आजको मौसम : पहाडी भू-भागमा वर्षा हुने - News Birat

आजको मौसम : पहाडी भू-भागमा वर्षा हुने

न्यूज विराट

प्रदेश १ लगायतका प्रदेशका पहाडी भू-भागका केही स्थानमा आज अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी तथा मध्यपहाडी तथा तराईका केही भागमा हल्का तुवाँलो लाग्न सक्ने सम्भावना छ ।

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।

शनिबार अपराह्नपछि पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ । आइतबार अपराह्नपछि पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles