मुख्यमन्त्री कार्कीले कोशीमा तेस्रो पटक मन्त्रीपरिषद विस्तार गर्दै, चार बजे सपथ

 न्यूज विराट
मुख्यमन्त्री कार्कीले कोशीमा तेस्रो पटक मन्त्रीपरिषद विस्तार गर्दै, चार बजे सपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन् ।

मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । मुख्यमन्त्री कार्कीले आज अपराह्न चार बजे नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण हुने बताइएको छ ।
नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र रामकुमार खत्री मन्त्री बन्दैछन् । इन्दिरा थापा राज्यमन्त्री बन्नेछिन् । प्रदीपलाई स्वास्थ्य र रामकुमारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिन लागिएको मुख्यमन्त्री कार्यालय स्रोतले बतायो । राज्यमन्त्री थापाको भने मन्त्रालय टुंगो लागिसकेको छैन । उनलाई स्वास्थ्य राज्यमन्त्री बनाउने तयारी गरिएको बुझिएको छ ।

यसैगरी माओवादी केन्द्रबाट उदयपुरका नारायण बहादुर मगर र संखुवासभाका राजेन्द्र कार्की मन्त्री बन्दैछन् । मगरलाई सामाजिक विकास र कार्कीलाई खानेपानी मन्त्रालय दिने तयारी छ । मन्त्रालयको अन्तिम टुंगो लगाएर आजै चार बजे शपथ ग्रहण हुने मुख्यमन्त्री कार्कीले बताए । आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री कार्की स्वयमले राख्ने भएका छन् ।

हाल कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जवेगु र पर्यटन वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती छन् । यस्तै शमशेर राई आन्तरिक मामिला तथा कानुन मन्त्री छन् ।
गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक मन्त्रिपरिषदमा विस्तार गरेका थिए । त्यसबेला एमालेबाट रामबहादुर राना मगर र काँग्रेसका शम्शेर राईलाई मन्त्रीमा नियुक्त गरेका थिए । दोस्रो पटक १७ कार्तिकमा माओवादीलाई सरकारमा सामेल गराएपछि एमाले सरकारबाट बाहिरिएको थियो ।
प्रदेश सरकार गठन भएको सय दिन बितिसक्दा पनि सरकारले पूर्णता दिन नसेको भन्दै आलोचना खेप्दै आएका मुख्यमन्त्री कार्कीले तेस्रो पटक मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन् ।

कांग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । असोज २८ गते शपथग्रहण गरेका दिन नै उनले एमालेबाट रामबहादुर राना र कांग्रेसबाट शम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।
कार्कीले कात्तिक १ गते नै विश्वासको मत लिए । उनलाई राप्रपाका ६ सांसदबाहेक सबैले विश्वासको मत दिएका थिए ।

सम्बन्धित समाचार

संघीय संसदका अधिवेशन अन्त्य

राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदका दुवै अधिवेशन अन्त्य गरेकीछन् । सरकारको सिफारिसमा राष्ट्रपतिले २४ चैतदेखि लागु हुनेगरी अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । यसअघि सरकारले दुवै सदनका चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

मन्त्री भट्टराईद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

काठमाडौं, ७ साउन-आन्तरिक र बाह्य विमानहरूको उडान तयारीका अवस्थाका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । सरकारले १ भदौबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू सुचारु गर्ने निर्णय...

खुकुलो बनाउदै मोरंगमा फेरी थपियो एक हप्ता निषेधाज्ञाा

विराटनगर, २१ असार । अझ खुकुलो प्रावधानसहित मोरङमा थप एक साता निषेधाज्ञा लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले यस अघि भन्दा अझ खुकुलो बनाउदै निषेधाज्ञाको समयावधि एक साता थप गरेको हो । जिल्ला प्रशासन...

विराटनगरमा टेवल टेनिस प्रतियोगिता

विराटनगर । विश्व टेबल टेनिस दिवसको असर पारेर विराटनगरमा टेबल टेनिस प्रतियोगीता आयोजना गरेको छ । बिराटनगर टेबल टेनिस क्लबको आयोजनामा उक्त प्रतियोगिता आयोजना गरिएको हो । तियोगीतामा ६ ओटा इभेन्टहरुमा प्रतिस्पर्धा गराइएको थियो ।...

शिक्षामन्त्री भन्छन् : एसईईबारे एक साताभित्र निर्णय हुन्छ 

काठमाडौं, २२ जेठ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना...

विराटनगर महानगरका मेयर कोइराला र विश्व बैंकको टोलीबीच भेट

विराटनगर । विश्व बैंकको टोलीले विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालासँग भेट गरेको छ । भेटका अवसरमा विराटनगरको विकास निर्माणको विषयमा विश्व बैंकको टोलीले चासो राखेको बताइएको छ । विश्वबैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे बु्रक्स...

नेपाल एयरलाइन्सको नियमित काम कार्बाही सञ्चालनमा

काठमाडौँ, १९ कात्तिक-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नियमित काम कार्बाही सञ्चालनमा आएको छ । गत चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा...

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु

काठमाडौं, १५ असार-ललितपुरको स्टार अस्पतालमा उपचारका लागि भर्ना भएका १ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख खगेश्वर गेलालका अनुसार ति युवकको गएराति मृत्यु भएको हो । प्रमुख गेलालले, ‘उनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्