जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि रेडस्टार र सुविजिमुर स्कुललाई
शनिबार, २३ मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार र सुन्दरहरैचना नगरपालिकामा रहेको सुविजिमुर मेमोरियल स्कुललले जितेको छ । प्याब्सन मोरङले विराटनगरमा शनिबार आयोजना गरेको लोकनृत्य प्रतियोगिताको फाइनलमा रेडस्टारले जुनियरतर्फ र सुविजिमुरले सिनियरतर्फको उपाधि जितेका हुन् ।
पालिकाबाट छनौट भएर फाइनलमा ३८ वटा विद्यालय पुगेका थिए । विराटनगरस्थित आरोहण गुरुकुलमा भएको प्रतियोगिताको फाइनलमा जुनियरतर्फ रेडस्टारले २० र सिनियरतर्फ सुविजिमुरले १६ वटा विद्यालयलाई पछि पार्दै उपाधि हात पारेको हो ।
जुनियर तर्फको द्धितीय सुन्दरहरैचाको स्कर्लसहोम स्कुल, तृतीय पथरीको एभरेष्ट स्कुल र सान्तवना बुढीगंगा गाउँपालिकाको मोरङ पब्लिक स्कुल भयो ।
यसैगरी सिनियरतर्फको द्धितीय पथरीको रडेस्टर, तृतीय बेलबारीको बालजगत स्कुल र सान्तवना सुन्दरहरैचाको बालप्रतिभा स्कुल भएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १५ हजार, द्धितीयले १० हजार, तृतीयले ५ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायकहरुमा रोशन कर्मचार्य, देवराज खड्का, मिथुन ठाकुर रहेका थिए । कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की रहेका थिए । प्याब्सन मोरङले विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले प्रत्येक वर्ष जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिता गर्दै आएको प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए । प्याब्सनले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्दै संस्कृति संरक्षणमा पनि महत्वपूर्ण भुमिका खेल्दै आएको बताए । प्रतियोगिताको फाइनलमा जुनियरतर्फ पूर्वाञ्चल पब्लिक, एभरेष्ट स्कुल, दिव्यज्योति, हिमालय बालसंसार, एभरेष्ट, मिनिल्याण्ड, आर्दश, बालप्रतिभा, जिवन विकास, सनग्लोरी, स्कर्लसहोम, एजेलिया, माउण्टएभरेष्ट, रेडस्टार, शिक्षा सन्देश, सप्तकोशी, मोरङ पब्लिक, माउण्ड मकालु, सनसाइन, रिलायन्स र भानु सेकेण्डरी स्कुल पुगेका थिए । यसैगरी सिनियरतर्फ विध्याज्योति, आर्दश, रिलायन्स, एभरेष्ट, लम्भिएन्जल्स, बालजगत, पूर्वाञ्चल, सुविजिमुर मेमेरियल, अरनिको, सिद्धार्थ सिसुसदन, मिनिल्याण्ड, जिवन विकास, पशुपति, भृकृटिमोडल, बालप्रतिभा, सनसाइन र रेडस्टार स्कुल फाइनलमा पुग्न सफल भएका थिए ।
विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले सचिवालय भवनका लागि जग्गा प्राप्त गरेको छ । विराटनगर महानगरपालिका ४ का लक्ष्मण बस्नेतले बुढिगंगा गाउंपालिका २ सक्मामा १ कठ्ठा जग्गा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश...
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसीसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबीएससी उपाधि नजिक पुगेको हो । वाइआरसीसीले उपाधिको लागि बिहीबार अन्तिम सेमिफाइनल...
काठमाडौंबाट काँकडभित्ता गइरहेको बस धनुषामा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । प्रदेश ३–०१–००५ ख ९७२१ नम्बरको बस आज बिहान ४ बजे दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले...
काठमाडौं, २ असार-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रमिक सूचना बैंक स्थपना गर्ने घोषणा गरेका छन् । सरकारले नीति तथा कार्यक्रम अनुसार आर्थिक वर्ष ०७७/०७८ को वार्षिक बजेटमा समेत रहेको कार्यक्रमअनुसार श्रमिक सूचना...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले निजीक्षेत्रको मागलाई सम्बोधन गरेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि प्रतिक्रिया दिँदै उनले निजीक्षेत्रका अधिकांश माग...
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षधर सांसदहरूको बैठक बोलाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल लगत्तै उनले आफूनिकट सांसदहरूको बैठक बोलाएका हुन् । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो तीन बजे सांसदहरूलाई बोलाइएको हो ।...
काठमाडौं, १२ भदौ-उद्योगी विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको पुष्टि गरेका हुन् । शुक्रबार बिहान आएको कोरोना परीक्षण नतिजाकाे पोेजिटिभ रिपाेर्ट आएकाे उनले जानकारी...
विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्यूटिसियन तालिम सुरु भएको छ । विराटनगरमा शनिबारदेखि उक्त तालिम सुरु भएको हो । तीन महिनासम्म संचालन हुने तालिममा ५७ जना महिलाहरुको सहभागि रहेको...