ग्रेडेड स्कुलको भव्य भयो २९ औं वार्षिक उत्सव, विद्यार्थीले देखाए प्रतिभा

 न्यूज विराट
ग्रेडेड स्कुलको भव्य भयो २९ औं वार्षिक उत्सव, विद्यार्थीले देखाए प्रतिभा

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलले २९ औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
स्कुल परिसरमा बुधबार विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालले वार्षिक उत्सवको उद्घाटन गरे । उनले कार्यक्रममा बोल्दै विद्यार्थीहरूको चौतर्फी विकासमा विद्यालयहरुले ध्यान दिनुपर्ने बताए । स्कुलले गर्ने हरेक क्रियाकलापहरुले विद्यार्थीहरूको विकासमा सहयोग पुग्ने उनले बताए । विज्ञान, चित्रकला र अतिरिक्त क्रियाकलापहरुले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन मात्रै नगरेर चौतर्फी विकासमा ठूलो सहयोग पुग्ने उनले बताए । ‘अभिभावकहरुले आफ्नो नानी, बावुहरुको रुची अनुसार अगाडी बढन सहयोग गर्नुपर्दछ । उनीहरुको रुची अनुसार अगाडी बढाउन सकियो भने एक दिन सफलता प्राप्त गर्नेछन्,’ प्रमुख कोइरालाले भने ।
कार्यक्रममा बोल्दै प्याब्सन मोरङका अध्यक्ष तथा ग्रडेड स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै सीप र संस्कारयुक्त शिक्षा दिएर अगाडी बढेको बताए । कार्यक्रममा स्कुलका अध्यक्ष केशवलालसिंह सुवालले अहिलेको शिक्षा प्रविधियुक्त र रोजगारमुखी शिक्षा भएकोले विद्यालयले पनि यसमा जोड दिएर अगाडी बढेको बताए । कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमल, प्याब्सन मोरङका कोषाध्यक्ष बिष्णु डंगोल, प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठ, अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थीलगायतको उपस्थिती रहेको थियो ।
सोही अवसरमा विद्यार्थीहरूले विज्ञान र चित्रकला प्रर्दशनी पनि गरे । विद्यार्थीहरुले तयार पारेको एक दर्जन बढी स्टल रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले फेशन सो, सांस्कृतिक नृत्य र गीत प्रस्तुत गरी दिनभरी अभिभावक, अतिथि र सहभागिहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे ।

सम्बन्धित समाचार

प्रदेश २ मा ३ हजार ७ सय ३७ जनामा कोरोना संक्रमण

जनकपुरधाम, २२ असार-प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार महोत्तरीमा २० जना, सर्लाहीमा ८ जना र धनुषामा १ जनामा संक्रमण देखिएको हो । सोमबार संक्रमण पुष्टि भएकाहरूमध्ये...

भव्य भयो मोर्डन एराको अभिभावक दिवस

विराटनगर । विराटनगर– ३ मा रहेको मोर्डन एरा स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा मोर्डन एरा अध्ययन गरेका पाँच...

गुण्डा नाइके अभिषेक गिरीलाई विराटनगर ल्याइएपछि खैलाबैला मच्चियो, कैदीबन्दी आन्दोलित

विराटनगर, १६ कात्तिक । अन्ततः गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याइएको छ । नेपाली कांग्रेसका नेताहरुको दवावमा गिरीलाई मोरङ कारागार ल्याइएपछि अन्य कैदीबन्दीहरु आतंकित बनेका छन् । काठमाडौंको डिल्लीबजार कारागार लैजानु अघिसम्म मोरङ कारागारमै...

सरकारले दियो चिनियाँ खोपलाई अनुमति

सरकारले कोरोनाविरुद्धको चिनियाँ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो । चीन सरकारले ५ लाख डोज खोप उपलब्ध गराउने...

विराट गोल्डकप : आर्मी एनआरटीसँग स्तब्ध

विराटनगर । न्यूरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रीकालिन गोल्डकपमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो ।...

सुदूरपश्चिम प्रदेशमा थप ९६ जनामा कोरोना पुष्टि

डडेल्धुरा, ८ असार-सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि भएको छ । सोमबार काठमाडौंमा भएको परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । आज थपिएका संक्रमित मध्ये...

विराट मेडिकल कलेजमा ३७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु 

मोरङ, ५ असोज-ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताए ।  उच्च रक्तचाप र  कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई...

मिल्स भेट्रान्स गोल्डकप सुरु, उद्घाटन खेलमा आयोजकको सानदार जित

विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप फुटबल प्रतियोगिता सुरू भएको छ । मिल्स भेट्रान्स क्लब रानीको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्