विराटनगर । सुनसरी दुहबीका विश्व हिन्दु परिषद, युवा विभागका दुई युवा अभिशेख कुमार मण्डल र ओम प्रकाश विकले साइकल चढेर भारतको अयोध्याको दर्शन गरेका छन् । उनीहरुले अयोध्या दर्शनको लागि ८ दिन अगाडि दुहबीबाट साईकलमा यात्रा शुरु गरेका थिए । विभिन्न स्कुलहरुमा नृत्य प्रशिक्षण गर्दै उनीहरु अयोध्या दर्शन गर्न हिड्का हुन् ।
मन्दिरको बसाइँ र साईकल यात्रामा करिव ६०० किलोमिटर दुरि पार गरेका छन् । शनिबार दिउसो अयोध्याबाट फर्किदै गरेका हिन्दु परिषद परिवारका सदस्यहरुले गोरखपुरको कालेसर सहजनवा भन्ने ठाउँमा भेटेर सम्मान गरेका छन् । हिन्दु स्वयंसेवक संघ कोशी सम्वाहक सञ्चालक शियाराम रौनियार, सन्तोष रौनियार, रमेशबाबु थापा, राजकुमार रौनियार, डा. बालकृष्ण साह लगायतले सम्मान गरेका थिए ।
विना पैसा यात्रा प्रारम्भ गरेका दुई युवाहरुलाई बस्न र खानका लागि कुनै समस्या अहिलेसम्म नआईपरेको र हार्दिकताका साथ स्थानीयहरुले स्वागत सम्मान गरेको यात्री अभिशेखले बताए ।