अध्ययनमा अब्बल विद्यार्थीलाई मेरिल्याण्डलको सम्मान

 न्यूज विराट
अध्ययनमा अब्बल विद्यार्थीलाई मेरिल्याण्डलको सम्मान

विराटनगर । विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजले कक्षा– ११ का उत्कृष्ट ५० विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । कलेज परिसरमा मंगलबार एक कार्यक्रम गरी उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

दोश्रो त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई एक कार्यक्रम आयोजना गरि कलेजले सम्मान गरेको प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए । विद्यार्थीहरुलाई नगद पाँच हजार, चार हजार र तीन हजार प्रदान गरी सम्मान गरिएको कलेजले जनाएको छ । कार्यक्रम नेपाल राष्ट्र बैंक विराटनगर शाखाका उपनिर्देशक मनोज गुरुङको प्रमुख आतिथ्यमा भएको थियो । विद्यार्थीहरुलाई कलेजका उपाध्यक्ष प्रा.डा . प्रमोद कुमार झा,प्रिन्सिपल लक्ष्मण ढकाल ,हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोख्रेल, डाइरेक्टरहरु डा. मनोज गुप्ता,प्रदिप भगत , नन्द किशोर अग्रवालले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरे ।

उक्त सम्मान कार्यक्रममा कलेजका कोअर्डीनेटर गणेश दाहाल, दिपेश भगत र मनिष पोख्रेल लगायत शिक्षकहरु टंक कोइराला,चिरन्जीवी कोइराला, बद्री पौडेल, नवजित प्रधान दिब्या लाल्वानीको पनि उपस्थित थियो । प्रमुख अतिथि गुरुङले मेरिल्याण्डले शिक्षा क्षेत्रमा गरेको प्रयाश निकै सराहनीय रहेको बताए । पुरस्कृत छात्रा मानश्वी अधिकारीले विराटनगरमा रहेर देशकै अग्रणी कलेजमा नाम राखेको मेरिल्यान्डले आन्तरिक परिक्षामा उत्कृष्ट पचास विद्यार्थीलाई यस वर्षदेखि नगद तथा सम्मान दिने परम्पराको थालनी गरेको र पुरस्कारको पहिलो र दोश्रो शृंखलामा आफु सहभागी हुन पाएकोमा ठुलो गौरव अनुभव भएको बताइन् ।
हरेक विद्यामा नम्बर एक हुँदै आएका मेरिल्याण्ड कलेजले यसै वर्षको कक्षा १२को बोर्ड परिक्षामा पनि सबभन्दा उत्कृष्ट ९५.३४ प्रतिशत नतिजा प्राप्त गरेर कोशी प्रदेशकै नाम उच्च बनाएको छ । कार्यक्रममा मेरिल्याण्ड कलेजका प्रिन्सिपल ढकालले मेरिल्याण्ड कलेजले हरेक वर्ष केहि नयाँ कुराको सुरुवात गर्ने गरेको बताए । मेरिल्याण्ड कलेज व्यवस्थापन शिक्षामा रुचि राख्ने कोशी र मधेशका हजारौं विद्यार्थीको पहिलो रोजाइमा पर्दै आएको छ ।

सम्बन्धित समाचार

देशभर कोरोना संक्रमणबाट १० जनाको मृत्यु

काठमाडौं, ४ असोज-गत २४ घण्टामा नेपालमा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ । आज ६ महिला चार पुरुष गरी १० जना संक्रमितको निधन भएको हो ।  आज काठमाडौंका चार, ललितपुर, भक्तपुर, चितवन, रूपन्देही र...

मृगौला पीडितको याचना

विराटनगर । मोरङको एक जना मृगौला पीडित विरामीले सहयोगको याचना गरेका छन् । ३५ वर्षीय रमेशकुमार सुतिहाले मृगौला बिग्रिएपछि उपचारको लागि सहयोगको याचना गरेका हुन् । दुई वर्षअघि विदेशबाट फर्किएका रमेशकुमार सिकिस्त बिरामी छन् ।...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली बस्ने

काठमाडौं, ८ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली दिउँसो २ बजे बस्ने भएको छ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने जनाइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी...

उत्तेजक धार्मिक अभिव्यक्ति दिँदै हिँडेका श्रीनिवास आचार्य पक्राउ

विराटनगर । धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउनेगरी अभिव्यक्ति दिदै हिडेका आफूलाई युवासन्त बताउने श्रीनिवास आचार्य स्वामीलाई प्रहरीले पक्राउ गरेको छ। श्री निवासचार्य उर्फ दिनेश पण्डितलाई प्रहरीले मंगलबार साझ पक्राउ गरेको हो । उनलाई प्रहरीले बराहक्षेत्र...

स्थानीय सरकारको सक्रियता, वडा नं. ४ मा विकासले तीव्रता पायो

[caption id="attachment_47222" align="alignnone" width="1000"] पथरीशनिश्चरे वडा नं. ४ राधाकृष्ण मन्दिर दक्षिण सख्वारा जाने सडकमा पर्ने कल्भर्टको शिलान्यास गर्दै वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, वडा सचिव दीर्घराज रायलगायत उपभोक्ता समिति ।[/caption] शनिश्चरे । केही दिनअघि कुशलबजार पूर्व पिप्ले...

लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन पार्टी सक्षम छः कोइराला

मोरङ, पस १९–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको जनाएका छन्। नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा शनिवार आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै...

कोभ्याक्सबाट सोमबारभित्र थप १३ लाख डोज अस्ट्राजेनेका खोप नेपाल आउँदै

काठमाडौँ । कोभ्याक्स संयन्त्रबाट नेपालले आगामी सोमबार थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप अस्ट्राजेनेका प्राप्त गर्ने भएको छ । बेलायतले कोभ्याक्स सुविधाबाट पठाउन लागेको २१ लाख ७४ हजार १६० डोज खोपमध्ये आउन...

कोशी अस्पताललाई १ करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण, अब आँखाको अल्ट्रासाउन्ड र जलबिन्दुको नशा जाँच हुने

विराटनगर । विराटनगरस्थित कोशी अस्पताललाई एक करोड ६ लाख बढीको अत्याधुनिक नेत्ररोग चिकित्सा उपकरण सहयोगमा आएपछि आँखाको अल्ट्रासाउन्ड र जलबिन्दु भएका विरामीहरुको आँखाका नशा जाँचलगायतका सेवाहरु सुचारू भएको छ ।तीन महिना अगाडीदेखि मोतियाबिन्दु लागेका विरामीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्