विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा मोरङका ३८ वटा विद्यालय पुगेका छन् । प्याब्सन मोरङले आयोजना गरेको प्रतियोगितामा जुनियरतर्फ २१ र सिनियरतर्फ १७ वटा विद्यालय फाइनलमा पुगेका हुन् ।
मोरङको १७ वटा स्थानीय तहमा रहेको विद्यालयहरुसँग प्रतिस्पर्धा गर्दै उक्त विद्यालयहरु जिल्ला स्तरीय ब्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा पुगेको प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवालले जानकारी दिए । फाइनलमा पुगेका विद्यालयका विद्यार्थीहरुले आज विराटनगरस्थित आरोहण गुरुकुलमा लोकनृत्य देखाउँदैछन् । साँस्कृतिक पहिरनमा लोकभामा आधरित गीतमा नृत्य प्रस्तुत गर्दैछन् । आज रातीसम्म प्रतियोगिताको बिजेता घोषणा हुनेछ ।
प्रतियोगिताको फाइनलमा जुनियरतर्फ पूर्वाञ्चल पब्लिक, एभरेष्ट स्कुल, दिव्यज्योति, हिमालय बालसंसार, एभरेष्ट, मिनिल्याण्ड, आर्दश, बालप्रतिभा, जिवन विकास, सनग्लोरी, स्कर्लसहोम, एजेलिया, माउण्टएभरेष्ट, रेडस्टार, शिक्षा सन्देश, सप्तकोशी, मोरङ पब्लिक, माउण्ड मकालु, सनसाइन, रिलायन्स र भानु सेकेण्डरी स्कुल पुगेका छन् । यसैगरी सिनियरतर्फ विध्याज्योति, आर्दश, रिलायन्स, एभरेष्ट, लम्भिएन्जल्स, बालजगत, पूर्वाञ्चल, सुविजिमुर मेमेरियल, अरनिको, सिद्धार्थ सिसुसदन, मिनिल्याण्ड, जिवन विकास, पशुपति, भृकृटिमोडल, बालप्रतिभा, सनसाइन र रेडस्टार स्कुल फाइनलमा पुगेका छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १५ हजार, द्धितीयले १० हजार, तृतीयले ५ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको निर्णायकहरुमा रोशन कर्मचार्य, देवराज खड्का, मिथुन ठाकुर रहेका छन् । कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की रहेका छन् । प्याब्सन मोरङले विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले प्रत्येक वर्ष जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिता गर्दै आएको छ ।
विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लबले तीन खेलमा लगातार दुई जित हात पारेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा पूर्वाञ्चल...
डडेल्धरा, १४ चैत । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले अरूका लागि आफ्नो पार्टीमा आगो नलगाइने बताउनुभएको छ । प्रदेशमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम भएको बताउँदै उहाँले कुनै पार्टीसँग तालमेल गर्न जरुरी नरहेको बताउनुभयो...
काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आजदेखि गोला प्रथाबाट पेसी तोक्न सुरु भएको छ । आज दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन भएका छन् ।गोला प्रथामार्फत ११ इजलासमा दुई सय १७ मुद्दाको पेसी तोकिएको...
विराटनगर । मेयर कप नकाउट क्रिकेट प्रतियोगिताको उपाधि सुनवर्षी नगरपालिका ८ नम्बर वडाले जितेको छ । मोरङको सुनवर्षी नगरपालिका वडा नं ५ मा सम्पन्न भएको फाइनलमा सुनवर्षी नगरपालिका ६ नम्बर वडालाई ५ विकेटले हराउँदै वडा...
काठमाडौं । चितवनको भरतपुर बसपार्कमा सत्तागठबन्धनले संयुक्त चुनावीसभा गर्न लागेको गाउँ डुबानमा परेको छ । रातभरजसो परेको पानीले चुनावी सभास्थल भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र डुबानमा परेको हो । सभाका तयार पारिएको मञ्च र...
विराटनगर, ५ जेठ-गाई र गोरु काटको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । प्रदेश १ प्रहरी झापाबाट २ जना र खोटाङबाट ७ जनालाई पक्राउ गरेको हो । झापा दमक बेलडागी–२ भुटानी शरणर्थी शिविरस्थितए घरमा...
विराटनगर । शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कारबाट दुई जना पत्रकार पुरस्कृत हुनुभएको छ । आज विराटनगरमा प्रेस चौतारी नेपाल मोरङ जिल्ला कमिटीले एक कार्यक्रमको आयोजना गरि वरिष्ठ पत्रकार यज्ञ शर्मा र लिलाराज भट्टराईलाई पुरस्कृत गरेको हो...
विराटनगर । विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा देवकीनन्दन शर्मा पुनः निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न विराटनगर भन्सार एजेन्ट संघको ११औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनबाट शर्माले ३८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका...