
काठमाडौं, १४ जेठ-गणतन्त्र दिवसमा ३ दिनसम्म दीपावली मनाउन सरकारले अनुरोध गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै जेठ १४, १५ र १६ गते साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।
१२ जेठको मन्त्रिपरिषदको निर्णय अनुसार संघ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा ३ दिनसम्म दीपावली गरी गणतन्त्र दिवस मनाउने निर्णय भएअनुसार सोहीबमोजिम गर्न गराउन गृह मन्त्राले अनुरोध गरेको हो ।