राशिफल

दुर्घटना न्युनिकरणका लागि अनेरास्ववियुले बनायो जेब्रा क्रसिङ

 न्यूज विराट
दुर्घटना न्युनिकरणका लागि अनेरास्ववियुले बनायो जेब्रा क्रसिङ

विराटनगर, माघ १२-पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारीमा विद्यार्थीहरुले जेब्रा क्रसिङ निर्माण गरेका छन् । बढ्दो दुर्घटना न्युनिकरण र पैदेल यात्रुको सहजताका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) बेलबारी बहुमुखि क्याम्पस कमिटिको अगुवाईमा विद्यार्थीहरुले बेलबारी स्थित पूर्वपश्चिम राजमार्गको सिसौलि चोकमा जेब्रा क्रसिङ निर्माण गरेका हुन् ।

जेब्रा क्रसिङ हुँदा बाटो काट्न सहज भई सडक दुर्घटनाको जोखिम कम हुने भन्दै विद्यार्थीहरुले निर्माण गरेको जेब्रा क्रसिङको कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय सदस्य तथा बेलबारी बहुमुखि क्याम्पसका स्ववियु इन्चार्ज विष्णु यादवले उद्घाटन गरे । विद्यार्थी भेला तथा जेब्रा क्रसिङ निर्माण कार्यक्रममा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघलगायत विभिन्न दलको विद्यार्थी संगठन परित्याग गरि ८० जना विद्यार्थी अनेरास्ववियुमा प्रवेश गरेका छन् ।

नव प्रवेशि विद्यार्थीहरुलाई अनेरास्ववियुका केन्द्रीय सदस्य तथा बेलबारी बहुमुखि क्याम्पसका स्ववियु इन्चार्ज विष्णु यादव, केन्द्रीय सदस्य ताजिम अन्सारी र मोरङ संयोजक सन्तोष घिमिरेले स्वागत गरेका थिए । सो अबसरमा बोल्दै अनेरास्ववियुका केन्द्रीय सदस्य तथा बेलबारी बहुमुखि क्याम्पसका स्ववियु इन्चार्ज यादवले विद्यार्थीको पक्षमा जहिल्यै उभिने संगठन अनेरास्ववियु मात्र भएको बताए । उनले अनेरास्ववियुकै दवावले विद्यार्थीले गाडी भाडामा सहुलियत पाउँदै आएको उल्लेख गर्दै अनेरास्ववियुले शैक्षिक, सामाजिकलगायत सवै क्षेत्रमा उत्तिकै सकृय रहेको बताए ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...