कोशी प्रदेशका मुख्यमन्त्री कार्की विरुद्ध विराटनगरको कार्यक्रममा किन लाग्यो मुर्दावादको नारा ?
शुक्रबार, १५ मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन कोशी प्रदेशले बिहीबार विराटनगरमा दुध उत्पादक, संकलन र उद्योगीहरु तथा सरकारी निकाय सम्मिलित एक कार्यक्रम गर्यो । केन्द्रको कृषि विभाग, कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अधिकारीहरु सहभागी कार्यक्रममा दूधको निर्यात कसरी गर्ने र बजार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भयो । छलफलका क्रममा व्यवसायीहरुले भारतबाट अझै पनि अवैध तरिकाले पाउडर दूध आउँदा स्वदेशी दूधको खपत नभएकोले दूधको लागत खर्च घटाउनु पर्नेमा जोड दिए । नेपालमा अन्तराष्ट्रिय मूल्यभन्दा महँगो भएकोले भारतबाट दूध आयात भएको उद्योगीको दाबी थियो । उनीहरुले डेरी उद्योगलाई विद्युत् महसुलमा छुट दिनुपर्ने, दानाको मूल्य नियन्त्रण गर्नुपर्ने, दुग्धजन्य वस्तु आयातमा कर लगाउनु पर्ने र यहाँ उत्पादित दूधजन्य वस्तुमा लगाएको १३ प्रतिशत कर घटाउनु पर्ने विषय उठाएका छन् ।
विराटनगरको कञ्जनगञ्जामा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की प्रमुख अतिथि थिए । कृषि मन्त्रालयको सहयोगमा आयोजित उक्त कार्यक्रमको समय ११ः३० बजेलाई राखिएपनि मुख्यमन्त्री ढिला आएपछि करिब डेढ घण्टापछि पुगेका थिए । त्यसपछि कार्यक्रम उद्घाटन गरेर एउटा कार्यपत्र प्रस्तुत भयो । आयोजकले मुख्यमन्त्रीको कार्यव्यवस्तता रहेको बताउँदै मन्तव्यका लागि बोलाए । त्यसपछि ३–४ जना दुग्ध व्यवसायीले मुख्यमन्त्रीले हाम्रो कुरा सुन्नुपर्छ भन्दै हो–हल्ला गरे । मुख्यमन्त्री कार्कीले आफू व्यस्त रहेको र मुख्य समस्या के हो एक दुई जनालाई समस्या सिधै राख्न आग्रह गरे । त्यसबेला मुख्यमन्त्री कार्की आफैं पोडिएममा गएका थिए । ३ जना व्यवसायीले कुरा राखिसकेपछि मुख्यमन्त्रीले मैले कुरा बुझें भनेर रोक्न खोजेपछि होहल्ला बढ्यो । मुख्यमन्त्रीले सबैको कुरा सुन्न पाउने भन्दै नाराबाजी सुरु भयो । त्यसबीचमा मुख्यमन्त्री कार्की र गठबन्धनविरुद्ध मुर्दावादको नारासमेत लाग्यो । त्यसपछि मुख्यमन्त्री कार्यक्रमलाई सम्बोधन नै नगरी बाहिरिएका थिए ।
विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरेपछि सिटी सफारी चालकहरुले आन्दोलन सुरु गरेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिहीबारदेखि विराटनगरको मुख्य राजमार्गमा सिटी सफारी चलाउन निषेध गरेपछि उनीहरुले शुक्रबारदेखि आन्दोलन सुरु गरेका...
विराटनगर, २३ जेठ । निषेधाज्ञाको अवधिमा दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएको अवस्थामा विराटनगरका सामाजिक अभियन्ताहरुले आज यहाँ खाद्यान्न वितरण गरेका छन् । म्याप ट्राभल एण्ड टुर्स विराटनगर–११ र विजय ट्रेर्डस –६...
एजेन्सी, ८ पुस । भारतको पञ्जाबस्थित लुधियाना अदालत परिसरमा विष्फोट भएको छ । विष्फोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विष्फाेटमा अन्य केही घाइते भएका छन् । अदालत भवनको दोस्रो तलामा...
विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री तथा मोरङ क्षेत्र नं. ३ (१) का उम्मेदवार ५६ वर्षीय शेखरचन्द्र थापाको निधन भएको छ ।केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री थापाको बुधबार बिहान निधन...
विराटनगर, २८ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आगामी कात्तिक ३० गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार प्रदेश सरकारको तर्फबाट उनले प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली समक्ष विश्वासको मत लिनेसम्बन्धि...
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल...
विराटनगर । पुस १९ गते हुने प्याब्सन मोरङको निर्वाचनमा दुइ समूह भएर चुनावी मैदानमा उत्रिएका छन् । जगत बहादुर बस्नेत र सुरेन्द्र सुवेदीको समूह प्याब्सन मोरङको निर्वाचनमा उत्रिएका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका सुवेदी प्याब्सन...
काठमाडौं, १७ असोज-गत २४ घण्टामा नेपालमा २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ सय ९ सय ७८ को पीसीआर गर्दा आज २ हजार १ सय २० जनामा कोरोना पुष्टि...