‘सुगुप’ चलचित्रको प्रिमियर शो २८ फागुनमा विराटनगरमा हुने
मङ्गलबार, ०८ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । लिम्बू समुदायको साँस्कृति कथा वस्तुमा आधारित रहेको चलचित्र ‘सुगुप’ विराटनगरमा प्रिमियर शो गरिने भएको छ । आगामी फागुन २८ गते विराटनगरमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा प्रिमियर गर्ने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा रबिनकुमार नाल्बोद्वारा प्रस्तुत चलचित्र सुगुपलाई विराटनगरमा रहेका किराँत राई यायोक्खा , किराँत याक्थ्युङ्ग चुम्लुङ्ग र किराँत याक्खा छुम्मा महानगर कमिटिले प्रिमियर शो गर्ने भएको छ ।
यस अघि हङकङमा प्रिमियर गरिसकेको सुगुप काठमाडौंमा फागुन १२ र १७ गते प्रिमियर शो पछि विराटनगरमा पनि प्रिमियर शो गर्न लागिएको प्रेस संयोजक प्रेम देवानले जानकारी दिए ।
सुगुप चलचित्रको निर्देशन युवा निर्देशक लोकेन साँवाले गरेका हुन् भने यसको पटकथा देबेन्द्र खापुङले लेखेका हुन् । हङकङका युवा ब्यावसायी , समाजसेवी तथा ग्रेण्ड मास्टर रबिन कुमार नाल्बो प्रमुख निर्माता रहेको सुगुपमा दिलमाया लाबुङ नाल्बो,र सैलेन्द्र कुमार नाल्बो निर्माता रहेका छन् भने एल पि साँवा,मनिसा नाल्बो,श्री प्रसाद माबो,राम प्रसाद पंधाक सह निर्माता रहेका छन् । फिल्ममा वरिष्ठ अभिनेता प्रेम सुब्बा, लिम्बू समुदायका चर्चित कलाकार मौसम ईम्बुङ लिम्बू (फुलेन्देको बाउ) र बबिता नेयोङहाङको मुख्य भुमिका रहेको सुगुपमा यासेली योङहाङ, त्यसैगरी विराटनगरकी मोडल तथा नव नायिका सुम्निमा खापुङले पनि यस फिल्ममा डेब्युु गरेकी छन् । युवराज राईको छाँयाङकन,बिपिन मल्लको सम्पादन,अशोक राईको संगीत,कमल राईको नृत्य, किशोर सम्बाहाङफेको द्वन्द निर्देशन रहेको छ । नेपाल र भारत दुबै देशको बिभिन्न ठाउहरुमा छाँयाङकन भएको सुगुप लिम्बू समुदायको बहुप्रतिक्षीत चलचित्र मानिएको छ । लिम्बू जातीमा प्रशव व्यथाका कारण मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने प्रचलन छ । सोहि विषयमा केन्द्रित रहेको फिल्म विराटनगरमा पनि प्रदर्शनी गरिने भएको हो । लिम्बू समुदायको मुन्धुममा सुत्केरी महिलाको मृत्युुमा गरिने अन्तिम संस्कारलाई सुगुप भनिन्छ ।
काठमाडौं, २६ जेठ-नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुसँग चर्को भाडा नलिएको स्पष्ट पारेका छन् ।महासंघ र उनको नाम जोडेर यात्रुसँग चर्को भाडा असुलेको समाचार बाहिर आएपछि महासचिव सिटौलाले स्पष्ट पारेका हुन् ।...
चितवन, २५ भदौ-चितवन मेडिकल कलेजमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको आज दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ...
विराटनगर, १४ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय २१ ज्ना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३ सय ८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट सात र मेची अस्पतालबाट एक जना...
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणको लागि प्रदेश तहबाट पनि लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्नेलगायतका माग कोशी प्रदेश सरकारलाई बुझाएको छ । नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष...
काठमाडौँ, २७ असोज-बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा...
विराटनगर, चैत १५–‘लक डाउन’ का कारण भएको खाद्यान्न अभाव न्युनीकरण गर्न विराटनगर महानगरपालिकाले राहत कोषको स्थापना गरेको छ । महागरपालिकाले नगरक्षेत्रभित्रका अति विपन्न, गरिब तथा सुकुम्बासी परिवारहरुमा पर्न गएको खाद्यान्न अभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न...
विराटनगर । प्रेस युनियन मोरङका सचिव तथा नेपाल पत्रकार महासंघ मोरङका जिल्ला कार्यसमिति सदस्य गोपाल पोखरेल सम्मानित भएका छन् । लिवर्टी नेपालको सातौं वार्षीक सधारणसभा तथा दशैंको सुभकामना आदानप्रदान कार्यक्रमका पोखरेले सम्मानित भएका हुन् ।सम्मानित...
विराटनगर । बेलायतमा क्रिकेटका क्षेत्रमा काम गर्दै आएको क्रिकेट विथ आउट बाउण्डरीले विराटनगरका ४ वटा सामुदायिक विद्यालयका छात्रा विद्यार्थी खेलाडीहरूलाई सहयोग गर्ने भएको छ । विथ आउट बाउण्डरी र नेपाल क्रिकेट फाउण्डेशनले आईतबार विराटनगरमा पत्रकार...