मोरङमा उत्कृष्ट काम गर्दै सरुवा भए एसपी दीपक पोखरेल, यस्ता छन् सफल अनुसन्धान

 न्यूज विराट
मोरङमा उत्कृष्ट काम गर्दै सरुवा भए एसपी दीपक पोखरेल, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । विराटनगर– १९ मिलन चोककी २८ बर्सिया प्रियङ्का सुनारको हत्या आफ्नै श्रीमानको योजनामा भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पुरुषसँग अनैतिक सम्बन्ध रहेको भन्दै प्रियाकाको हत्या गर्न २९ वर्षीय श्रीमान् रमेश साहसहित प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । प्रिंयाङकाको हत्या गरेपछि ८ फागुनमा बुढीगंगा गाउँपालिका–२ स्थित अमाहीस्थित नरसिंह चौधरीको गाई गोठमा शव प्लास्टिकको बोरामा फेला परेको थियो ।
शव भेटिएपछि सुनारको हत्या आरोपमा श्रीमान् रमेश, इटहरी गाँउपालिकाका ६२ वर्षीय रामानन्द राम, ३५ वर्षीय उमेश सरदार, विराटनगर–७ का ५३ वर्षीय श्रीराम चौधरी लाई पक्राउ गरेको थियो । अहिले उनीहरू मोरङ अदालतको आदेशपछि कैद भुक्तानको लागि मोरङ कारागारमा छन् ।

झापा, मोरङ र सुनसरीमा रहेको शैक्षिक संस्थामा चन्दा आतंक सृजना गर्ने र नदिए विस्फोटक पदार्थ राखेर ध्वांसात्मक गतिविधि गर्ने समूहका दुई जना सदस्यलाई मोरङ प्रहरीले पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा इलाम माम्सेवुङ गाउँपालिका १ गजुरमुखी घर भई काठमाडौँ स्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको याङवरक गाउँपालिका १ का ३० वर्षीय विपिन अधिकारी रहेका छन् । भूमिगत संगठनको नाममा महासचिव महावीरको दस्तखत भएको नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० लेखिएको लेटर प्याड प्रयोग गरी चन्दा माग गर्ने र नदिए विस्फोटक पदार्थ राखेर आतंक सृजना गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
मङ्गलवार बिहान विराटनगर–३ मा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले ‘डिस्पोज’ गरेको थियो । डिस्पोज गरिएको शङ्कास्पद बस्तु कुकर बम भएको पुष्टि भएको छ । सो घटनामा पनि उनीहरूको संलग्नता रहेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । चन्दा नदिने शैक्षिक संस्था अगाडी पनि विस्फोट गराउने उनीहरूको उद्देश्य थियो । मोरङ प्रहरीले बेलैमा सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिएको कारणले थप आपराधिक क्रियाकलाप हुन पाएनन् । पक्राउ परेका दुवै जनाविरुद्ध विस्फोटक पदार्थ ऐनअन्तर्गत मोरङ अदालतमा म्याद थप गरी अहिले अनुसन्धान भइरहेको छ ।

उल्लेखित घटना प्रतिनिधि मूलक हुन् । मोरङ प्रहरी प्रमुख भएर एसपी दीपक पोखरेल आएपछि एक वर्ष मोरङमा उत्कृष्ट काम गर्दै सरुवा भएका छन् । पोखरेलको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा नियमित सरुवा भएको हो । उनको कार्यकालमा मोरङमा जति पनि घटेका जघन्य अपराधको घटनामा संलग्नलाई पक्राउ गरी सफल अनुसन्धान गरी कारवाईको दायरामा ल्याएका छन् । गम्भीर प्रकृतिका अपराध गरी फरार अभियुक्तहरूलाई पक्राउ गरी कानुनी कारवाईको दायरमा ल्याएका छन् । एक वर्षमा मोरङमा २ हजार ३ सय १६ वटा मुद्दा दर्ता भए । ०७९ माघ २० देखि माघ २९ गतेसम्म दर्ता भएका मध्ये १ हजार ४ सय ५६ मुद्दा फच्र्छौट भएको छ । बाँकी ८६० रहेको छ । जसमध्ये २ हजार १ सय ८७ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये १ हजार ९४८ पुरुष र २ सय ३९ जना महिला रहेको मोरङ प्रहरीको अभिलेखमा देखिन्छ ।

१४ जिल्ला मध्ये फरार समात्न मोरङ प्रहरी अगाडी

फैसला कार्यान्वयनमा पनि मोरङ प्रहरी उत्कृष्ट देखिएको छ । अदालतले दोषी ठहर गरी फरार अभियुक्त पक्राउ गरी कारवाईको दायरामा ल्याउन पनि मोरङ प्रहरी अगाडी रहेको प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ ।
चालु आर्थिक वर्षको मङ्सिर सम्ममा कोसी प्रदेशमा ५५६ जना फरार अभियुक्त पक्राउ गरेको छ । जसमध्ये चालु आर्थिक वर्षको पाँच महिनामा मोरङ प्रहरीले मात्रै २६६ जना पक्राउ गरेको छ । यो पक्राउ सङ्ख्या १४ जिल्ला मध्ये मोरङ अगाडी हो । एसपी पोखरेल आएपछि एक वर्षमा भने ४ सय ६६ जना फरार अभियुक्त पक्राउ गरी १ सय ८९ वर्ष ५ महिना ३ दिन कैद र ७० करोड ५४ लाख ८० हजार ७७६ रुपैयाँ राजस्व असुली गरेको छ ।


फरार पक्राउ पर्ने अभियुक्त कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी, डाक्या लगायत मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको एसपी पोखरेलले बताए । ‘ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउनपर्छ, त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौँ,’ एसपी पोखरेलले भने, ‘अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी फरार पक्राउ अभियान सुरु गरिएको हो ।’ अभियानका माध्यमबाट अपराध गरेर जितिदिन लुकीछिपी वसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैनन् भन्ने सन्देश पनि दिएको एसपी पोखरेलले बताए । ‘अपराध गरेपछि सजाय भुक्तान नगरी बचेर बस्न सकिँदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमबाट समाजमा अपराधको न्यूनीकरण पनि गर्नका लागि सचेतना फैलने आसा गरिएको छ,’ उनले भने ।
यसैगरी मोरङ प्रहरीले एक वर्षमा १२ करोड ८१ लख ४ हजार ८६१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । प्रहरीले १ हजार ३ सय ८३ केजी गाँजा, ५ सय मिलिग्राम चरेश बरामद गरेको छ ।

सम्बन्धित समाचार

हुन्डीको ६५ लाख रुपैयाँसहित कालीमाटीबाट भारतीय नागरिक पक्राउ

काठमाडौं, १५ असार-काठमाडौंको कालीमाटीबाट हुन्डीको ६५ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक रमेश सिंह रहेको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी किशोर कार्कीले बताए । एसपी कार्कीका अनुसार सिंहलाई महानगरीय...

संक्रमितको संख्या घट्दै, शनिबार ७० जनामा कोरोना पुष्टि

काठमाडौं, २७ असार-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । शुक्रबार १ सय १८ जना नयाँ कोरोना संक्रमित थपिएका थिए ।...

सञ्चालनमा आयो मोतीपुर सबस्टेशन, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

काठमाडौँ, २७ मङ्सिर-रुपन्देही र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली उपलब्ध गराउन महत्वपूर्ण मानिएका पूर्वाधार एकपछि अर्को गर्दै निर्माण सम्पन्न हुन थालेका छन् । प्राधिकरण नेतृत्वको नियमित अनुमगन र आवश्यक निर्देशनका कारण ऊर्जाका पूर्वाधारको विकास र...

धाँधली भएको आरोप लगाएर ट्रम्पले दिएको उजुरी अदालतद्वारा खारेज

एजेन्सी, २१ कात्तिक-अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवारसमेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न...

गृह जिल्ला झापा आएर प्रधानमन्त्री ओलीले भने–मलाई हटाएर देखाउनुस

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी ओलीले आफुलाई पदबाट हटाएर देखाउन चुनौती दिएका छन् । गृहजिल्ला झापा आएका ओलीले दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको संगमस्थलमा बन्ने चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्याश कार्यक्रमलाई सम्बोधन...

विराटनगरका उद्योगी श्रवण अग्रवाललाई कुटपिट गर्नेमाथि कारबाहीको माग (विज्ञप्तीसहित)

विराटनगर, २ फागुन । विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ । विराट व्यापार संघले एक विज्ञप्ती प्रकाशित गर्दै कुटपिटमा संलग्न पवन शर्मालाई कारबाही गर्न माग गरेको हो । व्यापार संघले अग्रवालमाथि...

राज्यले क्रिकेटमा लगानी बढाउनुपर्छ : क्यान अध्यक्ष चन्द

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले ग्रामिण क्षेत्रमा क्रिकेट खेलको विकास गरेर अगाडी बढनुपर्ने बताएका छन् । विराटनगरमा मंगलबारदेखि सुरू भएको तेस्रो इक्युवालिटि कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष चन्दले यस्तो...

सुनको मूल्य प्रतितोला १ लाख नजिक

काठमाडौं, साउन १६-पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य बढेर प्रतितोला १ लाखको नजिक पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ३ सयले बढेको छ भने चाँदी २५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्