हिसान स्पोर्ट्स मिट : फुटबलको उपाधि अर्किड कलेजलाई

 न्यूज विराट
हिसान स्पोर्ट्स मिट : फुटबलको उपाधि अर्किड कलेजलाई

विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत फुटबलतर्फको दुवै स्पर्धाको उपाधि विराटनगरको अर्किड कलेजले जितेको छ ।

विराटनगरको शहिद मैदानमा मंगलबार राती सम्पन्न भएको फुटबलतर्फको दुवै स्पर्धाको उपाधिे अर्किड कलेजले जितेको हो ।
पहिलो पटक हिसान खेल महोत्सवमा समावेश गरेको छात्रा फुटबलको फाइनलमा विराटनगरको अर्किड कलेजले पथरीको रेड स्टार कलेजलाई १–० को गोल अन्तरले पराजित गरि पहिलो उपाधि हात पारेको हो ।
अर्किडको जितमा समिक्षा आचार्यले एक मात्र निणार्यक गोल गरिन् । उनी फाइनल खेलको ओमेन अफ फाइनलसँगै उत्कृष्ट स्ट्राइकर र ओमेन अफ टुर्नामेन्ट समेत घोषण भइन् । त्यस्तै उत्कृष्ट गोल किपरमा अर्किडकी प्रियंका थन्दार र उत्कृष्ट मिडफिल्डर रेड स्टारकी प्रमिसा श्रेष्ठ घोषित भइन् ।

त्यस्तै छात्र फुटबलको फाइनलमा विराटनगरको अर्किड कलेजले नै पथरीकोे रेड स्टार कलेजलाई १–० को गोल अन्तरले पराजित गरि उपाधि हात पारेको हो ।
अर्किडको जितमा सन्दिप थापा मगरले एक मात्र निणार्यक गोल गरे । प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर अर्किडका सन्दिप थापा मगर, उत्कृष्ट स्ट्राइकर अर्किडकै प्रनिल थापा मगर, उत्कृष्ट गोलकिपर अर्किडका पर्वत राजवंशी, उत्कृष्ट डिफेन्स रेड स्टारका भिशन राई र म्यान अफ टुर्नामेन्ट अर्किडका सागर विश्वकर्मा घोषित भए ।
माघ १० गतेदेखि शुरु भएको प्रतियोगिमा हिसानसँग आवद्ध २९ वटा कलेजहरुका १ हजार २ सय बढी विद्यार्थीहरुले सभागिता रहेको थियो ।

विजेता खेलाडी तथा अन्यलाई प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ, विराटनगर महानगर पालिकाका प्रमुख नागेश कोइराला, हिसानको केन्द्रीय बरिष्ट उपाध्यक्ष युवराज शर्मा, केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्रदेश अध्यक्ष ज्ञानबहादुर खडका, प्रदेश सचिव दिपेश बास्तोला र मोरङ अध्यक्ष अमित ढकाललगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

सम्बन्धित समाचार

विराटनगरको शैक्षिक शान : मेरिल्याण्ड कलेज

विराटनगर । भनिन्छ अबको युग व्यवस्थापनको हो । व्यवस्थापन विज्ञान मात्रै होइन कला पनि हो भनेर वेत्ताहरुले भन्दै आएका छन् ।यही व्यवस्थापकीय विज्ञान र कला अनि यसका आधारभूत ज्ञान विद्यार्थीमा सञ्चारित गराउँदै आएको एक अब्बल...

पेट्रोलको मूल्य १५० पुग्यो, डिजेलको १३३

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि गरेको छ । निगमले बिहीबार रातीदेखि लागुहुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य ५/५ रुपैयाँले बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोल १५० रुपैयाँ लिटर पुगेको छ भने डिजेल र...

एमपीआईएद्वारा ४० थान पीपीई र ५ हजार थान मास्क हस्तान्तरण

काठमाडौं, ११ वैशाख-मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) द्वारा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरिएको छ । कम्पनीले नेपाल प्रहरीलाई ४० थान पीपीई र ५ हजार थान मास्क हस्तान्तरण गरेको हो । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा...

थम रविदानन्द चौधरी कप : राइजिङ भेट्रान सेमिफाइनलमा

विराटनगर । सुनसरी इटहरीको राइजिङ भेट्रान्स क्लब प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङको ग्रामथान गाउँपालिका – ७ गणेश माविको खेल मैदानमा बिहीबार भएको खेलमा ढल्केजोवन भेट्रान प्रकाशपुरलाई ४–३गोलले...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३१५ संक्रमित थपिए, ३५० डिस्चार्ज

विराटनगर, २१ कात्तिक–प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय २३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा छ, इलाम, धनकुटा र भोजपुरमा तीन÷तीन, उदयपुरमा दुई, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा एक÷एक र...

फार्मास्यूटिकल एसोसिएसन कोशीले मनायो विश्व फार्मेसी दिवस, फर्मासिस्टको दरबन्दी बढाउन माग

विराटनगर । नेपाल फार्मास्यूटिकल एसोसिएसन कोशी प्रदेशले विश्व फार्मेशी दिवस मनाएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी विश्व फार्मेशी दिवस मनाएको हो । विराटनगरमा प्रभातफेरी, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गरी हर्षोल्लासका साथ दिवस...

राष्ट्रिय पुरुष हक्की प्रतियोगिता : सुदूरपश्चिम र पुलिस विजयी

विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन् ।विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले घरेलु टोली कोसी प्रदेशलाई ३–१...

धँखल वंशावलीद्धारा ज्येष्ठ सदस्यलाई सम्मान

विराटनगर । धँखल वंशावली सेवा समितिले परिवारका दुई जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । धंखल वंशावली सेवा समितिको १६ औं वार्षिक भेलामा एक कार्यक्रम आयोजना गरी चन्द्रा श्रेष्ठ र हरीनरसिंह श्रेष्ठ धँखललाई सम्मान गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्