अन्तरविद्यालय स्तरीय विज्ञान प्रदर्शनी, ३५ स्कुलको सहभागि

 न्यूज विराट
अन्तरविद्यालय स्तरीय विज्ञान प्रदर्शनी, ३५ स्कुलको सहभागि

विराटनगर । विराटनगर महानगरपालिकाले अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे ।

विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीमा विराटनगर क्षेत्रका ३५ वटा विद्यालयले सहभागिता जनाएका छन् । ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थीमध्ये हरेक विद्यालयबाट १ जना छात्रासहित ५ जना विद्यार्थीले सहभागिता जनाएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीहरुमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गर्ने बताए । महानगरपालिकाले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताउँदै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन भएको उल्लेख गरे ।

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले सामुदायिक विद्यालयको स्तरवृद्धि गर्नुपर्नेमा जोड दिए । उनले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढे निजी विद्यालयलाई आपत्ति नहुने प्रस्ट पारे ।
महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल, विराटनगर अध्यक्ष मोहन बुढाथोकी, हिसान मोरङ अध्यक्ष अमित ढकाल, महानगर शिक्षा समितिकी सदस्य सावित्री पराजुली, सन्तोष पोखरेल, पोखरिया माविका प्रअ खेमराज भट्टराईलगायतको उपस्थितिमा भएको उद्घाटन समारोहमा जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतम, शिक्षक महासंघ विराटनगरका अध्यक्ष वेदु खतिवडालगायतले महानगरले विज्ञान प्रदर्शनी गरेर महत्वपूर्ण कार्य गरेको बताए ।

प्रदर्शनीमा प्रथमले १०, द्वितीयले ७, तृतीयले ५ र चौथो हुनेले ३ हजार पुरस्कारका साथमा शिल्ड, ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार त्यसबाहेक सहभागी विद्यालयमध्येबाट उत्कृष्ट अनुकूलन, उत्कृष्ट प्रस्तुति, उत्कृष्ट भविष्यात्मक दृष्टिकोण र उत्कृष्ट स्टल सजावट गरी चार विधामा पनि पुरस्कृत गरिनेछ । सो कार्यक्रम नगर बाल सञ्जालका अध्यक्ष आदित्य झाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

आयल निगमले सुरु गर्यो अनलाइन सेवा

काठमाडौं, साउन ६ । नेपाल आयल निगमले अनलाइन प्रणालीबाट सेवा सुरु गरेको छ । निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गरेर आफ्ना सेवा अनलाइनबाट दिन सुरु गरेको हो । करिब तीन महिनाको परीक्षणपछि सोमबारदेखि पूर्ण...

साझा प्रस्तावका लागि भोलि १ बजेसम्म नेकपा बैठक लम्ब्याइयो

काठमाडौं, १६ मंसिर-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक भोलि १ बजे बस्ने गरी सकिको छ । मंगलबारको बेठकमा पनि अध्यक्षद्वयबाट साझा प्रस्ताव ल्याउनेबारे सहमति जुट्न सकेन । आजको बैठकमा अध्यक्षद्वयले आ-आफ्नो धारणा...

विद्युत् प्राधिकरणमा चोरको आतंक, ट्रान्सफर्मरदेखि अर्थिङ तारसम्म चोरी

विराटनगर । मोरङको सुन्दरहरैंचामा विद्युत् ट्रान्सफर्मर चोरीको घटना सामाजिक सञ्जालमा ट्रोलको विषय बनेको छ । गत बुधबार राति चोरको समूहले सुन्दरहरैंचा जोगियारेस्थित ट्रान्सफर्मर नै चोरेर लगेपछि यो घटना सार्वजनिक चासोमा आएको हो ।प्रहरीका अनुसार चोरले...

देशभर संक्रमितको संख्या ३० हजार नाघ्यो

काठमाडौं, ५ भदौ–नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

नेपालमा कोरोनाबाट थप १ संक्रमितको मृत्यु

काठमाडौं, २५ साउन-पोखरामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ संक्रमितको मृत्यु भएको छ । ​पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत १ कोरोना संक्रमितको गएराति ११ः३५  बजे पोखरा-१९ लामाचौरका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । पोखरा स्वास्थ्य...

मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अवलम्बन गर्न सङ्घको सुझाव

काठमाडौं, १ बैशाख-नेपाल उद्योग परिसङ्घले कोरोना भाइरसका कारण देखापरेको प्रतिकूल परिस्थितिको सामना गर्न विस्तारित मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अघि सार्न सरकारलाई सुझाव दिएको छ । सङ्घको प्रतिनिधिमण्डलले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज...

कोशी अस्पतालको आइसोलेशनमा एक व्यक्तिको मृत्यु, कोरोना परीक्षण हुँदै

विराटनगर, साउन २–विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा कोरोनाको आशंका गरिएका एक व्यक्तिको बुधबार मृत्यु भएको छ । श्वासप्रश्वासको समस्या भएपछि मंगलबार राति १० बजे अस्पताल पुगेका विराटनगर ९ गुद्रीका ४५ वर्षीय पुरुषको बुधबार दिउँसो १ः३० बजे...

जिल्ला बचत तथा ऋण सहकारीमा निर्वाचन, ६ सदस्य पदको लागि १४ जनाको उम्मेदवारी

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको पदाधिकारी सर्वसम्मत रूपमा चयन भएपनि संचालक समितिको खुल्ला सदस्यहरूमा भने निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्