अन्तर–स्कुल क्रिकेट प्रतियोगिता, कोशी र अरनिको स्कुल क्वाटरफाइनलमा

 न्यूज विराट
अन्तर–स्कुल क्रिकेट प्रतियोगिता, कोशी र अरनिको स्कुल क्वाटरफाइनलमा

विराटनगर । विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा कोशी मोडेलले राइजिङ नेपाललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको राइजिङले निर्धारित १७ ओभर ९ विकेट गुमाई ७७ रन बनाएको थियो । जस्मा महमद इरफानले सर्वाधिक २७ रन बनाए । कोशीका रविन मण्डलले ३ विकेट लिए ।

७८ रनको लक्ष्य पछ्याएको कोशीले ५ दशमलव २ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । कोशीको जितमा म्यान अफ द म्याच रविन मण्डलले सर्वाधिक ६५ रनमा अविजित रहे । राइजिङका महमद समिर आलमले २ विकेट लिए ।

दोस्रो खेलमा अरनिको स्कुलले सगरमाथा स्कुललाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३६ रनको योगफल तयार पारेको थियो । जस्मा अमन यादव ३२ रन बनाउँदा लुसाङ गुरुङले २९ रनको योगदान दिए । सगरमाथाका विखिल साहले ३ विकेट लिए ।

१ सय ३७ रनको विजयी लक्ष्य पाएको सगरमाथाले ११ ओभरमा सवै विकेट गुमाई ४४ रनमा सिमित भयो । जस्मा सौरभ रायले सर्वाधिक ११ रन बनाए । अरनिकोका म्यान अफ म्याच लुसाङ गुरुङले सर्वाधिक ३ विकेट लिए ।

सम्बन्धित समाचार

कोरोना असर : स्वदेश फर्किए ७७ हजार नेपाली

काठमाडौं, १० असोज-कोभिड-१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९ सय ६७ नेपाली स्वदेश आएका छन् ।  कोभिड-१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सीसीएमसी) का अनुसार बिहीबारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा...

रोटरी क्लब अफ विराटनगर डाउनटानद्वारा साक्षरता अभियान सञ्चालन

विराटनगर, १७ भदौ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले साक्षरता अभियान सुरु गरेको छ । महिला एवम् युवतीहरुका लागि क्लबले साक्षरता अभियान सञ्चालन गरेको हो । क्लबले सेप्टेम्बर महिनाभरी आधारभूत शिक्षा र साक्षरता महिनाका रुपमा...

कोशी सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा, सोमबारबाट मुद्दाको निरन्तर सुनुवाई हुने

विराटनगर । कोशी प्रदेश सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजालसले मुद्दालाई अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउन आइतबार आदेश गरेको हो । इजलासले...

नेकपा विवाद समाधान गर्न पौडेलको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं,  ३० साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ...

कोरोनाबाट बच्न ब्लीच खान सल्लाह दिने डाक्टर बर्खास्त

एजेन्सी, जेठ ३२-पेरुमा एक जना डाक्टरलाई कोरोबाटबाट बच्नका लागि क्लोरिन डाइअक्साइड खान सल्लाह दिएपछि बर्खास्त गरिएको छ ।डा.अमीलकार वांकावारी कोरोना भाइरसको महामारी नियन्त्रणका लागि बनेको दक्षिणी प्रान्त आयाइचोको रेस्पोन्स टिमका प्रमुख थिए । क्लोरिन डाइअक्साईड...

शिक्षादीप कलेजका विद्यार्थीले उडाए ‘वाटर रकेट’, बुधबारबाट सुरू भयो ६ दिने कार्यशाला

विराटनगर । पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार हुँदा विराटनगरस्थित शिक्षादीप कलेजका ७ जना विद्यार्थीको अनुहारमा बेग्लै चमक देखियो । कक्षा १२ मा विज्ञान संकाय लिएर अध्ययन गर्दै आएका आयुष ठाकुर, रितेस...

मोरङको रंगेलीबाट ३ सय केजी गाँजा बरामद, दुई जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट तीन सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले गाँजासहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले रंगेली नगरपालिका –...

सीमा नाका खुल्ला गर्न माग गर्दै सीमा क्षेत्रमा धर्ना

विराटनगर, २० मंसिर–कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले बन्द गरेको नेपाल–भारत सीमा नाका खोल्नुपर्ने माग गर्दै सीमा क्षेत्रका स्थानीयले अनिश्चीत कालिन धर्ना सुरु गरेका छन् । नेपाल भारत खुल्ला सीमा सम्वाद समुहले भारतीय नाकासँग जोडिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्