वडा स्तरीय नकाउट फुटबल, विराटनगर ११ र १२ फाइनलमा भिड्दै

 न्यूज विराट
वडा स्तरीय नकाउट फुटबल, विराटनगर ११ र १२ फाइनलमा भिड्दै

विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगितामा विराटनगर १२ फाइनलमा पुगेको छ ।

विराटनगर जुटमिलको खेल मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराटनगर १६ नम्बर वडालाई २–० गोलले हराउँदै विराटनगर १२ फाइनलमा पुगेको हो । जितसँगै विराटनगर १२ ले शनिबार हुने फाइनलमा विराटनगर ११ सँग प्रतिस्पर्धा गर्नेछ ।

जितको लागि विराटनगर १२ का सन्जिव लिम्बुले दुई गोल गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई १ हजार १ सय रुपैयाँ पुरस्कार राष्ट्रिय खेलाडी श्यामल सुब्बाले वितरण गरे ।
विराटनगर १५ नम्बर वडाको आयोजना र मिल्स भेट्रान्स क्लब रानी विराटनगरको संयोजनमा भएको प्रतियोगितामा विराटनगरका ८ वटा टिमको सहभागि रहेको थियो । प्रतियोगिताको बिजेताले ३१ हजार र उपबिजेताले नगद २१ ह्जार रुपैयाँको साथै ट्रफी प्राप्त विराटनगर १५ का वडाअध्यक्ष प्रकाश साहले जानकारी दिए ।

सम्बन्धित समाचार

कोरोनाका कारण अलपत्र ३४ हजारको उद्धार, ५६ जना उपचारत  

काठमाडौं, ७ साउन-कोरोना भाइरसका कारण विदेशमा अलपत्र ३४ हजारको उद्धार गरेर स्वदेश ल्याइएको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रले जनाएको छ । मंगलबारसम्म विभिन्न देशबाट ३४ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएको केन्द्रले जानकारी दिएको छ ।...

जलवायु परिवर्तनकाे असर : हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा

काठमाडौं, १७ पुस । हिमालय क्षेत्रका हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा रहेको तथ्य जलवायु परिवर्तनसम्बन्धी अध्ययनको एक प्रतिवेदनले सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले इसिमोडलगायत संस्थाको सहयोगमा गरेको अध्ययन प्रतिवेदन शुक्रबार राजधानीमा सार्वजनिक...

एकिकृत जाँच चौकी(आइसिपी) सञ्चालनमा, ओली र मोदीले गरे संयुक्त उद्घाटन्

विराटनगर, माघ ८–भारत सरकारको सहयोगमा विराटनगर–१८ मा निर्माण गरिएको एकिकृत जाँच चौकी (आइसिपी) आजबाट संचालनमा आएको छ । आइसिपी संचालनमा आएपछि आयातनिर्यातमा सहजता हुने अपेक्षा गरिएको छ । बुधबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र...

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्याङ्जाका १ जनाको मृत्यु

पोखरा, १९ जेठ-पोखरामा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । स्याङ्जा फेदीखोला गाउँपालिका खहरेका खड्कबहादुर कार्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भारतबाट आएर फेदीखोला गाउँपालिकाले बनाएको...

सुनसरीमा बुधबार ६७ संक्रमित थपिए

विराटनगर, १७ भदौ–सुनसरीमा बुधबार अहिलेसम्मकै धेरै ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार ५६ जनामा कोरोना संक्रमण देखिएको सुनसरीमा बुधबार ६७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । स्वास्थ्य...

देशका अधिकांश ठाउँमा वर्षा, सतर्कता अपनाउन अपिल

काठमाडौं, भदौ १३ । केही दिनयता देशैभरि पानी परिरहेको छ। भदौको दोस्रो साता निरन्तर परेको झरीले तराईका विभिन्न भागमा डुबान भएको छ भने पहाडमा ठाउँ-ठाउँमा पहिरो खसेको छ। काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ।...

काठमाडौं उपत्यकामा थपिए १२०७ कोरोना संक्रमित

काठमाडौं, २८ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार संक्रमित पुष्टि हुनेमा ५ सय २६ महिला र ६...

अफ्ठ्यारोमा परेकालाई उद्धार र सहयोग गर्न नेकपाको अपिल

विराटनगर, चैत १२–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले आफु बसेको ठाउँको अवस्थाको सूचना राख्न र अफ्ठ्यारोमा परेकालाई सहयोग गर्न पार्टी सदस्यहरुलाई आव्हान गरेको छ । नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल र सचिव गणेश उप्रेतीले बुधबार एक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्