काठ तस्करी गर्न टिपर प्रयोग, सःमिल सञ्चालक पक्राउ

 न्यूज विराट
काठ तस्करी गर्न टिपर प्रयोग, सःमिल सञ्चालक पक्राउ

विराटनगर । पूर्वको साझेदारी र सामुदायिक वन क्षेत्रमा काठ मिल सञ्चालकको मिलेमतोमा व्यापक चोरी–तस्करी हुने गरेको पाइएको छ ।

तस्करको समूहले घना जङ्गलभित्र टिपर लगेर रातको समयमा सालको काठ चोरी–तस्करी हुने गरेको पाइएको हो । सशस्त्र वन सुरक्षा सलकपुरको टोलीले शनिबार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिका–१ हरैँचाबाट चोरी–तस्करी भएर टिपरमा लोड भएको ठूलो परिमाणको सालको काठ बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको छ ।

सशस्त्र वन सुरक्षाको टोलीले केराबारी गाउँपालिका–९ र सुन्दरहरैँचा नगरपालिकाभित्र पर्ने लोहन्द्रा केराबारी साझेदारी वनबाट चोरी तस्करी भएर आएको पाँच वटा टुना ३८.९६ क्युफिट सालको काठ सुन्दरहरैँचा–१ हरैँचाबाट बिहान १ बजे बरामद गरिएको सव–डिभिजन वन कार्यालय सलकपुरका सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए । टुना बोकेको को।१ ख ४४२८ नम्बरको टिपर र सुन्दरहरैँचा–१ हरैँचास्थित नेहा स–मिलका सञ्चालक विन्धेश्वर साहलाई पनि नियन्त्रणमा लिएको वन अधिकृत माझीले जानकारी दिए ।

बरामद गरिएको सालको काठ चोरी तस्करी गरी काठ मिलमा ल्याएपछि पक्राउ गरिएको उनले बताए । ‘राति जङ्गलमा टिपर लगेर काठ चोरी–पैठारी गरिएको पाइएको छ । शुक्रबार राति ९ देखि १० बजेतिर टिपरमा काठ लोड गरेपछि हामीलाई विशेष सूचना आएको थियो । हामीले फलो गर्दै मिलमा अनलोड गर्दैगर्दा टिपर र मिल सञ्चालकलाई नियन्त्रणमा लिन सफल भएका छौँ’ वन अधिकृत माझीले भने, ‘टिपर चालक फरार भएका छन् । हामीले खोजी कार्य तीव्र बनाएका छौँ ।’ वनको काठ चोरी–पैठारीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने डिभिजन वन कार्यालय मोरङका प्रमुख डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले बताए । ‘अहिले मिल सञ्चालकलाई नियन्त्रणमा लिइएको छ । वनको काठ चौरी–पैठारीमा संलग्न सबै कारबाहीको दायरामा आउनेछन् । अहिले अनुसन्धान भइरहेको छ’ उनले भने, ‘थप अनुसन्धानपछि संलग्न सबै कानूनी फन्दामा पर्नेछन् ।’ मिल सञ्चालक साह पक्राउ परेपछि डिभिजन वन कार्यालयले मिल पनि शिलबन्दी गरी अनुसन्धान सुरु गरेको बताएको छ । ‘अनुसन्धानको प्रक्रियाभरि यो मिल सञ्चालन हुने छैन’ उनले भने, ‘अनुसन्धान प्रक्रिया पूरा गरेपछि अहिले गरिएको शिलबन्दी खुल्नेछ ।’

पक्राउ परेका मिल सञ्चालकलाई डिभिजन वन कार्यालयले वन ऐन अन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी गरेको छ । पछिल्लो समय वनरक्षकहरूको अभावका कारण पनि केराबारी, सुन्दरहरैँचा, बेलबारी र कानेपोखरी क्षेत्रको वनबाट काठ तस्करी बढ्दै गएको पाइन्छ । तस्करहरूले काठ मिल र फर्निचर उद्योगमा लगेर बिक्री वितरण गर्दै आएका छन् । सव–डिभिजन वन कार्यालयले चोरी तस्करी बढेको जनगुनासो आएकोले वनको सुरक्षा बढाएको जनाएको छ । राष्ट्रिय सम्पत्तिको रूपमा रहेको वन क्षेत्रको संरक्षणमा सबै लाग्नुपर्ने कार्यालयको भनाइ छ ।

सम्बन्धित समाचार

दुर्घटनापछि यात्रुवाहक बसमा आगलागी, १२ जना घाइते

धनुषा, कात्तिक २४ । धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुर्घटनापछि बसमा आगो लागे पनि मानवीय क्षति नभएको इलाक प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताउनु भयो । दुर्घटनामा...

भरतमोहन अधिकारीको दोस्रो स्मृती दिवसका अवसरमा १ सय २५ जना जेष्ठ नागरिक सम्मानित

विराटनगर, १८ फागुन । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले अग्रज कम्युनिष्ट र ७० वर्ष देखि १०७ वर्ष सम्मका १ सय २५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मानित गरेको छ । विराटनगरमा आयोजित एक कार्यक्रम बीच नेकपा प्रचण्ड माधव...

महिलालाई स्वस्थ्य बनाउन सौन्दर्यकर्मीले गर्यो शिविर, ७५ जना महिलाले गराए स्वास्थ्य जाँच

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिले तिजको अवसर पारेर निःशुल्क भिआइए जाँच शिविर आयोजना गरेको छ । सौन्दर्यकर्मी युनियनले मोरङको कटहरी गाउँपालिका – ३ कटहरीको स्वास्थ्य चौकीमा मंगलबार पाठेघरको मुखको क्यान्सरको परीक्षणको...

मकवानपुरमा ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिए

हेटौंडा, १६ जेठ-मकवानपुरमा ४३ वटा बालविवाह रोकिएका छन् । पछिल्लो समय जिल्लामा बालविवाहको घटना वृद्धि हुँदै गइरहेको अवस्थामा विगत ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिएको हो । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सिबिन बाल...

अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई चीनले दियो चेतावनी

एजेन्सी, जेठ २८-चीनले अस्ट्रेलियामा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई आगामी दिनमा ‘नस्लवादी हमला’ को सामना गर्नुपर्ने अवस्था आउने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । चीनको शिक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो देशका विद्यार्थीलाई सचेत गराएको...

कोशी अस्पतालमा दुई सिफ्ट ओपीडि संचालन, साढे ३ बजेसम्म चिकित्सक बस्नुपर्ने नियम लागू

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा दुई सिफ्टमा बहिरङ्ग (ओपिडी) संचालन सुरु भएको छ ।स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयको परिपत्र आएपछि मंगलबारदेखि कोशी अस्पतालमा दुई सिफ्टमा ओपीडि सेवा संचालनमा ल्याएको हो ।दुई सिफ्टमा...

२ लाखको भारू साट्दा ८९ हजार नक्कली, ठगी आरोपमा जग्गा कारोबारी पक्राउ

विराटनगर । दुई लाख रुपैयाँको भारु साट्दा नक्कली भारतीय रूपैयाँ दिने एक जना जग्गा कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । विरानगर महानगरपालिका २ फुटबल चौकका ४० वर्षीय महेश भन्ने महेन्द्र मेहतालाई प्रहरीले पक्राउ गरेको हो...

हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणमा रोक

एजेन्सी, असार ४-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमितको उपचारका लागि मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणमा पुनः रोक लगाएको छ । यसअघि द लानसेट जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्विन कोभिड–१९ का बिरामीका लागि फाइदाजनक नरहेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्