कटहरीले बेरुजु घटाउँदै, एक वर्षमा १० करोड ८४ लाख बेरुजु फछ्र्यौट
बिहिबार, २६ पुष, २०८०,
न्यूज विराट
विराटनगर । मोरङको कटहरी गाउँपालिकामा ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बेरुजु फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ । ६ वर्षमा जम्मा १४ करोड ११ लाख ७५ हजार बेरुजु रहेको मध्ये आर्थिक वर्षमा २०७७÷०७८ मा १० करोड ८४ लाख ३० हजार रुपैयाँ फछ्र्यौट भएको छ । अब बेरुजु फछ्र्यौट हुन ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बाँकी रहेको बिहीबार भएको कटहरी गाउँपालिकाको दोस्रो गाउँसभाको चौथो अधिवेशनमा जानकारी गराएको हो ।
कटहरीमा सबैभन्दा बढी बेरुजु आर्थिक वर्ष २०७८÷०७९ मा देखिएको छ । आर्थिक वर्षमा १ करोड ८५ लाख ९९ हजार ३३२ रुपैयाँ बेरुजु छ । यसैगरी ०७३÷०७४ मा १३ लाख ३७ हजार १२८ रुपैयाँ, ०७४÷ ०७५ मा ७ लाख ४१ ह्जार ५५३ रुपैयाँ, ०७५÷०७६ मा १४ लाख ९२ हजार ७ सय ९ रुपैया, ०७६÷०७७ मा ३७ लाख ४० हजार ३१९ रुपैयाँ, ०७७÷०७८ मा ७९ लाख ४६ हजार ५३५ रुपैयाँ बेरुजु रहेको गाउँपालिकाले गाउँसभामा जानकारी गराएको छ । कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले कटहरी गाउँपालिकाले बेरुजु घटाउन लागि परेको बताए । आर्थिक वर्ष मात्र १० करोड बढी बेरुजु फछ्र्यौट गरिएको उनले बताए । ‘अहिले बाँकी रहेको बेरुजु फछ्र्यौट गर्नको लागि गाउँसभा गरिएको हो । गाउँसभाबाट निर्णाय गरि बेरुजु फछ्र्यौट गर्न हामी लागि पर्नेछौं,’ उनले भने ।
झापा, १५ असोज-झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ बिगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण...
विराटनगर । मोरङ पथरीमा रहेको अन्नपूर्ण सेकेण्डरी स्कुलका निश्हित विश्वकर्मा पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टारको उपाधि जितेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको फाइनलमा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्हितले सिङ्गिङ स्टारको उपाधि...
दीपेन्द्रसिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । शनिबार पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ऐरीले आफ्नो पहिलो शतक प्रहार गरेका हुन् । ऐरीले १ सय ३६ बलमा १०० रन पूरा गरे । त्यसक्रममा उनले...
विराटनगर, २९ पुस-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको विस्तारित बैठक सम्पन्न भएको छ । जिल्लामा दलित समुदायका सवै प्रकारका समस्या पहिचान गरि समाधानका लागि अग्रसर हुने निर्णय गर्दै...
विराटनगर । कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आयोजक मिल्स भेट्रान्स क्लब पुगेको छ ।विराटनगरको जुट मिल खेल मैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा आयोजकले विराट भेट्रान्स क्बललाई २–१ गोलले पराजित...
काठमाडौं, १६ जेठ-अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशत नेपालको औषत आर्थिक वृद्धिदर पुगेको दाबी गरेका छन् । आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट विनियोजन गरेका अर्थमन्त्री खतिवडाले अर्थतन्त्र केही शिथिल भएको स्वीकार्दै...
काठमाडौं १६ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा...
काठमाडौं, २९ कात्तिक-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् । सत्तारुढ नेकपाभित्र चर्को विवाद भइरहेको बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल...