विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबारबाट महाधिवेशन प्रक्रिया सुरू गर्न लागेको छ। आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन गर्दै तलबाट महाधिवेशन प्रक्रिया थाल्न लागेको सचिवालय सदस्य सन्तोष परियारले जानकारी दिए।
‘मंसिर ११, १२, १३ गते महोत्तरीमा बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनसम्बन्धि कार्यविधि र सांगठनिक संरचना पारित गरेको थियो। तदनुरूप नै हामीले आज सातै प्रदेशमा वडा अधिवेशन गर्न लागेका छौं। आज सात प्रदेशका एक–एक वडामा अधिवेशन हुनेछ। त्यसका लागि केही पदाधिकारी र केन्द्रीय प्रतिनिधि खटाएका छौं,’ परियारले भने।
कोशी प्रदेशमा केन्द्रीय सदस्य विजय जैरू जानेछन्। उनी इटहरी उपमहानगरपालिका वडा नम्बर २० को अधिवेशनमा सहभागी हुनेछन्।