महिलालाई आत्मनिर्भर बनाउन विराटनगरमा ब्यूटिसियन तालिम सुरू
मङ्गलबार, १९ मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर महानगरपालिका ४ मा ४५ दिने ब्यूटिपार्लर सम्बन्धी तालिम सुरू भएको छ । विराटनगर महानगरपालिकाको आर्थिक सहयोग र गंगा ब्युटी पार्लर जामुनगाछीको सहयोगमा विराटनगरमा मंगलबारबाट तालिम सुरु भएको हो ।
महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले सुरू भएको तालिममा विराटनगर ४ का ३५ जना महिलाहरुको सहभागिता रहेको गंगा ब्यूटी पार्लरकी संचालक गंगा तामाङ्गले जानकारी दिइन् ।
उक्त तालिमको उद्घाटन विराटनगर ४ का वडाअध्यक्ष जितन थापाले गरेका थिए । कार्यक्रममा बोल्दै उनले महिलाहरुलाई आत्मनिर्भर बनाउन यस्तो सिपमुलक तालिम अपरिहार्य रहेको बताए । गृहणी महिलाहरुलाई सिपसँग जोडेर आत्मनिर्भर बनाएर अगाडी बढाउने उनले बताए । कार्यक्रममा बिशिष्ट अतिथि नेकपा एमाले कोशी प्रदेशकी सदस्य तथा सौन्दर्यकर्मी सन्तोषी श्रेष्ठले तालिममा सिकेको सिप व्यवर्हारमा उतारेर अगाडी बढनुपर्ने बताइन् । महिलाहरुलाई आत्मनिर्भर बनाउन सिप मुलक तालिम आजको आवश्यकता भएको उनले बताइन् ।
कार्यक्रममा सौन्दर्यकर्मी युनियन महासंघ नेपाल (नाबुन) विराटनगरको अध्यक्ष भली सुब्बा, निर्वतमान अध्यक्ष अमिता पोखरेल, सचिब बसन्ती गुरूङ्ग, नावुन प्रदेश उपाध्यक्ष ललिता धिमाल, वडा सदस्य रन्जीत गिरीलगायतको उपस्थिती रहेको थियो ।
जनकपुर, १४ वैशाख-आरडीटीमा पोजिटिभ देखिएकी पर्साको वीरगञ्जकी १ युवतीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आज बिहान मृत्यु भएको हो । ब्लडक्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै...
६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ । चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ...
विराटनगर, २२ मंसिर । माओवादी केन्द्रले प्रदेश अधिवेशनको तयारी तीब्र पारेको छ । माओवादी केन्द्रले आगामी २५ मंसिरमा मोरङको विराटचौकमा प्रदेश अधिवेशन गर्दै छ । त्यसका लागि तयारी तीब्र पारिएको माओवादी केन्द्र प्रदेश १ का...
काठमाडौं, १७ साउन-प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत १ जना कर्मचारीलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुख सोपकोटासहित निवासमा कार्यरत...
काभ्रेपलाञ्चोक, ११ वैशाख-सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएर हाल काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ बस्ने १ किशोरीलाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । सामूहिकरूपमा जबर्जस्ती करणी गरेको आरोपमा ६ महिनादेखि फरार ३ जनालाई बुधबार पक्राउ...
सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ९ चैतदेखि २१ चैतसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्न आग्रह गरेका छन् । उनले शुक्रबार बेलुका देशवासीका नाममा सम्बोधन...
काठमाडौं, २ वैशाख-काठमाडौं पेप्सीकोला टाउन प्लालिङस्थित सनसिटीमा कोरोना भाइरस संक्रमण देखिका २ जनासँगै कतार एयरवेजको विमानबाट १ सय ५३ जना आएको खुलेको छ । उनीहरू बेलायतबाट दोहा ट्रान्जिट भएर काठमाडौं आएका प्रहरी प्रवक्ता एसएसपी उमेस...
काठमाडौं, २३ जेठ-राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनताले एकैपटक स्वास्थ्य र आर्थिक महामारीको सामना गरिरहेको भन्दै त्यसतर्फ सरकारको समयमै ध्यान जान जरुरी रहेको बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै भोकमरीका कारण जनताको मृत्यु...