यस्तो देखियो विराटनगरको छठ (फोटो फिचर )

 न्यूज विराट
यस्तो देखियो विराटनगरको छठ (फोटो फिचर )

विराटनगर । विराटनगरमा छठ पर्व मनाइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको हो । सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्वको विराटनगरमा रौनक छाएको छ ।

आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

छठ पर्वको मूख्य दिन आज छठमा व्रत बसेका श्रद्धालुहरू विराटनगरस्थित सिंघिया, केसलीया, सुनसरी मोरङ सिचाइ आयोजनाको नहरमा पूजास्थलमा भेला भएका छन् । छठ पर्वको रौनक हेर्न भक्तजनहरूको खोला किनारमा भक्तजन र पूजा सामग्रीले भरिभराउ भएको छ ।

भक्तजनले छठको पूजाका लागि उखु, केरा, हल्दी, अदुवा, कागती, मुला, नरिवल, पान, सुपारी लगायतका विभिन्न फलफूल ल्याएका छन् । छठ पर्वको अवसरमा पूजास्थलमा हुने भिडलाई नियन्त्रण गर्न प्रहरी र स्वयं सेवकलाई खटाइएको छ ।

सम्बन्धित समाचार

विवादित अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सकारात्मक

काठमाडौं, ११ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विवादित अध्यादेश फिर्ता लिन सकारात्मक बनेका छन् । बिहीबार बालुवाटारमा अर्का अध्यक्ष प्रचण्डसँगको भेटमा उनी अध्यादेश फिर्ता लिन सकारात्मक भएको उच्च...

वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना

वीरगञ्ज, १५ साउन-वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर सरावगीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । सरावगीले वीरगञ्जवासीलाई बचाउने प्रयास गर्दागर्दै आफैँ...

सधैं इमान जोगाएर अघि बढ्नुपर्नेमा मन्त्री घिमिरेको जोड

विराटनगर, फागुन १६–प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जनप्रतिनिधिहरुले सधैं इमान जोगाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । मन्त्री घिमिरेले शुक्रबार मोरङको पथरी शनिश्चरेको नगरसभाको उद्घाटन् गर्दै जनप्रतिनिधिहरुले आफने इमान जोगाउने परीक्षामा सधैं उतीर्ण हुनुपर्ने...

विराट गोल्डकपको तयारी पुरा, बिजेतलाई २० लाख १५ हजार

विराटनगर । विराटनगरमा चैत ९ गतेदेखि सुरू हुने सातौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । विराटनगरस्थित सहिद मैदानमा सुरु हुने रात्रिकालीन विराट गोल्डकपको तयारी पुरा भएको आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी...

अब बोतल र जर्किनमा पेट्रोल बेचे प्रहरीले कारबाही गर्ने

विराटनगर । प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरेर काठमाडौँमा सञ्चालित पेट्रोल पम्पहरूलाई त्यस्तो चेतावनी दिएको हो । काठमाडौँमा सञ्चालित केही पेट्रोल...

भोलिदेखि सवारी साधन चलाउन पाइने, यस्तो छ नियम

काठमाडौं, २९ जेठ-नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार भोलिदेखि सवारी साधन जोरविजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि शुक्रबारदेखि काठमाडौँ उपत्यका भित्र र अन्यत्र जिल्ला भित्र मात्र निजी...

नक्कली नोटसहित दुई भारतीय पक्राउ

महोत्तरी, २ असोज । महोत्तरीको औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नम्बर १३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र...

विराटनगरको सैनिक टोलमा सांगीतिक कार्यक्रम

विराटनगर । विराटनगर १३ सैनिक टोलमा सांगीतिक कार्यक्रम भएको छ । स्थानीय कलाकारहरुको उपस्थितिमा शनिबार नेपाल हातेमालो मंञ्चको आयोजना गोदावरी स्कुलको सह आयोजनामा उक्त सांगीतिक कार्यक्रम भएको हो । कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुती दिएर सैनिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्