विराटनगर । नेपाल न्यूरो सर्जन समाजको नयाँ कार्यसमितिको अध्यक्षमा डा. यमबहादुर रोका चयन भएका छन् । नयाँ कार्यसमितिमा प्रा.डा राजीव झा, प्रेसिडेन्ट इलेक्ट, र डा. सुदन ढकाल उपाध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै गरी सचिवमा डा. गोपाल सेढाई तथा डा. प्रकाश काफ्ले र डा. सुरज थुलुङ्गलाई सह सचिवमा चयन गरिएको हो । कोषाध्यक्षमा डा. विनोद राजभण्डारी चयन भएका छन् । यता सदस्यहरूमा डा. अनीश मान सिंह, डा. मनिष कोलाक्षपति, डा. माया भट्टचन, डा. राजीव शाह, डा. प्रत्युश श्रेष्ठ र डा. समीर अर्याल रहेका छन् ।
अध्यक्ष रोकाले सम्बन्धित क्षेत्रको विज्ञहरूसँग न्युरोसर्जनका समस्याहरू छलफललाई आगामी दिनमा निरन्तरता दिइने बताए । समयसँगै न्यूरोसर्जनसम्बन्धी नयाँ नयाँ प्रविधिको विकास भएकाले सोही विषयमा छलफल गरिने समेत उनले सुनाए । समाजले नियमित प्रकाशन गर्ने जर्नलको प्रमुख सम्पादकमा डा. रेशा श्रेष्ठ रहेकी छन् ।
विराटनगर, २० फागुन । उद्योगी, व्यापारी एवं करदाताहरुले आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरंगको समन्वय र आन्तरिक राजश्व...
विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे नेपालमा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको अर्थ नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले तत्कालीन सत्तापक्षले...
विराटनगर । सामुहिक बलात्कार कसुरमा पुर्पक्षको लागि कारागारमा रहेका कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीको अपराध ठहर भएको छ । मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले राउत र सुवेदीले गरेको कसुर ठहर...
एजेन्सी, बैशाख १५-दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनका वरिष्ठ सुरक्षा सल्लाहकारले उत्तर कोरियाका नेता किम जोङ उन स्वस्थ र जीवित रहेका जानकारी दिएका छन् । नेता किमको स्वास्थ्यका बारेमा अनेक अट्कलबाजी भइरहेका बेला दक्षिण कोरियाले...
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि नेकपा एमाले कुद्ने पक्षमा तयार नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन् । काँग्रेसमा सत्ता भन्दा...
विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्ड कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म गोल्ड कप हुने भएको हो । ...
भारतको विहारमै कोरोनाबाट मानिसको ज्यान गएपछि थप सतर्कता अपनाउनुपर्ने प्रदेश २ को सीमा नाकामा भने हेल्चक्र्याइँ रोकिएको छैन। थोरै जनशक्ति, सीमित स्वास्थ्य उपकरण र एउटै टोली दिनभर सीमामा खटिनुपर्ने बाध्यताले पनि सीमाबाट कोरोना भित्रिने जोखिम...
विराटनगर, १३ असार । विराटनगरको बाल सुधार गृहदेखि शनिबार बिहान फरार भएका चारै जना बालकलाई प्रहरीले पक्राउ गरेको छ । तीन तलामाथिबाट हाम फालेर फरार भएका तीन जनालाई आइतबार बिहान विराटनगरको नोबेल हस्पिटल अगाडिको नहरदेखि...