मोरङ कारागारमा बन्दीको शंकास्पद मृत्यु प्रकरण, चार सदस्यीय छानविन समिति गठन

 न्यूज विराट
मोरङ कारागारमा बन्दीको शंकास्पद मृत्यु प्रकरण, चार सदस्यीय छानविन समिति गठन

विराटनगर । मोरङ जिल्ला कारागारमा एक जना बन्दीको शंकास्पद मृत्यु भएको घटनामा छानविन समिति गठन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार यादवको नेतृत्वमा चार सदस्यीय छानविन समिति बुधबार गठन भएको हो ।

आफन्तले छानविन समितिको माग गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले छानविनका लागि समिति गठन गरेको छ । समितिका अन्य सदस्यहरुमा कोशी अस्पतालका डाक्टर मनोज ठाकुर, प्रहरी निरीक्षक हेमराज ओली र लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य छन् । उक्त समितिलाई बन्दीको मृत्यु भएको घटनाका सम्बन्धमा छानविन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताएका छन् ।
जवरजस्ती करणी मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका मोरङको लेटाङ–४ घर भएका ४० वर्षीय केशर बहादुर भुजेलको गत बिहीबार बेलुका झण्डै साढे ५ बजेतिर उपचारको क्रममा कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो । भूजेलको मृत्युको घटनालाई उनका परिवारले शंकास्पद भन्दै पोष्टमार्टम नगर्ने र घटनाको घानविन हुनुपर्ने अडान लिएका थिए । भुजेललाई कारागारभित्रै मरणासन्न हुने गरी कुटपिट गरेर उपचारका लागि ल्याइएको र मृत्यु भएको आफन्तको आरोप छ । तेसैले गर्दा पनि छानविनको माग गरिएको उनीहरुको भनाई छ ।
भुजेलको मृत्यु हुनुभन्दा एक घण्टा अगाडि ४ बजे मृतकका भान्जी एलिना भूजेललाई खबर गएको थियो । मृतकका आफन्तले शव हेर्दा कुटपिट गरेको देखिएको र टाउकोमा चोट तथा रगत देखिएको दाबी गरेका छन् ।


श्रीमानलाई कारागारभित्रै कुटपिटपछि घाइते बनाएर अस्पताल ल्याएको आशङ्का भएको भुजेलकी श्रीमती रामकुमारी भुजेलले बताइन् । पोष्टमार्टम गरेपछि छानविन ढिसमिस हुने अवस्था रहेको भन्दै आफन्तले कोशी अस्पतालको शवगृहमै शव राख्ने र छानविन प्रतिवेदन आएपछि मात्रै पोष्टमार्टम गर्न दिने बताएका छन् । ‘अहिलेसम्म शव बुझेका छैनौं,’ भान्जी एलिनाले भनिन् ।
कारागार प्रशासनले भने पेट दुख्ने र बान्ता हुन थालेपछि भुजेललाई बिहीबार दिउँसो १२ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पु¥याएको थियो । कोशीको आइसियू खाली नभएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान कारागार प्रशासनलाई हस्पिटलले भनेको थियो । तर, उनको उपचारको लागि अरु अस्पताल नलगिँदा उनको मृत्यु भएको थियो ।
मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदी बन्दी रहेका छन् । कारागार भित्र नाइकेको निर्देशनमा भाइ नाइकेहरुले कुटपिट गर्ने गरेको गुनासो बेलाबेलामा आउने गरेको छ । यस्तै कैद भुक्तान गरि निस्किएकाहरुले दिएको जानकारी अनुसार मोरङ कारागरामा १० दिन (१, ११ र २१ गते) भित्र कारागार भित्रको खानपिन गरेको हिसाब (बन्डा) नमिलाए कैदीबन्दीहरुलाई चौकीदार र उनका निर्देशनमा नाइके, भाइ नाइकेहरुले यातना दिने गर्छन् । यातना दिएको कारणले कतिपयको उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु हुने गरेका घटनाहरु पनि छन् । आफन्तले भने पटपटक पिसाव लाग्यो भन्नु र पेट दुख्या भन्दै शौचालय जानुमा भुजेलको अण्डकोषमा कुटपिट भएको लक्षण भएको दाबी गरेका छन् ।
मगर गत कार्तिक ६ गते जबरजस्ती करणीमा पक्राउ परेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग दायर गरेपछि मोरङ अदालतले मगरलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो । अदालतको आदेशपछि मगर कार्तिक अन्तिम सातादेखि मोरङ कारागारमा थिए । मोरङ कारागारमा शुक्रबारसम्म ९४७ पुरुष र ९५ महिला गरि १ हजार ४२ जना कैदीबन्दी रहेका छन् ।

सम्बन्धित समाचार

नेपाल प्रहरीमाथि जाइ लाग्ने चिनियाँ नागरिकलाई मुद्दा लगाइने

 काठमाडौं, २७ वैशाख-सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने ४ चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरूलाई आइतबार अभद्र...

आजको मौसम : पहाडी भू-भागमा वर्षा हुने

प्रदेश १ लगायतका प्रदेशका पहाडी भू-भागका केही स्थानमा आज अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी तथा मध्यपहाडी तथा तराईका केही भागमा हल्का तुवाँलो लाग्न सक्ने सम्भावना...

उपत्यका भित्रिने नाकामा थप कडाइ

काठमाडौं २४ वैशाख-जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले काठमाडौं उपत्यका भित्रिने मुड्खु, नागढुङ्गा, साँखु,...

रतुवामाईमा रसायनिक मल अभाव

विराटनगर, बैशाख २१–मोरङको रतुवामाई नगरपालिकामा रसायनिक मल अभाव भएपछी कृषकहरु यतिबेला चिन्तीत बनेका छन् । धान जोन र मकैको ब्लक क्षेत्र रहेको सो नगरपालिकामा कृषकहरु यतिबेला रासायनिक मल नपाएर हैरान भएका हुन् । चैते धान...

मोरङ ४(१) मा काँग्रेस नेता घिमिरेलाई हराउँदै एमालेका चौधरी निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नं. ४(१) मा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । काँग्रेसका नेता गुरूराज घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी प्रदेशसभामा निर्वाचित भएका हुन् । चौधरीले १५ हजार ४६५ मत ल्याएको...

मतान्तर बढाउदैं अमनलाल मोदी

विराटनगर । माओवादी केन्द्रका नेता अमनलाल मोदीले मतान्तर फराकिलो बनाउँदै लैजान थालेका छन् । मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका मोदीले ५ हजार ७९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले ४...

मोरङको सुन्दरहरैँचामा फर्म संचालकको हत्या, काम गर्ने दम्पत्तीले हत्या गरेको आशंका

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको आफ्नै कर्मचारीले हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । बिहीबार विहान बजगाईंको शव आफ्नै कुखुरा फर्म भित्र भेटिएको थियो । मोरङ प्रहरीका प्रमुख एसपी...

संकटको बेला उदयपुरका राजनीतिक दल एक ठाँउमा

उदयपुर, बैशाख १०-विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ विरुद्ध अहिले विश्वनै लडि रहेको छ । यो महामारीले नेपाललाई पनि छोएको छ । कोरोनाबाट नेपालको सबै भन्दा प्रभावित जिल्ला उदयपुर भाको छ । उदयपुरमा संक्रमितको संख्या...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्