कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी, ५२ वर्षीय राजवंशीको सफल उपचार
बिहिबार, २१ मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा पहिलो पटक टाउँको ‘क्रेनियोप्लाष्टि’ सर्जरी गरी सफल उपचार गरिएको छ । विराटनगर – १२ बखरकीका ५२ वर्षीय भरतलाल राजवंशीको टाउँको ‘क्रेनियोप्लाष्टि’ सर्जरी गरी सफल उपचार गरेको हो ।
राजवंशी सवारी दुर्घटनामा परी टाउँको चोट लागेको थियो । उनी सिटी सफारी चालक हुन् । घाइते भएका राजवंशीले विराटनगरको निजी हस्पिटलमा गएर उपचार गरे । उपचारमा उनीसँग भएको र ऋण खोजेर आठ लाख रुपैयाँ सके । तर, उनी पूर्ण रुपमा ठिक भएनन् । आर्थिक अवस्था नाजुक भएका राजवंशी ऋण खोजेर थप उपचारको लागि निजी हस्पिटल जानसक्ने अवस्था थिएन । त्यसपछि उनी गत बिहीबार कोशीमा पुगेका थिए ।
उनको स्वास्थ्य उपचार हेरेपछि चकित्सकले शल्यक्रिया गरिनुपर्ने सुझाब दिए । चिकित्सकको सुझाब अनुसार शुक्रबार राजवंशीको टाउँको ‘क्रेनियोप्लाष्टि’ सर्जरी गरियो । कोशी अस्पतालका न्यूरो सर्जन डा. चन्द्रप्रकाश यादवको टिमले राजवंशीको टाउँको क्रेनियोप्लाष्टिक सर्जरी गरेका हुन् । कोशीमा टाउँको क्रेनियोप्लाष्टिक सर्जरी पहिलो पटक गरिएको उनले बताए । ‘न्यूरो सर्जरी सेवा सुरु भएको ढेड वर्ष भयो । अहिलेसम्म २० वटा भन्दा बढी शल्यक्रिया गरियो । अहिलेसम्म गरिएको शल्यक्रिया मध्ये टाउँको क्रेनियोप्लाष्टिक सर्जरी पहिलो हो,’ डाक्टर यादवले भने, ‘यो जटिल अप्रेसन हो । ब्रेन धेरै मात्रामा स्वइलिन भएको थियो । हामीले शल्यक्रियाको माध्यमबाट क्रेनियोप्लाष्टिक गरिएको छ ।’ शल्यक्रिया गरेको एक सातापछि राजवंशी सोमबार डिस्चार्ज भएका छन् । ‘स्वास्थ्यमा सुधार आएपछि हामीले डिस्चार्ज गरिएको हो,’ डा. यादवले भने, ‘अहिले उहाँ ठिक हुनुभएको छ । विगतको जस्तै गरि अब राम्रोसँग हिडडुल गर्नसक्ने हुनुभएको छ ।’ उपचारपछि श्रीमानको स्वाथ्य अवस्था ठिक भएपछि श्रीमति संगीता राजवंशी हर्षित मुद्रामा देखिएका छन् । ‘अहिले श्रीमान हाँस्न र बोल्न सक्ने हुनुभएको छ । एक साताको उपचारपछि डिस्चार्ज हुने भएको छ,’ उनले भनिन्, ‘चिकित्सक र अस्पतालले श्रीमानलाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिनँ । उपचारमा सहयोग पु¥याउने प्रति आभारी छु ।’ यसअघि पनि कोशी अस्पतालमा टाउँमा गाडिएको हड्डी शल्यक्रिया गरि निकालेको थियो । कोशी अस्पतालमा जटिल प्रकारको शल्यक्रिया पनि हुन सुरु भएको कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट (मेस) डा. चन्द्रभाल झाले बताए । कोशीमा न्यूरो सर्जरीको सेवाहरु अहिले संचालनमा रहेको उनले बताए । आर्थिक रुपमा विपन्न परिवारले उपचार खर्च नभएको बताएपछि अस्पतालले शल्यक्रियादेखि उपचार खर्च पनि निःशुल्क गरेको उनले बताए ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले २९ मंसिरमा गर्न थालेको देशव्यापी प्रदर्शनको लागि शीर्ष नेताको कार्यक्षेत्र तोकेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले १० नाराका साथ शीर्ष नेता कुन जिल्लामा गएर सम्बाेधन गर्ने भन्ने विषय तोकिएको जानकारी दिए ।...
नियतवश संक्रामक रोग फैलाउनेलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिमाना हुने कानुनी व्यवस्था छ। मुलुकी अपराध संहितामा कसैले पनि आफूलाई सरुवा र संक्रामक रोग लागेको थाहा पाउँदापाउँदै नियतवश अरुलाई सारेमा, लापरबाही र हेलचेक्र्याइँ...
काठमाडौं, जेठ २-सरकारले कोरोना भाइरस र त्यसपछिको परिस्थितिको कारण रोजगारी गुमाएकोलाई नेपालमै रोजगारी दिने प्रतिबद्धता जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । कोरोना भाइरसका कारण स्वदेशमै...
काठमाडौं, २१ वैशाख-विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा...
विराटनगर । विराटनगर रंगेली रोडमा रहेको मकालु एभरेष्ट हस्पिटलमा फिजिसियन डाक्टर बिमलेश यादवले स्वास्थ्य उपचार सेवा सुचारु गरेका छन् । अस्पताल प्रशासनले आइतबार डाक्टर बिमलेशलाई स्वागत गरेपछि स्वास्थ्य उपचार सेवा सुचारु गरेका हुन् । भारतको...
काठमाडौं, १३ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओली आफूनिकटका नेताहरूको भेटलाई तीव्रता दिएका छन् । पछिल्ला समसामयिक घटनालाई लिएर उनले आफूनिकटका नेता तथा कार्यकर्तासँग भेट गरेका हुन् । अध्यादेश फिर्ता लिएपछिको अवस्थाबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न ओलीले...
काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा सभापतिका प्रत्याशी शेरबहादुर देउवा र शेखर काेइराला पुगेका छन् । पहिलो चरणको चुनावमा पहिलो र दोस्रो भएका देउवा र शेखर पौडेलको...
एजेन्सी, चैत २७-भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ६ हजार आसपास पुगेको छ ।वर्ल्डमीटर इन्फोका अनुसार बिहीबार बिहानसम्म भारतमा कोरोनाबाट ५ हजार ९ सय संक्रमित हुँदा १७८ जनाले ज्यान गुमाइसकेका छन् । बुधबार मात्र...