महिला क्रिकेट प्रतियोगितामा मोरङ समुह विजेता

 न्यूज विराट
महिला क्रिकेट प्रतियोगितामा मोरङ समुह विजेता

विराटनगर । तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार ३ खेलमा जित निकाल्दै मोरङ समुह विजेता भएको छ । विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा भएको विहिबारको पहिलो खेलमा इलामलाई ८ विकेटले पराजित गर्दै मोरङ समुह विजेता बनेको हो ।

इलाम र मोरङ यस अघिनै फाइनलमा पुगेका छन् । टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ४ बलमा सवै विकेट गुमाई ७६ रनको सामान्य योगफल तयार पारेको थियो । इलामकी दिपा लिम्बुले सर्वाधिक १५ रनको योगदान दिइन् । मोरङकी प्लेयर अफ द म्याच चाँदनी यादवले ४ विकेट लिँदा सुवेक्षा लिम्बुले ३ विकेट लिइन् ।

७७ रनको सामान्य लक्ष्य पाएको मोरङले ९ ओभरमा २ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । मोरङकी प्रिन्सा राईले नटआउट ३० रनको योगदान दिँदा सानु राजवंशीले १४ रन र पूर्णीमा राजवंशीले नटआउट १० रनको योगदान दिइन् । इलामकी यमुना लिम्बु र मुना राई १–१ विकेट लिइन् ।
दोस्रो खेलमा सप्तरीले सिरहालाई ४२ रनले पराजित गर्दै सान्तना जित हात पारेको छ । टस जिेतर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा २ गुमाई १ सय ४८ रनको स्कोर खडा गरेको थियो । सप्तरीकी साक्षी यादवले नटआउट ३४ रन बनाउँदा निशु चौधरीले २६ रनको योगदान दिइन् । सिरहाकी अनु यादव र निलम महतो १–१ विकेट लिइन् ।
१ सय ४९ रनको लक्ष्य पछ्याएको सिरहाले १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ६ रनमा सिरमित भयो । सिरहालागि अर्चना महतोले सर्वाधिक १८ रनको योगदान दिइन् । सप्तरीकी मञ्जु रामले ३ विकेट लिँदा सुस्मीता यादवले २ विकेट लिइन् ।

सम्बन्धित समाचार

छ किलोग्राम चरेससहित भारतीय नागरिक पक्राउ

काठमाडौं, चैत ५–नेपाल प्रहरीले ६ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलंकीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मंगलबार साँझ...

विराटनगरका उद्योगी श्रवण अग्रवाललाई कुटपिट गर्नेमाथि कारबाहीको माग (विज्ञप्तीसहित)

विराटनगर, २ फागुन । विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ । विराट व्यापार संघले एक विज्ञप्ती प्रकाशित गर्दै कुटपिटमा संलग्न पवन शर्मालाई कारबाही गर्न माग गरेको हो । व्यापार संघले अग्रवालमाथि...

वीपीमा सप्तरीका २ संक्रमितको निधन

विराटनगर, १८ भदौ–सुनसरीको धरानस्थित वीपी कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहिबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश २ स्थित सप्तरीको राजविराज–७ का ५५ र ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।...

ग्रेडेड स्कुलको भव्य भयो २९ औं वार्षिक उत्सव, विद्यार्थीले देखाए प्रतिभा

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलले २९ औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।स्कुल परिसरमा बुधबार विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालले वार्षिक उत्सवको...

काेशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणकाे विकल्प छैन : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीयतालाई स्थापित र संस्थागत गर्न काेशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणकाे विकल्प नभएकाे बताएका छन् । नेपाल क्षयराेग निवारण संस्थाकाे ४४ अैां केन्द्रीय सभाकाे वार्षिक अधिवेशनमा शुक्रबार मुख्यमन्त्री...

प्रदेश १ सरकारले ३५ अर्वको बजेट ल्याउँदै

विराटनगर, १ असार -प्रदेश १ सरकारले सोमबार करिव ३५ अर्वको वजेट प्रस्तुत गर्दै छ । चालु आर्थिक वर्षको तुलनामा करिव ७ अर्व घटाएर दिउँसो ३ वजे प्रदेश सरकारको तेश्रो वजेट प्रस्तुत गर्ने भएको छ ।...

सङ्क्रमित किशोरलाई वीरगञ्ज पठाइयो

सर्लाही, १२ वैशाख-सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरमा कोरोना भाइरस सङ्क्रमण पोजिटिभ पाइएपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ । किशोरलाई बिहीबार राति उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको सर्लाहीका प्रमुख...

प्रदेश १ मा ४५८ संक्रमित थपिए

विराटनगर, ७ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५८ जना कोरोना संक्रमित थपिएका छ । १ हजार ६ यि १२ जनाको पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्