ । ‘२०७२ सालमा नयाँ ब्यवस्थापनको टिम आएर विद्यालय चलाउन थालिएको हो । सुरुवाति चरणमा धेरै समस्या भयो । गुणस्तरीय शिक्षा प्रदान गरेपछि विद्यार्थी र अभिभावको रोजाइमा पर्दै भयो । अहिले बिद्यार्थीको अनुपात बढदै भएको छ,’ प्रिन्सिपल नेपालले भने, ‘१४ जनाको समूह रहेको कान्तिपुर फाउन्डेसन द्धारा संचालन रहेको विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म २ हजार ५१६ जना बिद्यार्थी अध्ययनरत रहेका छन् ।’ शैक्षिक उन्नयको कार्यमा कान्तिपुरको उत्कृष्ट रहेको उनको दाबी छ । प्रिन्सिपल नेपालले अतिरिक्त क्रियाकलापमा पनि कान्तिपुर सबै अगाडी रहेको बताए ।


कार्यक्रममा विराटनगर महानगरका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले शैक्षिक गुणस्तर उकास्न सबै निकायबीच एकता जरुरी रहेको सुनाए । स्थानीय तहको नियमन–अनुगमन, विद्यालयको व्यवहारिक र प्रयोगात्मक पठनशैली, विद्यार्थीको लगनशीलता र सचेत अभिभावकले शैक्षिक गुणस्तर वृद्धि गर्न सक्ने उनको भनाइ छ । कान्तिपुर स्कुलका भाइस प्रिन्सिपल देबिलाल महतोले गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाँकी नराखेको बताए । कान्तिपुर फाउन्डेसनको अध्यक्ष खुसिराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममको संचालन स्कुलका निर्देशक शंकर काफ्लेले गरेका थिए । सोही अवसरमा विद्यार्थीहरुले साँस्कृतिक नृत्य, गायन र नाटक प्रस्तुत गरी सहभागि भएका अभिभावक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन प्रदान गरे ।

सम्बन्धित समाचार

वायु प्रदूषण उच्च भएकाले मर्निङवाकमा ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, २१ पुस-काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाकमा नस्किन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले सुचना जारी गर्दै अकास्मात आएको वायु प्रदूषण उच्च भएकाले केही समय मर्निङवाकमा निस्कन नहुने, आगो...

चीनबाट खरिद गरिएका स्वास्थ्य उपकरणबारे प्रचण्डको चासो

काठमाडौं, १९ चैत-प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच चीनबाट स्वास्थ्य उपकरण खरिदका क्रममा देखिएको विवादबारे छलफल भएको हो...

बोको हरामद्धारा १८ सर्वसाधारणको हत्या

काठमाडौं, १९ साउन -क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा पनि १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ ।  सो आक्रमणमा परी लिदु साहेल भन्ने क्षेत्रमा ती नागरिकको...

सगरमाथा राष्ट्रिय निकुञ्जमा ६ मृग मृत फेला

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ कस्तुरी मृग मृत अवस्थामा भेटिएका छन् । निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएर मरेको अवस्थामा ती मृग फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ । मृत भेटिएकामध्ये १...

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना संक्रमण देखियो

काठमाडौं, ५ माघ । नेपालमा नयाँ प्रजातिको कोरोना भित्रिएको पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ। केहि दिन अघि...

सवारी लाइसेन्स परीक्षा खुला गरिँदै

कोरोना संक्रमणपछि बन्द भएको यातायात सवारी लाइसेन्सको परीक्षा सुरु भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सातै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका कार्यालयले परीक्षाको व्यवस्था गर्ने जनाएको हो । विभागले परीक्षाका लागि...

सीएनआई कोशी एक्स्पो सुरू (फोटो फिचर)

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोशी एक्स्पो सुरू भएको छ । विराटनगर – २ शंकरपुरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेपछि एक्स्पो सुरू...

शिक्षादीप कलेजका विद्यार्थीले उडाए ‘वाटर रकेट’, बुधबारबाट सुरू भयो ६ दिने कार्यशाला

विराटनगर । पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार हुँदा विराटनगरस्थित शिक्षादीप कलेजका ७ जना विद्यार्थीको अनुहारमा बेग्लै चमक देखियो । कक्षा १२ मा विज्ञान संकाय लिएर अध्ययन गर्दै आएका आयुष ठाकुर, रितेस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्