कटहरीको दोश्रो गाउँसभा बैठक सकियो, साढे ८० लाखको ३० वटा नयाँ योजना थपियो

 न्यूज विराट
कटहरीको दोश्रो गाउँसभा बैठक सकियो, साढे ८० लाखको ३० वटा नयाँ योजना थपियो

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले साढे ८० लाख बढी लागतको ३० वटा भन्दा बढी योजना थप गरेको छ ।शनिबार बसेको कटहरी गाउँपालिकाको दोश्रो गाउँसभाको चौथौ अधिविशेनले ३० वटा योजना हटाउँदै नयाँ ३० वटा योजना थप गर्ने निर्णाय गरेको हो ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले योजनाहरूको प्रभावकारी कार्यान्वयका लागि आवश्यकता अनुसार योजना थपघट गर्दै कृषि तथा सिक्षा क्षेत्रको विकासमा थप नयाँ योजना तथा कार्यक्रम ल्याएको बताए । उनका अनुसार कटहरीमा माटो परीक्षण गर्न पालिकाले पाँच लाख रुपैयाँ लागतमा माटो जाँच मिनि ल्याब स्थापनाका लागि नयाँ कार्यक्रम थप गरिएको बताए । यसअघि माटो तथा वाली जाँच उपचार शिविरका लागि ६ लाख रुपैया पालिकाले वजेट विनियोजन गरेको थियो । कृषकको माग अनुसार मिनी ल्याब स्थापना गर्न प्रस्ताव ल्याइएको र त्यो चाँडै कार्यान्वयनमा आउने अध्यक्ष चौधरीले बताए ।

यसैगरी शत प्रतिशत अनुदानमा वर्षे सिजनको तरकारी मिनिकिट वितरण, तुलसी खेती गर्ने किशानलाई थप रकम अनुदान, कक्षा, ५ र ८ को स्तर मापन परीक्षा संचालन, विद्यालयमा इ–हाजिर जडान, विद्यालयलाई व्यववस्थित वनाउन डेक्सवेन्च खरिद तथा वितरण, अंग्रेजी माध्यमको पठनपाठनका लागि पाठयसमाग्री खरिद तथा वितरण, ५० प्रतिशत अनुदानमा मकै तथा गहुको विउ खरिद एंव वितरण तथा विभिन्न वडामा सडक तथा पुर्वाधर निमार्णका नयाँ योजनाहरु थप गर्दै आवश्यकता अनुसार वजेट विनियोजन गरिएको छ ।

वैठकमा गाउँपालिका उपाध्यक्ष सितादेवी राजवंशीले योजना तथा कार्यक्रम संशोधन गर्ने सम्वन्धमा प्रस्ताव पढेर सुनाएकी थिइन् । गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत मनोजकुमार साहले आवश्कता अनुसार योजना तथा कार्यक्रम संशोधन गर्दै आवश्यकता अनुसार वजेट विनियोजन गरिएको बताए ।
वैठकमा पालिकाको सात वटै वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले योजना कार्यान्वयनमा जोड दिनु पर्ने बताए । वैठकमा उठेका विषयलाई संवोधन गर्दै अध्यक्ष चौधरीले कृषीक्षेत्र लगायत सामाजिक कार्यलाई बढुवा दिनेगरि वडाले योजना तथा कार्यक्रम वनाउनुपर्ने बताए ।


बैठकले १ करोड ३० लाख २० हजार ५ सय बरावारको ३० वटा योजना हटाएको छ ।

सम्बन्धित समाचार

कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने

काठमाडौं, २४ जेठ-कोभिड-१९ को सङ्क्रमबाट निधन भएका व्यक्तिको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको कोभिड-१९ का कारण मृत्यु भएका बिरामीको शव व्यवस्थानसम्बन्धी कार्यविधि-२०७६ पहिलो संशोधनमा मृत शरीरसँग...

प्रदेशलाई चाँडै कोरोनामुक्त बनाइन्छ : मन्त्री घिमिरे

विराटनगर, जेठ ३१–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोरोनामुक्त बनाईने बताएका छन् । प्रदेश सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी रुपमा काम गरिरहेकाले बढीमा ४ महिना भित्रमा कोरोना मुक्त बनाईने...

कांग्रेस महाधिवेशनको कार्यतालिका परिमार्जन

काठमाडौं, १६ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो...

तेस्रो मिल्स टि– २० क्रिकेट : अभिषेकको सतकले वाइआरसीसी सेमिमा

विराटनगर । अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै सतक कटाएपछि विराटनगरको वाइआरसिसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज विहान भएको पहिलो खेलमा अभिषेकले ६२ बलमा...

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामको महत्वपूर्ण जीत

एजेन्सी, ११ कात्तिक-इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपर विजयी भएको छ ।  टोटनह्यामले गएराति बर्नलीलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । टोटनह्यामको सन हेङ्ग–मिनले निर्णायक गोल गरे । ह्यारी...

आजको मौसम : देशभर बदली हुने, केही भू-भागमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै भू-भागमा पानी पर्नेछ । आज राति प्रदेश १,...

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री कार्कीले कांग्रेसका विद्रोही सांसदमध्ये इलामका शम्शेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगर मन्त्री नियुक्त गरेका हुन्...

शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याब सञ्चालन

काठमाडौं, १२ जेठ-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ । शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याव स्थापना गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा.रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरिन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्