इप्रका रानीद्धारा तीन क्विन्टल गाँजा नष्ट

 न्यूज विराट
इप्रका रानीद्धारा तीन क्विन्टल गाँजा नष्ट

विराटनगर । इलका प्रहरी कार्यालय रानी विराटनगरले चालु आर्थिक वर्षको चार महिनामा बरामद भएको करिब साढे तीन क्विन्टल गाँजा प्रहरीले नष्ट गरेको छ ।
इप्रका रानीले शनिबार विराटनगर–६ स्थित डम्पिङ साइटमा आगो लगाएर बरामद गरेको गाँजा नष्ट गरेको हो ।
चालु आर्थिक वर्षको साउनदेखि भदौसम्म इप्रका रानीले विभिन्न मितिमा करिब ३ क्विन्टल गाजा बरामद गरेको थियो । बरामद गरेको गाँजा स्थानीय जनप्रतिनिधी, प्रहरी प्रशासन, स्थानीय र संचारकर्मीहरुको उपस्थितीमा नष्ट गरेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्दीप वेल्वासेले जानकारी दिए । पहाडी जिल्लाबा गाँजा तस्करी भएर भारत जाने गर्दछ । तस्करको समूहले धनकुटा र भोजपुरदेखि भारत लैजान लागेको गाँजा प्रहरीले बरामद गरेको थियो । यसरी बरामद गरेको गाँजा राखेर सामुहिक रुपमा नष्ट गरेको प्रहरीले जनाएको छ ।
खुल्ला सीमाको फाइदा उठाउँदै कोशी प्रदेशमा पछिल्लो समय लागूऔषध प्रयोग र कारोबार बढ्दै गएको छ । लागूऔषध मानव स्वास्थ्यका लागि हानिकारक छ । केवल व्यक्तिका लागि मात्रै होइन परिवार र समाजकै लागि यो घातक वस्तु हो । तर यसको प्रयोग बढ्नु चुनौतीपूर्ण छ ।
सिमावर्ती प्रहरी युनिटको तथ्यांकले लागूऔषधको अवस्था भयावह बनिरहेको देखाउँछ । पछिल्लो ३ वर्षको तथ्यांक विश्लेषण गर्दा लागूऔषधसँग सम्बन्धित मुद्दा बढेको पाइएको छ । लागूऔषधका मुद्दा बढ्नुले यसको कारोबार र ओसारपसारसँगै सेवनकर्तासमेत बढेको निष्कर्षमा प्रहरी पुगेको छ ।
इप्रका रानी आर्थिक वर्ष २०७९÷०८० मा विभिन्न अपराधसँग सम्बन्धित ३ सय २२ वटा मुद्दा दर्ता भएको अभिलेखमा देखिन्छ । एक वर्षमा ३२२ वटा मुद्दा दर्ता भएको मध्ये लागूऔषधसँग सम्बन्धित मात्रै २ सय ७ वटा छन् । जुन प्रतिशतको हिसाबले ६४.२८ प्रतिशत हुन आउँछ । प्रहरी हिरासत सधैँजसो लागूऔषध सम्बन्धी मुद्दाका थुनुवाले नै भरिने गरेको छ ।
रानीबाट आर्थिक वर्ष २०७८÷०७९ मा लागूऔषधसँग सम्बन्धित १ सय ९३ वटा मुद्दा दर्ता भएको थियो । २०७७÷०७८ मा १ सय १ वटा मुद्दा दर्ता भएका थिए । सीमा क्षेत्रमा लागूऔषधको तुलनामा अन्य अपराधसँग सम्बन्धित मुद्दा कम छन् ।

सम्बन्धित समाचार

बढाएको पैसाँ फिर्ता हुनुपर्ने माग राख्दै महेन्द्र मोरङ क्याम्पस विरुद्ध मुद्दा दायर

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी ब्याम्पसले बढाएको रकम फिर्ता हुनुपर्ने काम राख्दै विद्यार्थीले क्याम्पस विरुद्ध मुद्धा दायर गरेका छन् । नँया क्याम्पस प्रमुख आएपछी लागू गरिएकाले पहिलो तिरेको रकम फिर्ताको माग राख्दै महेन्द्र...

विराटनगरको बखरीमा पाठेघर रोग सम्वन्धी शिविर

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउन टाउनको आयोजनामा विराटनगर–१२ स्थित बखरीमा पाठेघर रोग सम्वन्धी शिविर सम्पन्न भएको छ । क्लबले बख्री स्वास्थ्य चौकीमा महिलाहरूका लागि पाठेघरको क्यान्सर रोग सम्वन्धी शिविर आयोजना गरेको हो ।...

दिल्लीका मुख्यमन्त्री केजरीवालले १५ दिनमै बनाए ५ सय आईसीयू बेडको कोरोना अस्पताल

एजेन्सी, ३ जेठ । दिल्लीको प्रख्यात रामलीला मैदानमा दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार यसमध्ये २५० बेड शनिबारदेखि सञ्चालन भएको छ...

कक्षा १२ को नतिजा सार्वजनिक, विराटनगरको कुन विद्यालयको कस्तो नतिजा ?

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा विराटनगरका निजी र सामुदायिक विद्यालयको उत्कृष्ट नतिजा ल्याएका छन् । यहाँका विद्यालयहरुले आ–आफ्नै दावी गरेका छन् । विराटनगर – ३ मा रहेको पोखरीया...

मोरङमा १२ सहित प्रदेश १ मा ८६ संक्रमित थपिए

विराटनगर, २५ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २÷२ जना...

मतदाताहरु झिसमिसेमै भोट हाल्ने लाइनमा

विराटनगर । आइतबार बिहान सात बजेबाट सुरु हुने मतदानका लागि मतदाताहरू बिहानै मतदानस्थल आउन थालेका छन् । मतदानको समय बिहान ७ बजेदेखि सुरु हुने भए पनि चाँडै पालो पाइने भन्दै मतदाताहरु झिसमिसेमै मतदानस्थल पुगेर लाइन...

प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा

विराटनगर, १२ पुस-प्रदेश १ का थप तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय...

महानगरको वडाहरूमा तेली कल्याण समाज धमाधम बिस्तार

विराटनगर । तेली कल्याण समाज नेपालले विराटनगरको वडाहरूमा धमाधम समिति गठन गर्न सुरु गरेको छ । शनिबार विराटनगर–१० मा कार्य समिति गठन गरेको छ । सज्जन साहको अध्यक्षतामा समाजले १९ सदस्यीय कार्य समिति गठन गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्