विराटनगरमा फागुन २२ गतेदेखि महिला क्रिकेट हुने

 न्यूज विराट
विराटनगरमा फागुन २२ गतेदेखि महिला क्रिकेट हुने

विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो “इक्युवालिटि कप क्रिकेट २०२४” को आयोजना हुने भएको छ । आज विराटनगरमा आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघसगको समन्वयमा फागुन २२ गतेदेखि फाल्गुन २५ गतेसम्म विराटनगर–६ केशलिया रोडमा रहेको म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी गराए ।

प्रतियोगितामा कोशी प्रदेशबाट मोरङ र ईलाम र मधेश प्रदेशबाट सप्तरी र सिरहाको सहभागिता हुने अध्यक्ष श्रेष्ठले बताए । कोशी प्रदेश र मधेश प्रदेशको क्रिकेट विकास गर्ने उदेश्यका साथ तेस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२४ ” आयोजना गर्न लागेको कार्यक्रम संयोजक विशाल साहले बताए।

लिगको आधारमा खेलाई सो प्रतियोगितामा टप दुई टिमले फाइनल खेल्ने आयोजकले जनाएको छ । खेल टि(२० फर्माटमा खेलाइने छ । ४ दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

यस क्षेत्रका महिला खेलाडीमा खेलप्रति आत्मविश्वास रहेको र प्रतियोगिताले उनीहरुको कौशलतामा वृद्धि गर्न सहयोग पुग्ने क्रिकेट विथआउट वाउण्ड्रिका स्वयंसेवक प्रशिक्षक रचना रामचन्दनले बताइन् । उक्त प्रतियोगिताका लागि क्रिकेट विथआउट वाउण्ड्रिका छ जना स्वयंसेवक प्रशिक्षक विराटनगर आएका छन्।

मोरङले मधेश प्रदेशको सिरहालाई ४ विकेटले पराजित गर्दै दोस्रो इक्युवालिटि कप महिला क्रिकेटको उपाधि जितेको थियो।

सम्बन्धित समाचार

मदिरा पिएर विराटनगरमा एम्बुलेन्स र मोटरसाइकललाई ठक्कर, कार चालक भारतीय पक्राउ

विराटनगर । एक जना भारतीय सवारी चालकले मदिरा सेवन गरी विराटनगरमा सवारी दुर्घटना गराएका छन् । भारतको पूर्णिया घर भएका २१ वर्षीय अबदेश साहले सोमबार मदिरा सेवन गरेर उनले चलाएको कारले एम्बुलेन्स र मोटरसाइकललाई ठक्कर...

उखु किसानको रकम भुक्तानी नगर्ने मिल संचालकलाई पक्राउ गर्न निर्देशन

काठमाडौं, ३० मंसिर-सरकारले उखु किसानको रकम भुक्तान नगर्ने चिनी मिल संचालकलाई पक्राउ गर्न निर्देशन दिएको छ । उखु किसानको समस्या समाधानका लागि गृहमन्त्रीको अध्यक्षतामा संघीय मामिला, कृषि र उद्योगमन्त्रीहरूसहितको बैठकले उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई...

विपद् व्यवस्थापन गर्न प्रदेश ५ ले पहाडी जिल्लालाई ५ र तराईका जिल्लालाई ८ लाख दिने

रुपन्देही, १० वैशाख-प्रदेश  ५ सरकारले प्रदेशअन्तर्गतका जिल्लामा कोरोना भाइरस जोखिम व्यवस्थापनका लागि आवश्यक बजेट दिने निर्णय गरेको छ ।प्रदेश सरकार, मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा रहेको रकमबाट बजेट उपलब्ध गरउाने निर्णय लिएको...

गोल्डेन हस्पिटलमा अमानवीय व्यवहार, बन्धक बनाएको शव कागज गराएर दियोे

विराटनगर । विराटनगरको गोल्डेन अस्पतालले उपचार खर्च नतिरेको भन्दै एक दुर्घटना पीडितलाई एक महिना भित्रमा तिनुपर्ने कागज गराएर मात्रै शव परिवारलाई दिएको छ । विराटनगर–११ नयाँ गुद्रीमा फागुन २८ गते राति भएको मोटरसाइकल दुर्घटनामा परी...

आर्शीले जितिन् इन्टरसिटी कविता प्रतियोगिताको उपाधि

विराटनगर । इन्टरसिटी कविता प्रतियोगिताको उपाधि विराटनगरस्थित सेन्ट मेरिज स्कुलकी आर्शी पोखरेलले जितेकी छिन् ।विराट हेल्थकेयर इन्डस्ट्रिजले ‘विश्व महिनावरी स्वच्छता’ दिवसको अवसर पारेर मंगलबार आयोजना गरेको प्रतियोगितामा २९ जना विद्यार्थीहरुलाई पछि पार्दै आर्शीले कविता प्रतियोगिताको...

कोशीको चुरे फेदीतिर नाच्दै, गाउँदै माओवादी

विराटनगर । कोशी प्रदेश माओवादी केन्द्रले चुरे तराई लक्षित जनसाङ्गितिक ९ दिने अभियान सुरु गरेको छ । माओवादीको केही दिन अगाडि बसेको प्रदेशको सचिवालय बैठकले अभियान चलाउने निर्णय गरेको थियो ।सोही निर्णय अनुसार बुधबार उदयपुरको...

सुनसरीमा ५६ संक्रमित थपिए

विराटनगर, १६ भदौ–सुनसरीमा मंगलबार अहिलेसम्मकै धेरै ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार ११ जना महिला र ४५ जना पुरुष गरी थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।...

भाषण गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी

सार्वजनिक कार्यक्रमस्थलमा नै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो । नागरिकता विधेयक र एमसिसी खारेजको माग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्