उद्योग वाणिज्य महासङ्घको सहयोग

 न्यूज विराट
उद्योग वाणिज्य महासङ्घको सहयोग

नेपाल उद्योग वाणिज्य महासङ्घले आफ्ना देशैभरका जिल्ला नगर उद्योग वाणिज्य सङ्घमार्फत स्थानीय स्तरमा गरिने सहयोगका लागि प्रत्येकलाई ५/५हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

महासङ्घका अध्यक्ष भवानी राणाको अध्यक्षतामा हिजो बसेको पदाधिकारी बैठकले देशभर रहेका एक सयभन्दा बढी जिल्ला नगर उद्योग वाणिज्य सङ्घलाई प्रत्येकलाई ५/५ हजारका दरले सो रकम उपलब्ध गराउने निर्णय भएको उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

देशका जिल्ला तथा नगर सङ्घमार्फत स्थानीय स्तरमा खाद्यान्न, मास्कलगायतको सहयोग उपलब्ध गराउन थोरै भए पनि सहयोग पुगोस् भनेर रकम पठाउने निर्णय गरिएको ढकालले बताए ।

यसैगरी, महासङ्घले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ । नेपाल सरकारद्वारा स्थापित सो कोषमा सो रकमको चेक हस्तान्तरण गरेको महासङ्घले जनाएको छ ।रासस

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय महिला दिवसमा न्यूरो अस्पतालमा स्वास्थ्य उपचारमा छुट

विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले एक महिनासम्म छुट योजना ल्याएको छ । हस्पिटलले फागुन १७ देखि चैत १७ गतेसम्म स्वास्थ्य उपचार सेवामा छुट योजना ल्याएको हो । हस्पिटलले मंगलबार पत्रकार...

नेकपा (एमाले) १ नं. प्रदेश कमिटीको पूर्ण बैठक विराटनगरमा सम्पन्न, पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि अविलम्ब फिर्ता लिन माग

विराटनगर, २ मंसिर । नेकपा एमाले प्रदेश १ ले जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि अविलम्ब फिर्ता लिन माग गरेको छ । विराटनगरमा आज सम्पन्न नेकपा (एमाले) १ नं. प्रदेश कमिटीको पूर्ण बैठकमा...

हातको नशा काटेर विराटनगरमा एक युवाले गरे आत्महत्या 

विराटनगर । विराटनगर ४ तिलोक मार्गमा एक जना युवाले हातको नशा काटेर आत्महत्या गरेका छन् ।  खोटाङ घर भई मामाघरमा बस्दै आएका ३२ वर्षीय जितेस पाण्डे देब्रे हातको नशा काटेर बुधवार आत्महत्या गरेका हुन् ।...

प्रदेश १ मा बीओपीको संख्या ५१ पुग्यो, मोरङका थप तीन स्थानमा स्थापना

विराटनगर, ८ चैत । प्रदेश १ मा चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएको छ । प्रदेश १ मा चालु आर्थिक वर्षको सुरुवातसम्म २६ वटा बीओपीको संख्या थियो । त्यसलाई...

विप्लव नेकपाका जिल्ला सदस्यसहित ५ जना पक्राउ

विराटनगर, फागुन ६–संखुवासभाको चैनपुर १ स्थित गुफापोखरीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सदस्यसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर– ४, दोभानेका अग्नि भन्ने सन्तोष तामाङसहित ५...

संवैधानिक नियुक्ति विवादः सभामुख सापकाेटाकाे रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

संवैधानिक निकायमा पदाधिकारी नियुक्तिविरुद्ध सभामुख अग्नि सापकाेटाले दिएकाे रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाकाे एकल इजलासले संवैधानिक आयोगको नियुक्तिबारे परेको मुद्दामा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा संवैधानिक परिषद्को कार्यालयसहित विपक्षीका...

पुन : नामकरण गनिुपर्ने माग राख्दै सभामुखलाई ज्ञापनपत्र

विराटनगर । कोशी प्रदेश खारजी गरी तत्काल पुनः नामकरण गरिनुपर्ने माग राख्दै सभामुख बाबुराम गौतमलाई ज्ञापन पत्र बुझाएका छन् । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले आइतबार अल्टिमेटमको रुपमा ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले...

जिल्लास्तरीय वादविवादमा एभरेष्ट र साजिलाल प्रथम

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित स्मृति बोर्डिङ स्कूलमा आज सम्पन्न वादविवाद प्रतियोगितामा विराटनगर– ५ स्थित एभरेष्ट मावि र सुन्दरहरैचाको साजिलाल मावी प्रथम भएका छन् । स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवा बुढिगंगा मोरङको आयोजनामा सामाजिक सन्जालको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्