ग्रामथानको सिधरामा भेट्रान्स फुटबल प्रतियोगिता हुने, उद्घाटनमा इटहरी र मोरङ भिड्ने
शुक्रबार, ०६ पुष, २०८०,
न्यूज विराट
विराटनगर । प्रथम ग्रामथान भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । इन्द्रेणी सामुदायिक विकास केन्द्रको आयोजनामा मोरङको ग्रामथान गाउँपालिका ३ सिधरास्थित वाणी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने भएको हो ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी पुस १४ देखि २९ गतेसम्म प्रतियोगिता हुने जानकारी गराएको छ । प्रतियोगितामा मोरङ र सुनसरीका १२ वटा भेट्रान फुटबल क्लबहरुले भाग लिने इन्द्रेणी सामुदायिक विकास केन्द्रका सचिब सम्पतलाल चौधरीले जानकारी दिए । नकाउट चरणको आधारमा हुने प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैयाँ र सेकेन्डले नगद ३० हजार रुपैयाँको साथै आकर्षक ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक दिन हुने खेलको म्यान अफ द म्याच हुने खेलाडीहरुलाई नगद १ हजार पाँच सय रुपैयाँ रहेको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख बढी रकम खर्च हुने आयोजकले अनुमान गरेको छ ।प्रतियोगिताको उद्घाटन खेल हाम्रो इटहरी भेट्रान्स फुटबल क्लब र मोरङको बोराबन भेट्रान्स फुटबल क्लबबीच प्रतियोगिता हुनेछ । प्रतियोगितामा युनाइटेड, विराट चोक, जनता, धरान दुहबी, मिल्स, विराट मेगा, ग्रामथान र गछिया भेट्रान्स फुटबल क्लबको सहभागि रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद बिकास बोड कोशी प्रदेशका सदस्य प्रदिप भगत थारुले ग्रामथानमा खेलकुदद क्षेत्रको विकास गर्न भेट्रान्स प्रतियोगिता आयोजना गरिएको बताए । ग्रामिण क्षेत्रमा हुने यस्तो खेलले खेलकुद क्षेत्र चलायमन हुने उनले बताए ।
विराटनगर, २६ असोज । सामाजिक क्षेत्रमा निरन्तर सकृय रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउन च्याउ खेती तालिम प्रदान गरेको छ । क्लबले मोरङको जहदा गाउँपालिका–२ का ३० जना महिला तथा युवतीहरुलाई दिवसको...
विराटनगर २ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ७४ जना कोरोना संक्रमित थपिए छन् । मोरङमा दुई सय ६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, संखुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम,...
काठमाडौं, १९ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ । पार्टीको विवाद समाधानको प्रयासस्वरुप दुई अध्यक्षबीच बालुवाटारमा छलफल सुरु भएको...
मस्को, जेठ १२–रुसमा संक्रमितको संख्या ३ लाख ५३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ४६ जना नयां थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ३ लाख ५३ हजार ४ सय २७ जना...
विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राउतले लगानी गरेको घरेलु टिम सांग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा पाहुना टोली भुटानको...
विराटनगर । मानव बेचविखन क्षेत्रमा काम गर्दै आइरहेको साना हात नामक संस्थाले चालु आर्थिक वर्षको ११ महिनामा १८१ जना महिला तथा बालवालिकाहरुको उद्धार गरेको छ । विभिन्न प्रलोभन देखाएर भारत लैजान लागेको नेपाल भारत मोरङको...
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले नेपाललाई लकडाउन गरेसँगै झापाका जनप्रतिनिधि अहिले विपन्न परिवार खोज्दै राहत बाड्न व्यस्त छन् । ८ नगरपालिकासहित १५ स्थानीय तह रहेको झापामा झण्डै ४५ हजार परिवारलाई...
विराटनगर । भ्रष्टचारीलाई कारवाहीको माग राख्दै विराटनगरमा प्रर्दशन गरिएको छ । भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्था विराटनगर मोरङले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी प्रदर्शन गरेका हुन् । भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन गरी दोषीलाई...