मोरङमा नयाँ आएका एसपीले हटाए ‘घुमुवा’, पाँच जना सादा पोषाकका प्रहरीको सरूवा

 न्यूज विराट
मोरङमा नयाँ आएका एसपीले हटाए ‘घुमुवा’, पाँच जना सादा पोषाकका प्रहरीको सरूवा

विराटनगर । मोरङ प्रहरी प्रमुख भएर आएका नयाँ एसपी नवराज कार्कीले सादा पोषाकमा परिचालन हुने घुमुवा प्रहरी हटाएका छन् ।

सूचना संकलनका लागि भनेर यसअघि परिचालन भएको पाँच जना सादा पोशकका प्रहरीलाई फिर्ता बोलाएर उनीहरुको दरबन्दी रहेको जिल्लामा सरुवा गरेका हुन् ।

यसअघिका एसपी दिपक पोखरेलले राखेका सादा पोशकका वरिष्ठ नायव निरीक्षक राजेन्द्र कटुवाल, सहयाक प्रहरी हवल्दार सुर्दशन कालाखेती, प्रहरी जवानहरु चुडामणि सुयल, अमृत श्रेष्ठ र काचुम भोटेको सरुवा गरेका छन् । उनीहरू काजमा मोरङमा बसेका थिए । सादा पोशाकमा खटिएका प्रहरीलाई फिर्ता बोलाएर दरबन्दी भएको ठाउँमा एसपी कार्कीले पठाएका छन् । वरिष्ठ नायव निरीक्षक कटुवालको उच्च अदालत विराटनगरमा, सहायक प्रहरी हल्दार कालाखेतीको जिल्ला प्रहरी कार्यालय खोटाङ, प्रहरी जवानहरु अमृतको तह्रथुम, भोटेको ओखलढुङ जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको हो । सरुवा भएका प्रहरीहरुले मंगलबार रमना बुझेर दरबन्दी भएको ठाउँमा गएका छन् । यसअघि सादा पोशकमा रहेका प्रहरी सहायक हल्लदार गणेश श्रेष्ठ प्रहरी चौकी बखरीमा रहेका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी कार्कीले संगठनको नियमित सरुवा प्रक्रिया अन्र्गत दरबन्दी भएको ठाउँमा गरिएको बताए । ‘दरबन्दी भएको ठाउँमा पठाउने संगठनको नीति नै रहेको छ । तेही अनुरुपा प्रदेश प्रहरी कार्यालयले दरबन्दी भएको ठाउँमा पठाएको हो,’ उनले भने, ‘अहिले तत्काल सादा पोशकको प्रहरी राख्नुपर्ने जरुरी छैन । आवश्यकता अनुसार राखिने हो । अहिले राखिने छैन ।’
नयाँ एसपी कार्की सोमबार मोरङ प्रहरीमा आएर कार्यभार समालेका छन् । उनी आएको भोलीपल्ट सादा पोशकका प्रहरीलाई फिर्ता बोलाएर दरबन्दी भएको ठाउँमा सरुवा गरेका हुन् ।

सम्बन्धित समाचार

भारतमा २४ घण्टामा कोरोना संक्रमित ८ सय ६१ जनाको मृत्यु

एजेन्सी, साउन २५-भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३ सय ९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये...

कांग्रेस केन्द्रीय समितिको बैठक आज, यी विषयमा हुनेछ छलफल

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सेनपामा दिउँसो २ बजे बैठक बस्न लागेको हो । यसअघि २०७७ चैत ३० गते बैठक बोलाइएको थियो । तर, कांग्रेस वरिष्ठ...

शव ल्याउन श्री एयरलाइन्सको विमान ट्युनेशियातर्फ

काठमाडौं, ८ वैशाख-निजी क्षेत्रको श्री एयर लाइन्स टियनेशियाको लागि चार्टर उडान गरेको छ । नेपाल आर्मी र युनाइटेड नेशनले चार्टर गरेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार बिहान ६ बजे उडान गरेको एयर शुक्रबार...

प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, १९ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले भेटवार्ता गरेकी छन्। प्रचण्ड निवासमा शुक्रबार बिहान भएको भेटवार्तामा कोरोनाभाइरस रोकथामका लागि भइरहेको प्रयासबारे कुराकानी भएको बताइएको...

धरानस्थित बीपी प्रतिष्ठानमा अख्तियारको छापा

विराटनगर, ३१ जेठ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति अन्त्यको धरान नागरिक दबाब सञ्जाल सक्रिय भएको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रतिष्ठानमा छापा मारेको छ । आयोगको इटहरीस्थित कार्यालयका निमित्त कार्यवाहक...

काठमाडौंमा वायु प्रदुषणको मात्रा अत्याधिक बढ्यो

विराटनगर, २१ पुस-विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बर स्थानमा देखिएको छ । मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा आज बिहान एअर क्वालिटी...

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएको हो । विवेकशील नेपाली...

सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक फागुन २ गतेसम्मका लागि स्थगित

काठमाडौं । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको जनाएको छ । सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्