विराटनगर, १० मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सभामा पेश भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताउनु भएको छ ।
विधेयकको सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभा हलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो ।
विशेष परिस्थितिमा आएको यो बजेट जनताका घरदैलोसम्म पु¥याउने लक्ष्यका साथ योजना र बजेटको व्यवस्था गरेको बताउँदै मुख्यमन्त्री कार्कीले भत्रुभयो, ‘ प्रदेशमा १० वर्ष मुनिका बालबालिकाको उपचार बजेट पारित भएकै दिनदेखि निःशुल्क उपचार हुन्छ ।’
मुख्यमन्त्री कार्कीले सांस्कृति एकता र सद्भावलाई ध्यानमा राखि ल्याएको यो बजेटले सुनसरी र इनरुवा सडकको स्तरोत्रति गर्ने, केशल्या कोरीडोरलाई व्यवस्थित गर्ने जनाउँदै बजेटले भौतिक र मानव विकासमा केन्द्रित छ भत्रुभयो ।
उहाँले शैलेजा हृदयकेन्द्र अस्पताल निर्माण र महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्ने बजेटको विशेषता छ भन्दै प्रदेशको राजधानी आउनसम्मका सबै बाटोलाई व्यवस्थित गर्ने दावी गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले विराटनगरको रानी देखि सुनसरीको दुहबीसम्म बाइपास बाटो निर्माण गर्ने भन्दै राजस्व बढाउन लोककल्याणकारीका योजनाहरु सञ्चालन हुने बताउनुभयो ।
बजेट अध्यादेशबाट आएपनि सबैको मनछुने गरी बजेट ल्याएको र यसले आम नागरिकको आवश्यकता र चाहनालाई पूरा गर्ने दावी गर्दै बजेट पूर्णरुपमा कार्यान्वयन भई परिणाममुखी हुने कुरामा जोड दिनुभयो ।