विराटनगर । मोरङको कटहरी गाउँपालिकामा कटहरी उद्योग वाणिज्य संघको कार्यालय संचालनमा ल्याईएको छ । गाउँपालिका नजिकैको शहिदचोकमा संघको कार्यालय संचालनमा आएको हो ।
सो ठाउँमा आयोजित कार्यक्रमकाबीच कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले संघको कार्यालय कोठाको उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले कटहरी गाउँपालिकामा उल्लेख्य संख्याका उद्योगहरु संचालनमा रहनुका साथै विभिन्न ब्यवसायिक प्रतिष्ठानहरु समेत रहेको बताए । विधिवतरुपमा संघको कार्यालय संचालनमा ल्याइएकाले कटहरी क्षेत्रका उद्योगि ब्यवसायिले संघबाट विभिन्न प्रकारका सहजिकरणको सेवा प्राप्त गर्नसक्ने विश्वास ब्यक्त गरे । अध्यक्ष चौधरीले संघलाई संरक्षण सम्बर्धन गर्न गाउँपालिकाले भुमिका खेल्ने आश्वासन समेत दिए ।
कटहरी उद्योग वाणिज्य संघका अध्यक्ष अरबिन्दकुमार शर्माले ४ बर्ष अघि नै कटहरी वाणिज्य संघको स्थापना गरिएको भएपनि २०८० साउनमा विधिवत दर्ता गरिएको जानकारी दिए । उनले संचालनमा ल्याईएको संघको कार्यालयले शुरुआति समयमा कर परामर्श सेवा संचालन गर्नुका साथै नापतौल कार्यालयको डोर बोलाएर कार्यालयमै ढकतराजुको नापजाँचको ब्यवस्था गर्ने बताए । उनले कटहरी उद्योग वाणिज्य संघलाई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले अभिभावकत्व ग्रहण गरिसकेको जानकारी समेत गराए ।
आउँदो ४ बर्षको कार्यकालमा संघको आफ्नै भवन स्थापना गर्नेगरि अघि बढिरहेको उनले बताए । कटहरी उद्योग वाणिज्य संघको ११ जना पदाधिकारीहरुमा महासचिवमा मदन साह,सचिवमा ओमप्रकाश अग्रवाल र कोषाध्यक्षमा राजेश जैसानी हरेका छन् । यस्तै सदस्यहरुमा महेश मुखिया,नारायण अग्रवाल,नुनुलाल कामत,गया कोईराला,विमल अग्रवाल,आनन्द साह र मुकेश सिंह रहेका छन् । कटहरीको सो संघमा हाल एकसय उद्योगि ब्यवसायि आबद्ध रहेको जनाएको छ ।
विराटनगर । विराटनगरको बसपार्कमा रहेको सम्राट क्यासिनोमा एमाले मोरङका सदस्य किरण लामा आइतबार मध्यराति प्रवेश गर्न खोजेपछि झडप भएको छ । लामाको नेतृत्वमा पुगेको एउटा समूह नै राति क्यासिनोभित्र पस्न खोजेको थियो । क्यासिनामा प्रवेश...
विराटनगर, साउन ३२, प्रदेश १ मा एक दर्जन पत्रकार तथा सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । आइतबार थप एक पत्रकारमा पुष्टि भएसँगै संक्रमित पत्रकार तथा सञ्चारकर्मीको संख्या १२ पुगेको हो । अहिलेसम्म फ्रन्टलाईनमा रहेर रिपोर्टिङ...
स्याङ्जा, १५ असार-भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो...
विराटनगर । विराटनगरको उत्तरी क्षेत्रको लिडिङ स्कुलको रुपमा रहेको विराटनगर–३ मा स्थित मोडर्न एरा इं. स्कलले ‘मोर्डन एरा लिटिल च्याम्स सिजन ३’ को छनोट चरण कार्यक्रम आयोजना गरेको छ । शुक्रवार छनोट चरणको कार्यक्रमको उदघाटन...
विराटनगर । विराटनगरको प्रतिष्ठित शैक्षिक संस्था मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई औपचारिक विदाई कार्यक्रम आयोजना गरेको छ । व्यवस्थापन शिक्षाको क्षेत्रमा उत्कृष्ट कलेजको रूपमा परिचित यस संस्थाले १९ औं ब्याचका ७१३ जना विद्यार्थीहरूलाई...
काठमाडौं, ९ भदौ-प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा छलफल सुरु भएको छ । दुबै अध्यक्षबीच नेकपा कार्यदलले पेस गरेको प्रतिवेदनमाथि छलफल सुरु भएकाे हाे । ३०...
काठमाडौं, १४ जेठ-गणतन्त्र दिवसमा ३ दिनसम्म दीपावली मनाउन सरकारले अनुरोध गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै जेठ १४, १५ र १६ गते साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो । १२...
जनकपुर, माघ १८प्रदेश सरकारका एक राज्यमन्त्रीले राजीनामा दिएको दुई दिनपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यसबारे टिप्पणी गरेका छन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झाले मंगलबार राजीनामा दिनुको कारण उनकै पार्टी रहेको...