रंगेली अस्पताल बन्यो देशभरमै नमूनाः ८० अंक प्राप्त, मेयर बगडीयाले भने–सवैको प्रयासले सम्भव भयो
शनिबार, २६ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । मोरङको रंगेली अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ । न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतह मातहत रहेका देशभरका अस्पतालहरु मध्ये नमूना अस्पताल बनेको हो ।
सुशासन र व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा सर्भिस (MSS) को सूचक अनुसार भएको मुल्यांकनमा रंगेली अस्पतालले ८० प्रतिशत अंक प्राप्त गरेको छ ।
स्थानीयतहहरु मातहत रहेका देशभरका अस्पताल मध्ये उदयपुरस्थित कटारी अस्पताल पहिलो बन्दा रंगेली अस्पताल ८० अंक प्राप्त गर्दै दोस्रो बनेको हो ।
आज आयोजित कार्यक्रममा उदयपुरस्थित कटारी अस्पतालका मेडिकल सुपरिटेडेन्ट समेत रहेका स्रोत व्यक्ति डा. गौरव साहले विभिन्न सूचकको मुल्यांकनका आधारमा अस्पतालले उक्त अंक प्राप्त गरेको जानकारी दिए ।
सो मुल्यांकन प्रत्येक ६/६ महिनामा हुने गरेको छ । अघिल्लो ६ महिनाको मुल्यांकनमा रंगेली अस्पतालले ७० अंक प्राप्त गरेको थियो । ६ महिनापछि रंगेली नगरपालिकाले अस्पताललाई थप सुधार गरेपछि १० अंक बढाउन सफल भएको हो । अब अझै सुधार हुँदै गएपछि रंगेली अस्पतालले प्राप्त गर्ने अंक बढ्दै जाने स्रोत व्यक्ति डा. साहले बताए ।
कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले सवैको प्रयासबाट अस्पताल नमूना र उदाहरणीय बन्न सफल भएको बताए । उनले आफूहरुको व्यवस्थापकीय भूमिका रहेकाले अझ व्यवस्थित, सुविधा सम्पन्न बनाउन अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको महत्वपूर्ण भूमिका रहने बताए ।
मेयर बगडीयाले सवैको प्रयासबाट हाल अस्पतालले ८० अंक प्राप्त गर्न सफल भएको र आगामी ६ महिनामा हुने मुल्यांकनमा ९० अंक भन्दा माथि पुग्नेगरी लागि पर्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई निर्देशन समेत दिए । ‘अहिले हामी सवैले राम्रो काम गरेर ८० अंक प्राप्त गर्न सम्भव र सफल भएका छौँ । यसको जस तपाई सवैलाई जान्छ ।’ उनले भने,‘अब हामीले अर्को मुल्यांकन हुँदा १ सयमा ९० अंक प्राप्त गर्नेगरी लाग्नुपर्छ ।’
कार्यक्रममा रंगेली नगरपालिकाका उपमेयर भूमा पराजुलीले जनप्रतिनिधिहरुसहित अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी सवैको प्रयासबाट रंगेली अस्पताललाई नमूना अस्पताल बन्न सफल भएको बताइन् ।
उनले अघिल्लो मुल्यांकनमा ७० अंक प्राप्त गरेको र यसपटक १० प्रतिशत बढाउन नगरपालिकाले धेरै काम गरेको जानकारी दिइन् । उनले मुल्यांनमा दिइएको सुझावका आधारमा अस्पतालमा गर्नुपर्ने सुधारका कामहरु क्रमशः गर्दे जानेसमेत बताइन् ।
कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले रंगेली नगरपालिकाका मेयर बगडीयाको अग्रसरतामा सो अस्पतालले फड्को मारेको बताए । उनले स्थानीयतहरु मातहत रहेका अस्पतालहरु मध्ये रंगेली अस्पताल निकै सुविधा सम्पन्न रहेको बताए ।
निर्देशक बस्नेतले रंगेली अस्पताल देशभरमै नमूना अस्पताल भएको बताउँदै आफूपनि सो अस्पतालको सदस्य बन्न इच्छुक रहेको बताए । उनले सो अस्पतालका लागि प्रदेश सरकारबाट हुन सक्ने सहयोगका लागि आफूले पहल गर्नेसमेत प्रतिवद्धता जनाए ।
सो अवसरमा रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतमले रंगेली अस्पताल गुणस्तरी र सुलव स्वास्थ्य सेवाका हिसाबले देशमै १ नम्बर अस्पताल भएको बताए । उनले मुल्यांकन गर्दा दिइएका सुझाव अनुसार अस्पतालको सेवा सुविधा थप विस्तार गर्दे लैजाने बताए ।
रंगेली नगर अस्पताल विकास समितिका अध्यक्ष देवमणी कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालयबाट खटी आएका प्राविधिक स्रोत व्यक्तिसहित एमएसएस अफिसर सृजत दाहाल, जनस्वाथ्य निरिक्षक तारादेवी सुवेदी, निकसाइमन संस्थाका अधिकृत आइस्था शाही, अस्पताल विकास समितिका पदाधिकारी, विभिन्न वडाका वडाध्यक्षहरु, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको सहभागीता रहेको थियो ।
विराटनगर, १७ असार-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा केही कमजोरी रहेको हुन सक्ने स्वीकार गरेका छन् ।आगामी दिनमा ती कमजोरी सच्याउने दिशामा आफू केन्द्रित भएको उनले बताए । प्रतिपक्षी...
विराटनगर, जेठ १५– कोभिड–१९ विरुद्ध राष्ट्रिय अभियानले रुुकुम पश्चिम चौरजहारी हत्या काण्डको छाविन गरि दोषि उपर कडा कानुनी कारवाही गर्न माग गरेको छ । अभियानमा आवद्ध अढाई दर्जन संघ संस्थाहरुले संयुक्त रुपमा ११ सुत्रिय मागसहितको...
नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ । केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए । पार्टी प्रवक्ता...
काठमाडौ । आर्थिक वर्ष २०७८/७९ को खर्चअन्तर्गत हिजो शनिबार एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी भएको छ । हिजो भएको खर्च जोड्दा सरकारी खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ । प्राय: शनिबार सरकारी...
विराटनगर, १८ फागुन । दलित समुदाय माथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयन हुनुपर्नेमा एक कार्यक्रमका सहभागि वक्तहरुले जोड दिएका छन् । मानव अधिकारका लागि श्रोत विकास मञ्च (रिडेफ) नेपालले विराटनगरमा बुधबार आयोजना गरेको दलितका संवैधानिक,...
विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षादीप कलेजले कक्षा १२ को परीक्षा दिएका साढे ११ सय विद्यार्थीलाई विद्याई गरेको छ । विज्ञान संकायका ८ सय र व्यवस्थापन संकायका ३५० जना विद्यार्थीहरुलाई कलेजले एक भव्य...
विराटनगर, २७ भदौ । विराटनगर महानगरपालिकाले असोज पहिलो साताबाट विद्यालय सञ्चालन गर्नसक्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले असोज महिनाको प्रारम्भबाट कक्षा ४ भन्दा माथि आलोपालो प्रणालीमा विद्यालय आंक्षिक रुपमा...
एजेन्सी, जेठ १-अमेरिकामा कोरोना भाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै ३ करोड ६० लाख बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो २ महिनामा भएको जनाइएको छ । उनीहरूमध्ये...