एनसीडिए मोरङको अध्यक्षमा देशबन्धु ढकाल निर्वाचित, कसले कति पाए मत ?
आइतबार, २९ पुष, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए ) मोरङको अध्यक्षमा देशबन्धु ढकाल भारी मतअन्तरले निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट ९२ मत अन्तरले हराउँदै अध्यक्षमा ढकाल निर्वाचित भएका हुन् ।
२१३ मत ल्याएर ढकाल अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुदिनध्वज श्रेष्ठ १२१ मत मात्र प्राप्त गरे । पहिलो निर्वाचिनमा पनि ढकालले उपाध्यक्षमा श्रेष्ठलाई पराजित गरेका थिए । अध्यक्षका उम्मेदवार श्रेष्ठलाई नेपाल औषधी व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडाको समर्थन रहेका थिए ।
स्वच्छ, मर्यादित र निष्पक्ष रुपमा व्यवसाय संचालन गरि व्यवसायिहरुको हकहितमा अवरात खटिएको कारणले ढकालले अत्याधिक मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै अध्यक्ष ढकालले औषधी व्यसायीहरुलाई एक ढिका बनाएर सधै व्यवसायीहरुको हकहितमा लागि पर्ने बताए । अध्यक्षमा निर्वाचित भएका ढकाल म्यान अफ द इलेक्सन पनि भए । उनले सर्वाधिक मत ल्याएर अध्यक्षमा नर्वाचित भए । उनी यसअघि पनि उपाध्यक्षमा सर्वाधित मत ल्याएर निर्वाचित भएका थिए ।
यसैगरी वरिष्ठ उपाध्यक्ष हरीराज रेग्मी निर्वाचि भए । रेग्मीले १९४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी विनोद कुमार यादवले १३७ मत मात्र ल्याए । वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका रेग्मी ढकाल समूहका हुन् । यसैगरी गरि खुद्रा उपाध्यक्षमा मुकेश श्रिवास्तव निर्वाचित भए । श्रिवास्तवले १८१ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी पुष्प पोखरेल १४३ ल्याए । यसैगरी महासचिबमा अरुण कुमार ठाकुर निर्वाचित भए । ठाकुरले १९० मत ल्याएर माहासचिबमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी प्रकाश धिमालले १४३ मत पाए ।
कोषाध्यक्षमा मनोज कुमार मण्डलले १७८ मत ल्याएर निर्वाचि भए । उनका प्रतिस्पर्धी बेद बहादुर थापा (गणेश) ले १५७ मत पाए । सचिबमा सरीता चौधरीले २०१ मत ल्याएर निर्वाचित भइन् । उनका प्रतिस्पर्धी सुदन पौडेलले १३२ मत पाए । सहकोषाध्यक्षमा राजकुमार यादवले १९६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी तुलासा विश्वकर्माले १३९ मत ल्याए । थोक उपाध्यक्षमा जितु रजक निर्विरोध निर्वाचित भए । ढकाल समूहबाट उम्मेदवारी दिएका अनिल चौधरी शर्माले ढकाल समुहलाई धोका दिदै उम्मेदवारी दर्ता गरेपछि अन्तिम समयमा आएर फिर्ता लिएपछि रजक निर्विरोध भएका हुन् । एनसीडिका प्रदेशका अध्यक्षसहितका पदाधिकारीले शर्मालाई आगमी निर्वाचनमा एनसीडिएको प्रदेशमा लैजाने प्रतिवद्धता जनाएपछि अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिएका हुन् । त्यसपछि रजक सर्वसम्मत भए ।
यसैगरी खुद्रा सदस्यमा सुनिल कुमार चौधरीले १९२ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी शंकर यादवले १४२ मत पाए । यसैगरी थोक सदस्यमा राजेश कुमार मण्डलले २०८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी अन्जु बस्नेतले ९७ मत ल्याए । यसैगरी सदस्यहरुमा अरविन्द्र कुमार मण्डलले १९०, गौरव प्रसाद साहले १५५, किरण कुमार चौधरीले १८१ मत ल्याएर निर्वाचित भए ।
४ सय १५ मत रहेको एनसीडिए मोरङमा ३ सय ५५ मत खसेको थियो ।
विराटनगर। थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालत विराटनगरले आल अल्पकालिन अन्तरिम आदेश दिएको छ । थारु कल्याण कारणी सभा जिल्ला कार्य समितिको जेठ १९ र २० गतेका लागि तय भएको मोरङको १०...
एजेन्सी, जेठ २-अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप पनि चीनको विदेश मन्त्रालयले लगाएको छ । मन्त्रालयका प्रवक्ता झाओ...
विराटनगर, २८ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७ सय ३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म १७ हजार १ सय ५४ जना डिस्चार्ज भएका छन् । प्रदेश...
काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले संसदमा दर्ता गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार सो संगठनले राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । विधेयकमा भएका...
काठमाडौं, ६ मंसिर-पछिलो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा ३८७ महिला र ५१२ जना पुरुषमा कोरोना...
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले केही नयाँ कार्यक्रम राखेर सन्तुलित तरीकाको आगमी आर्थिक वर्षको लागि बजेट आएको बताएका छन् । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षका लागि बजेट प्रस्तुत...
सप्तरी, २१ साउन-सप्तरीमा मृत्यु भएका ३ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । कोरोना जस्तै लक्षण देखिएका ३ व्यक्तिको मृत्यु भएको मृतकमध्ये १ जना होम क्वारेन्टाइनमा थिए भने २ जना अस्पतालमा उपचार गराइरहेका थिए ।...
सरकारले गोप्य राखेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग ०७५ को प्रतिवेदन प्रकाशित गर्ने दुई संस्थामाथि कारबाही थालेपछि आयोगका सदस्यहरूले विरोध जनाएका छन् । ती संस्थामाथिको कारबाही रोक्न उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलसँग आग्रह पनि...