संचारकर्मीलाई दुर्व्यवहार गर्ने बिग हस्पिटलका कर्मचारी पक्राउ

 न्यूज विराट
संचारकर्मीलाई दुर्व्यवहार गर्ने बिग हस्पिटलका कर्मचारी पक्राउ

विराटनगर । अनुमति बेगार संचालन गरेको विग हस्पिटल शिलबन्दी गरेको समचार संकलन गर्न गएका संचारकर्मीमाथि हातपात गर्ने हस्पिटलका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीले बिग हस्पिटलका रेडियोलोजी विभागमा कार्यरत कर्मचारी विराटनगर ९ का ३३ वर्षीय रोशन यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादवले संचारकर्मीहरु हुसेन शेख, विरेन्द्र कुमार साह, नविन कर्ण, सोनुकुमार दास र जितेन्द्र कुमार ठाकुरलाई दुव्र्यवहार गरेका थिए । उनीहरुको संञ्चार उपकरण खोसेर धाक धम्की पनि दिएको संचारकर्मी हुसेन शेखले बताउनुभयो ।

पक्राउ परेका यादव विरुद्ध पीडित पत्रकारहरुले मोरङ प्रहरीमा पनि उजुरी दर्ता गराएका छन् । हस्पिटलका कर्मचारी यादवलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यर्वहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहलाले जानकारी दिनुभयो ।

यसैबिच सञ्चारकर्मीहरु विरुद्ध दुर्व्यवहार गर्ने हस्पिटलका कर्मचारीविरुद्ध कडा कारबाही गर्न पत्रकार सम्बद्ध संघ संगठनहरुले माग राखेका छन् । नेपाल पत्रकार महासङ्घ मोरङसहित प्रेस सङ्गठन, प्रेस युनियन मोरङले विज्ञप्ति जारी गरी सञ्चार कर्मीहरूलाई दुर्व्यवहार गर्ने हस्पिटलका कर्मचारी र सञ्चालकहरूलाई कारबाहीको माग राखेका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ बाट बिहिबार ५ जनाको नमूना संकलन

विराटनगर, चैत २०–प्रदेश नं. १ मा बिहिबार कोरोना भाईरस (कोभिड–१९) का शंकास्पद ५ जनाको नमूना संकलन गरिएको छ । ओखलढुङ्गाबाट २ र सोलुखुम्वुबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा....

नेपाली सेनाले खरिद गर्ने मेडिकल सामग्रीको अन्तिम सम्झौता पूरा

नेपाली सेनाले ल्याउने भनिएको मेडिकल सामग्री खरिदको अन्तिम सम्झौता पुरा भएको छ । चीनबाट ल्याउन लागेको ६७ आइटम र भारतबाट ल्याइने ५३ आइटमको खरिद प्रक्रियाको अन्तिम सम्झौता पूरा भएको हो । सेनाले गत २५ चैतमा...

सभामुख सापकोटाकाे निवासमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, १७ साउन-प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत १ जना कर्मचारीलाई  कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुख सोपकोटासहित निवासमा कार्यरत...

मापदण्ड विपरीत काम गर्नेलाई कारवाही गर्दा कटहरीका अध्यक्ष विरुद्ध खनिए काँग्रेस

विराटनगर । मोरङको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गाउँपालिका भित्र मापदण्ड विपरीत काम गर्ने ठेकेदार कम्पनीलाई कारवाहीको दायरामा ल्याउँदा काँग्रेसका स्थानी पार्टीका कार्यकर्ता असन्तुष्ट भएर उनी विरुद्ध खनिएका छन् । कटहरी गाउँपालिका – ६ लोहन्द्रा...

बनेपाबाट ९ लाख रुपैयाँ चोरी भागेका अभियुक्त पक्राउ 

काठमाडौं, ४ असार-बनेपाबाट पसल चोरी गरेर ९ लाख रुपयाँ लिएर भागेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितव रत्ननगरपालिका–१ का प्रकाशजंग कुँरव छन् । उनलाई इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाको...

भारतको उत्तर प्रदेशमा न्यायाधीशकै अगाडि अभियुक्तको हत्या

एजेन्सी, पुस १–भारत उत्तर प्रदेशको बिजनोर जिल्लास्थित सीजेएम कोर्टमा न्यायाधीशकै अगाडि एक अभियुक्त मारिएका छन् । पेशीमा आएका हत्याका दुई अभियुक्तलाई केही व्यक्तिले गोली हानेका हुन् । दुईमध्ये एकको अदालतभित्रै मृत्यु भएको छ भने अर्का...

राखेपको बोर्ड सदस्यमा ६ जना मनोनीत

काठमाडौं, १५ साउन-राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा ६ जना मनोनीत भएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रका विभिन्न सङ्गठनमा रहेर काम गरिसकेका ६ जनालाई बोर्डमा नियुक्त गरेका हुन् । रिम रानाभाट,...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनको पदस्थापन सम्पन्न

विराटनगर, २७ असार । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन शनिबार सम्पन्न भएको छ । भर्चुअल अनलाईन विधिबाट गरिएको क्लबको १७ औँ साधारणसभा तथा नयाँ नेतृत्पको पदस्थापन समारोहमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्