गण्डकीले ल्यायो २ अर्ब ९१ करोडको कोभिड-१९ कोष - News Birat

गण्डकीले ल्यायो २ अर्ब ९१ करोडको कोभिड-१९ कोष

न्यूज विराट

पोखरा, असार १-गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा उपचारका लागि २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँको कोष बनाउने घोषणा गरेको छ ।

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभाको बैठकमा आर्थिक बर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन् । उनले यो बजेट कोरोना महामारीको विरुद्धको लडाईमा खर्च गरिने बताएका छन् ।

सबै जिल्ला अस्पतालहरुमा आइसोलेशन वार्ड थप्ने, सबै जिल्ला अस्पतालमा आइसियु कक्ष सञ्चालन गर्ने तथा अस्पतालहरुको भौतिक पूवार्धार विकास गर्नका लागि यो रकम खर्च हुने अर्थमन्त्री गुरुङले बताए ।

अर्थमन्त्री गुरुङले कोरोना महामारीबाट धरासयी हुनबाट उद्योग धन्दालाई जोगाउन १ अर्ब बजेट विनियोजन गरेको बताए। उनले व्यवसाय जीवन रक्षा कोषका लागि १ अर्ब विनियोजन गरेको जानकारी दिए ।पुनर्जीवन उक्त कोषको व्यवस्था गरिएको उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles