विराटनगर । विराटनगरमा पाँच दिने टेबुल टेनिस तालिम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय टेबुल टेनिस महासंघ (आइटीटीएफ) को आर्थिक तथा प्राविधिक सहयोग तथा विराटनगर टेबुल टेनिस क्लबको आयोजनामा पाँच दिने तालिम सम्पन्न भएको हो ।
विराटनगर ३ मा रहेको स्टेलर टेबुल टेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न भएको तालिममा आइटीटीएफ लेभल २ प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक बिकेन थापाले अन्डर ११ र १३ का ३५ जना छात्र छात्रा प्रशिक्षार्थीहरुलाई चार दिन प्रशिक्षण र पाचौं दिन प्रतियोगीतामा सहभागी गराएका थिए ।
प्रशिक्षणमा टेबुल टेनिसको महत्वपूर्ण पक्ष फिजिकल, टेक्निकल, ट्याक्टिकल, साइकोलोजी बारे विस्तृत रुपमा प्रशिक्षण गराएका थियो । अन्य महत्वपूर्ण शीर्षक जस्तै फिजीकल प्रीपेरेसन,जेनरल प्रीपेरेसन, स्पेसिफिक प्रीपेरेसन, भिडियो एनालाइसिस, क्वान्टिटेटिव र क्वालिटेटिव एनालाइसिस, मेन्टल ट्रेनिङ, भिजुवल र ट्याक्टिकल पर्सेप्सन, स्पेस टाइम पर्सेप्सन, अडिटरी पर्सेप्सन, टेक्टाइल पर्सेप्सन, मेन्टल रिहर्सल,एरोबिक र एनेरोबिक ट्रेनिङ, कोओर्डिनेसन, लाइटवेट र स्पीड ट्रेनिङ बारे प्रशिक्षार्थीहरुलाई सिकाइएको प्रशिक्षक बिकेन थापाले बताए ।
तालिमको अन्तिम दिन आयोजना गरिएको टेबुल टेनिस प्रतियोगीतामा अन्डर ११ छात्रातर्फ मानसी तामाङ प्रथम, इशिका अग्रवाल द्वितीय, सान्दर्भी अधिकारी र प्राप्ति सेढाइ संयुक्त रुपमा तृतीय भएका थिए । त्यसैगरी अन्डर ११ छात्रतर्फ बिदर्भ गौतम प्रथम, विख्यात अग्रवाल द्वितीय, आयुद्द भण्डारी र आदिप्त गुरागाई तृतीय भएका थिए । भने अन्डर १३ छात्रा एकलतर्फ बिज्ञता थापा प्रथम, अक्षता बजगाइ द्वितीय, दीना सुवेदी र आस्था खड्का तृतीय भए । त्यसै गरि अन्डर १३ छात्रतर्फ पृथक राज राई प्रथम, आदर्श राजवंशी द्वितीय, केविन लामा र सोहम अग्रवाल संयुक्त रुपमा तृतीय भए । विजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथी अमृत अर्यालले ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरेका थिए।
विराटनगर, १८ माघ । प्रहरीले भारतबाट अवैध तरिकाले नेपाल भित्र्याउँदै गरेको ७ लाख मूल्य बराबरको चाँदीको गरगहनासहित एक महिलालाई पक्राउ गरेको छ । मोरङ सुनवर्षी नगरपालिका ६ नयाँ चौकस्थित सडक खण्डबाट ती महिलालाई पक्राउ गरेको...
काठमाडौं, १० असार-राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग भेटघाट गरेकी छिन् । राष्ट्रपतिको कार्यालयका अनुसार शीतल निवासमा आज भएको भेटघाटमा...
एजेन्सी, १ भदौ । उज्वेकिस्तानले अफगानिस्तानको एक सैन्य विमान खसालेको छ । उज्वेकिस्तानको रक्षा मन्त्रालयले सीमा उल्लंघन गरेको अफगान सैन्य विमानलाई खसालेको जनाएको हो । उक्त विमानमा कति सवार थिए र उनीहरूको अवस्था कस्तो छ...
काठमाडौं, ३१ जेठ-कोरोना संक्रमणमुक्त भएर गत २४ घण्टाको अवधिमा डिस्चार्ज हुनेको संख्य ३६ जना रहेका छन् । पर्साको नारायणी अस्पतालबाट ५ पुरुष, सप्तरीको साहीकृष्ण आसोलेसनबाट १७ पुरुष, बाँकेको ढुढुवामा रहेको आसोलेसन सेन्टर ८ पुरुष र...
विराटनगर । विराटनगरमा रहेको अर्किडक कलेजले उत्कृष्ट ६० जना विद्यार्थीहरुलाई ३ लाख बरावरको नगद पुरस्कार वितरण गरेको छ । कलेज परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार वितरण गरेको हो ।कक्षा...
विराटनगर । विराटनगरको हस्पिटल चौकमा रहेको गोल्डेन अस्पतालमा विरामीको लागि भरपर्दो गन्तव्य बनेको छ । अत्याधुनिक उपकरण र चर्चित चिकित्सकसहितको टिमको कारण गोल्डेनमा गुणस्तरीय उपचार सेवा हुने गरेको हो । २०६७ साल फागुन ११ गते...
विराटनगर, १० चैत । एक वर्षको अवधिमा प्रदेश १ मा क्षयरोगबाट एक सय १३ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा मंगलबार ग्लोबल फन्ड, नेपाल सरकारको सहयोग र सेभ द चिल्ड्रेनको आयोजनामा...
काठमाडौं, १२ साउन-नेपाल राष्ट्र बैंकले कोरोनाका कारण अतिप्रभावित क्षेत्रलाई विशेष राहतसहितको साँवा र व्याज तिर्ने अवधि थप गरेको छ । सरकारले गत चैत ११ गतेदेखि देशव्यापीरुपमा लकडाउन गरेको थियो । लकडाउनका कारण विशेष गरी अतिप्रभावित...