‘अब गियर चेन्ज’ गरेर सरकारले अघि बढ्छ : मन्त्री शर्मा

 न्यूज विराट
‘अब गियर चेन्ज’ गरेर सरकारले अघि बढ्छ : मन्त्री शर्मा

विराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्री शर्माले तत्काल सरकारको नेतृत्व परिवर्तन हुने सम्भावना नरहेको भन्दै वर्तमान सरकारले एक वर्ष पूरा गरेपछि नयाँ ढंगले ‘गियर चेन्ज’ गरेर अगाडि बढ्ने बताएकी छिन् । प्रेस सेन्टर मोरङले विराटनगरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘प्रचण्ड नेतृत्वको सरकार गठन भएको एक वर्ष पुस १० गते पूरा हुदैछ,’ उनले भनिन्, ‘अहिलेको भन्दा हाइस्पिटको गियर चेन्ज गरेर सरकारले काम कारवाही अगाडी बढाउनेछ ।’ एक वर्षको अवधिमा सरकारले प्राथमिकतामा राखेको सुशासन, आर्थिक समृद्धि र सेवा प्रवाहलाई प्रभावकारी बनाउने काममा सफल भएको मन्त्री शर्माले बताइन् । यस अवधिमा ललित निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी, सुन तस्करी जस्ता ठूला काण्डहरुमा सफल अनुसन्धान गरी अदालतमा मुद्दा दायर गर्न सरकार सफल भएको र त्यसले सुशासन स्थापनामा सरकार प्रतिबद्ध रहेको पुष्टि भएको उनले बताइन् । सूचना प्रविधिको विकासलाई विदेशी मुद्रा आर्जनको माध्यम बनाउन सकिने उनले बताइन् ।
मन्त्री शर्माले पछिल्लो समय सूचना प्रविधि(आइटी) सेवा निर्यात गरी स्वदेशमै बसेर प्रसस्त विदेशी मुद्रा आर्जन गर्ने सम्भावना बढेको भन्दै त्यसलाई नयाँ रोजगारीको क्षेत्रको रुपमा विकास गर्न सरकार प्रयत्नशील रहेको बताइन् ।

सम्बन्धित समाचार

प्रदेश १ मा शंकास्पद १० हजार बढीको परीक्षण गर्ने तयारी

विराटनगर, जेठ १–प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद १० हजार बढीको परीक्षण गरिने भएको छ । १४ वटै जिल्लाका १० हजार बढीको परीक्षण गर्नका लागि मन्त्रालयले तयारी सुरु गरेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान...

वीपीमा सप्तरीका २ संक्रमितको निधन

विराटनगर, १८ भदौ–सुनसरीको धरानस्थित वीपी कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहिबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश २ स्थित सप्तरीको राजविराज–७ का ५५ र ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।...

नारायणी एफएममा कार्यरत पत्रकार तिवारी पक्राउ

जनकपुर, २८ वैशाख-रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवलाई पर्सा प्रहरीले आज पक्राउ गरेको छ । वीरगञ्जको लिंकरोडस्थित एफएम स्टेसनकै प्रवेशद्वारबाट आज दिउँसो २ बजे पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको हो । एफएम स्टेसनको प्रवेशद्वार...

पूर्वाञ्चल स्कुलमा आमा–बुवा गायन तथा नृत्य प्रतियोगिता, प्रथम भइन् बिन्जु

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन स्कुलमा आमा – बुवा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको छ । सरस्वती पूजाको अवसर पारेर स्कुल परिसरमा बुधबार आमा बुवा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको हो ।...

हातेमालो फाउण्डेसनद्धारा हटलाइन सेवा सुरु

विराटनगर, चैत ११–कोभिड–१९ कोरोनाभाइरसको संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुले ओपिडी सेवा बन्द गरेसगै बिरामीहरुलाई उपचार तथा परामर्श दिन चिकित्सकहरुको संस्था हातेमालो फाउन्डेसनले हटलाइन सेवा सुरु गरेको छ । हटलाईनमा आएका समस्यालाई फोनबाटै परामर्श दिइने र...

पुष्पलालको स्मृतिमा आयोजित कविता प्रतियोगितामा रायमाझी प्रथम

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसका अवसरमा विराटनगरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ ।विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको प्रतियोगितामा ‘आरोहण’ शीर्षकको कविता वाचन गरेर मोरङकी कवि...

इलाममा आइटिएफ गठन, अध्यक्षमा किसान सुब्बा

विराटनगर । इलाममा आइ.टिएफ तेक्वान्डो एसोसिएसन संघ गठन भएको छ । समितिको अध्यक्षमा किसान सुब्बा खजुम रहेका छन् । समितिको उपाध्यक्षमा बबिता लिम्बु, सचिबमा मन प्रसाद लोङदम, कोषाध्यक्षमा तुलसी देवी खजुम र सदस्यहरूमा कमला लिम्बु,...

नेकपा सचिवालयको बैठक सोमबार बस्दै

काठमाडौं,  ३२ साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक सोमवार बिहान बस्ने भएको छ । बिहान ११ बजे बस्ने सचिवालय बैठक पार्टीभित्रको विवाद हल गर्ने उद्देेश्यसहित बोलाइएको हो । बैठक बिहान साढे ९ बजे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्